सिद्धार्थ बैंकले पनि निःशुल्क आस्वा सेवा दिने, जेठ १ गतेदेखि लागू
काठमाडौं । सिद्धार्थ बैंकले निःशुल्क आस्वा सेवा प्रदान गर्ने भएको छ । धितोपत्रको सार्वजनिक निस्काशनमा आवेदन दिँदा ग्राहकहरुले सिद्धार्थ बैंकमा रहेको आफ्नो चल्ती, बचत तथा कल खाताबाट आश्बा प्रणाली मार्फत सहज, सरल र सुरक्षित तरीकाले लगानी गर्न सक्ने बैंकले जनाएको छ । यस निःशुल्क सेवाबाट आस्बा प्रणाली मार्फत शेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने बैंकको विश्वास रहेको छ । २०७४ जेठ १ गतेदेखि बैकले देशभर रहेका आफ्ना ७२ शाखाहरुबाट ग्राहकहरुलाई यो सेवा प्रदान गर्नेछ ।
स्मार्ट लाईसेन्स स्वदेशमै बनाउन सर्वोच्च अदालतको आदेश, विदेशमा बनाउँदा नागरिकको संवेदनशिल सूचना चुहिने
काठमाडौं । सर्वाेच्च अदालतले स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी विदेशी कम्पनीलाई नदिन सरकारका नाममा आदेश दिएको छ । यस अघि बैशाख १० गते स्मार्ट लाइसेन्स कार्यान्वयन प्रक्रिया अघि नबढाउन दिएको अन्तरिम आदेशलाई सर्वाेच्च अदालतले पुनः निरन्तरता दिएको हो । न्यायधिसद्धय केदार प्रसाद चालिसे र हरिकृष्ण कार्कीको बैशाख २५ गतेको संयुक्त इजालासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै मुद्धाको अन्तिम टुंगो नलागेसम्म स्मार्ट लाइसेन्स विदेशी कम्पनी मार्फत छपाउने र ल्याउने काम रोक्न दिने फैसला गरेको हो । यातायात व्यवस्था विभागले भारतको चेन्नाईस्थित मद्रास सेक्युरिटी प्रिन्टर्सबाट स्मार्ट लाइसेन्स छपाउँदै आएको थियो । नेपाली नागरिकको संवेदनशिल जानकारी विदेशी कम्पनीको हात जाने भन्दै सर्वाेच्च अदालतले कार्यान्वयन नगर्न भनेको हो । नेपाली नागरिकको बिशेष सूचना विदेशी कम्पनीको हातमा जाने र त्यसले नागरिकको सुरक्षा संवेदनशिलतामा समेत असर पर्ने भएकाले त्यस्तो डाटा नेपाल सरकारको नियन्त्रणमा हुने व्यवस्था मिलाउन पनि सर्वाेच्च अदालतले भनेको छ ।
नेप्सेमा २ करोड ४० लाख कित्ता सेयर सूचिकृत, हेरौँ क-कसको कति ?
काठमाडौं । यस साता मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ६ कम्पनीको २ करोड ४० लाख २२ हजार ७१४ कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा नेप्सेमा ९५ लाख २९ हजार १७० कित्ता बोनस, ५४ लाख ९३ हजार ५४४ कित्ता हकप्रद र ९० लाख कित्ता साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । साताभर ४ कम्पनीको बोनस र हकप्रद गरि कुल १ करोड ५० लाख २२ हजार ७१४ कित्ता सेयर नेप्सेमा थपिएको छ । सेवा विकास र मेगा बैंकको बोनस र हकप्रद दुबै सेयर थपिएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको बोनस सेयर मात्रै थपिएको छ । त्यस्तै, सेवा विकास बैंकको ८ लाख ८ हजार ५५४ कित्ता बोनस र ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । मेगा बैंक नेपालको पनि ५३ लाख १५ हजार ९४० बोनस र ३ लाख ८६ हजार ८८२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ३० लाख ७४ हजार ६२१ कित्ता बोनर र मनास्लु विकास बैंकको ३ लाख ३० हजार ३५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड र फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको गरि ९० लाख कित्ता साधारण सेयर सूचिकृत भएको हो । सिनर्जी पावरको मात्रै ७० लाख कित्ता र बाँकी २० लाख फर्वाड कम्युनिटीको गरि सो मात्राको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनको साधारणसभा जेठ १९ गते, ५ गतेदेखि बुक क्लोज
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले आफ्नो वार्षिक साधारणसभा आगामी जेठ १९ गते गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको समितिको बैठकले गरेको हो । साथै, सो प्रयोजनको लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८७० रुपैयाँ रहेको छ ।
सेञ्चुरी बैंकले ४०% हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारणलाई ४० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले श्री ईनोभेटिभ डेभलप्मेन्ट बैंक लि. तथा श्री अरनिको डेभलप्मेन्ट बैंक लि को प्राप्ती पश्चात् कायम हुने पूँजीमा सो मात्राको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । दुई बैंक प्राप्ती पश्चात बैंकको एकिकृत पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ । सोही पूँजीमा ४० प्रतिशत (अर्थात १८,८५४,२५७ कित्ता शेयर) को एक अर्व ८८ करोड ५४ लाख २५ हजार ७०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ । साथै, बैंकले सो मात्राको सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सुन्धारामा रहेको सिभिल क्यापिटल मार्केट लिमिटेडलाई विक्री प्रवन्धकमा नियुक्त गरको छ । उक्त नियुक्त सम्बन्धी सम्झौतामा सेञ्चुरी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा सिभिल क्यापिटल मार्केट लि. का प्रमुख कार्यकारी अधिकृत पराग विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आ.व. २०७३/७४ को चैत्र मसान्त सम्म सेन्चुरी बैंकले कुल निक्षेप ३३ अर्ब १४ करोड रुपैयाँ र कर्जा रकम ३० अर्ब ०७ करोड रुपैयाँ परिचालन गरेको छ । साथै, सोही अवधिसम्म बैंकले ४७ करोड ११ लाख रुपैयाँ सञ्चालन मुनाफा र ३१ करोड ०९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।
आठ बीमा कम्पनीको नाफा साढे ५१ प्रतिशतले वृद्धि, कसको कति ?
काठमाडौं । ८ वटा इन्स्योरेन्स कम्पनीहरुले नौ महिनामा एक अर्ब ८ करोड नाफा कमाएका छन् । शुक्रबार एकै दिन वित्तिय विवरण सार्वजनिक गरेका ६ वटा निर्जिबन बीमा कम्पनी र २ वटा जिवन बीमा कम्पनीले नौ महिनामा एक अर्ब ८ करोड नाफा कमाएका हुन् । यीनै कम्पनीहरुले गत आवको सोही अवधीमा भने जम्मा ७१ करोड ८४ लाख मात्रै नाफा कमाएका थिए । ८ वटा कम्पनीले गत आवको नौ महिनाको तुलनामा यसपाली ५१ दशमलब ६४ प्रतिशत नाफा वृद्धि गरेका हुन् । यी कम्पनीहरुले कमाएको नाफा बीमांकिय मुल्यांकन अघिको हो । शुक्रबार वित्तिय विवरण सार्वजनिक गर्ने निर्जिबन बीमा कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोेरेशन(नेपाल), प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स छन् । त्यस्तै, लाइफ तर्फ मेट लाइफ र एसियन लाइफ इन्स्योरेन्स कम्पनीले तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका हुन् । निर्जीबन बीमा कम्पनी १) सगरमाथा इन्स्योरेन्स कम्पनीले नौ महिनामा १४ करोड ३६ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा कम्पनीले १० करोड ६५ लाख नाफा कमाएको थियो । २) लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) ३२ करोड १४ लाख नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा २४ करोड ९० लाख नाफा कमाएको थियो । ३) प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १० करोड १५ लाख नाफा कमाएको छ । यसले गत आवको नौ महिनामा ७ करोड १७ लाख नाफा कमाएको थियो । ४) नेपाल इन्स्योरेन्स कम्पनीले ५ करोड ८ लाख कमाएको छ । जबकी यो कम्पनीले गत आवको नौ महिनामा २ करोड ७६ लाख नाफा आर्जन गरेको थियो । ५) लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ६१ लाख कमाएको छ । यो कम्पनीले गत आवको नौ महिनामा ६ करोड ३७ लाख आम्दानी गरेको थियो । ६) सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १४ करोड नाफा कमाएको छ । जबकी यहि कम्पनीले गत आवको सोही अवधीमा जम्मा १२ करोड ७ लाख नाफा आर्जन गर्न सफल भएको थियो । लाइफ इन्स्योरेन्स कम्पनी १) मेट लाइफले १८ करोड ६४ लाख नाफा गरेको छ । यो कम्पनीले गत आवको सोही अवधीमा जम्मा ५ करोड ९० लाख मात्रै नाफा आर्जन गरेको थियो । २) एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ९६ लाख नाफा कमाएको छ । यसले गत आवको नौ महिनामा जम्मा २ करोड ३ लाख मात्रै नाफा कमाएको थियो ।
एनआइसी एशिया बैंकले शुक्रबारदेखि आस्वा सेवा निशुल्क प्रदान गर्ने
काठमाडौं । एनआइसी एशिया बैंकले शुक्रबारदेखि आस्वा सेवा निशुल्क रुपमा प्रदान गर्ने भएको छ । हाल सञ्चालनमा आएका बैंकको सबै शाखाहरुबाट ग्राहकहरुलाई बिना कुनै शुल्क आस्वा सेवा मार्फत सहज रुपमा आइपीओ, एफपीओ तथा म्यूचल फण्डमा आवेदन दिन सकिने बैंकले जनाएको छ । साथै, बैंकले संचालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाता प्रयोग गरि शेयरमा लगानी गर्नुको साथै आफ्नो बचत खातामा नियमानुसार व्याज प्राप्त गर्न सकिने छ ।
औषधिको चर्को मूल्य रोक्न समिति गठन, आयातकर्ता विरोधमा
काठमाडौं । आयातित औषधि चर्को मूल्यमा बिक्री भइरहेको तथ्य फेला परेपछि त्यसको मूल्य निर्धारणका लागि सरकारले बनाएको उच्चस्तरीय समितिको नेपाल औषधि आयातकर्ता सङ्घले विरोध गरेको छ । स्वास्थ्य मन्त्रालयको टोलीले गरेको नियमनमा आयातित औषधिको मूल्य रु ४०० देखि रु दुई हजार २०० प्रतिशतसम्म महङ्गो भएको तथ्य फेला परेको थियो । आयातित औषधि मूल्य निर्धारण र सुपथ मूल्यमा सरकारले खरिद गरी बिक्री वितरण गर्नका सुझाव दिन यही वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले तीन सदस्य उच्चस्तरीय समिति गठन गरेको थियो । सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा गठित सो उच्चस्तरीय समितिमा अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहने छ । नेपाल औषधि आयातकर्ता सङ्घले आज पत्रकार सम्मलेन गरी आयातित औषधिको मूल्य २५ प्रतिशतदेखि हदैसम्म घटाउन तयार रहेको जनाएको छ । तर मन्त्रालयको नियमनलाई आधार मान्ने हो भने आयातकर्ताले १०० प्रतिशत नै मूल्य घटाए पनि बिरामीले करिब दुई हजार १०० महङ्गो मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता देखिन्छ । मन्त्रालयका अनुसार विशेषगरी कडा रोग क्यान्सर र मिर्गौलालगायत उपचारमा लाग्ने आयातित औषधिमा विक्रेताले परल मूल्यभन्दा चर्को लिइने गरेका छन् । सङ्घका अध्यक्ष अञ्जन पुडासैनीले स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्ने बहानामा आफूहरुलाई औषधि आयातमा रोक लगाउन नहुने बताए । सङ्घका महासचिव पवन आचार्यले मन्त्रालयले गठन गरेको स्वदेशी उद्योगीको कार्यदलले बुझाएको प्रतिवेदनलाई आधार मानी करिब ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयप्रति विरोध गरेका छन् । रासस