नर्भिकमा भारतीय फोर्टिस् ग्रपकाे सहयोगमा सबै प्रकारका उपचार सेवा, २०० शैय्या थप्दै हस्पिटल
काठमाडौं । नर्भिक हस्पिटलका अध्यक्ष बसन्त कुमार चौधरीले हस्पिटलले आगामी ५ वर्षका लागि तय गरका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरे । हस्पिटलको २४ औ वार्षिककोत्सलाई सम्बोधन गर्दै उनले दुई भागमा विभाजित रहेको भिजन २०२२ नामक उक्त योजना अन्तर्गत हालको हस्पिटलको शय्या २०० पुर्याउने लक्ष्य रहेको बताए । उक्त २०० शय्या मध्ये अति सघन उपचार शैय्या ५०, प्राइभेट शय्या ६०, जनरल शैय्या ९०, आकस्मिक उपचार शैय्या २० पुर्याउने, हालको अति विशिष्ट अन्तर्राष्ट्रियस्तरको तीन मोडुलर अपरेटिङ्ग सुइट्समा अरु ५ अति विशिष्ट मोडुलर अपरेटिङ्ग सुइट्स थप्दै मोडुलर अपरेटिङ्ग सुइट्सको संख्या ८ पुर्याउने योजना रहेको पनि चौधरीको भनाइ छ । नर्भिक इन्टरनेशनल हस्पिटलले साेमबार आफ्नो २४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन पनि गरेकाे छ । सन् १९९३ मा एक नर्सिङ होमका रुपमा स्थापित यो अस्पतालले छोटो सयमा नै उल्लेख्य सेवाका कारण अग्रणी स्थानमा आउन सफल भएको हो । नर्भिकको वार्षिकोत्सव हरेक वर्ष बैशाख १ गतेका दिन पर्ने ये वर्ष भने एक सता भन्दा ढिलोगरेर वार्षिकोत्सव कार्यक्रम भएको हो । समारोहमा भारतका अति सुविधासम्पन्न करर्पोरेट हस्पिटलहरूमध्येको एक फोर्टिस् ग्रुप अफ हस्पिटसँगका सहकार्यमा नर्भिकको सेवा दिएको फोर्टिस्का वरिष्ठ उपाध्यक्ष सुनिल कपुरले प्रकाश पारे । यो ग्रुपसँग ४५ वटा हस्पिटल रहेका छ भने यसमा १० हजार शैय्या रहेका छन् । नेपाली बिरामीहरू भारत गई उपचार गराइहनु परेको अवस्थामा अब भने कुनै पनि जटिल प्रकृतिका रोगको ९९ प्रतिशतसम्म उपचार फोर्टिस्को अनलाइन प्राविधिक सल्लाहमा नर्भिकमै हुने पनि उल्लेख छ । कार्यक्रमका राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. गीताभक्त जोशीले सरकारको स्वास्थ्य क्षेत्रको मिलेनियम टार्गेट पूरा गर्न नर्भिक लगायतका निजी क्षेत्रका हस्पिटलहरूले गरेको योगदानबारे खुलेर बताइन् ।
देवः विकास बैंकको ६ लाख कित्ता र कैलाश विकास बैंकको ७३ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । देवः विकास बैंक लिमिटेडको ६ लाख १७ हजार ६१५ कित्ता सेयर लिलामी बढाबढमा विक्री गरिने भएको छ । यो बैकले ३ लाख ८३ हजार २९७ कित्ता संस्थापक र २ लाख ३४ हजार ३१८ कित्ता सर्वसाधारण तर्फको हकप्रद सेयरको विक्री नभएपनि लिलाम बढाबढमा विक्री गर्न लागेको हो । यो बैंकले गत माघ ९ गतेदेखि फागु २७ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको सेयरको विक्री न्युनतम एक सय रुपैयाँ कबोल गरेर आदन माग गरेको छ । यो बैंकले आगामी जेठ ४ गते भित्रै बोलपत्रको लागि आवेदन दिइसक्नुपर्ने बताएको छ । कैलाश विकास बैंकको पनि ७३ हजार कित्ता सेयर लिलामीमा कैलाश विकास बैंक लिमिटेको पनि सस्थापक तर्फको १० हजार ९ सय ८१ कित्ता र सर्वसाधारण तर्फको ६२ हजार ५७३ कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले पनि न्युनतम एक सय कित्ता आवदेन एक सय रुपैयाँ भन्दा बढी कबोल गरेर आवेदन दिन भनेको छ । यसले पनि गत फागुन ६ देखि चैत्र १० गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा विक्री नभएको सेयरको लागि बोलपत्र आव्हान गरेको हो । यसको सेयर आवेदन यही बैशाख २८ गतेभित्र ग्लोबल आइएएमी क्यापिटल लिमिटेडमार्फत दिन सकिने पनि उल्लखे छ ।
लक्ष्मी म्युचुअल फण्डको साढे आठ लाख इकाइको विक्री खुला, एउटैले १ करोड इकाइसम्म आवेदन दिन सक्ने
काठमाडौ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डको विक्री खुला भएको छ । प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाइको विक्री खुला भएको छ । यो विक्री खुला भएको इकाइमध्ये डेढ करोड इकाइ अर्थात १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेडलाई सुरक्षित गरेर बाँकी साढे आठ करोड इकाइको भने सार्वजनिक विक्री खुला भएको छ । यसको दरखास्तको लागि प्रति इकाई १० रुपैयाँका दरले एक सय इकाइदेखि अधिकतम १ करोड इकाइसम्म एउटै व्यक्तिले आवदेन दिन सक्ने छ । यसको निष्कासन खुला यही बैशाख २२ देखि छिटोमा २६ गते र ढिलोमा जेठ ५ गतेसम्म रहेन छ । यसको धितोपत्र निस्कासन तथा विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो ।
सिद्धार्थ बैंकको नाफा ९५ करोड, नौ महिनामा बैंकले १७ करोड नाफा बढायो
काठमाडौं । सिद्धार्थ बैंक लिमटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८० प्रतिशतले बढी हो । बैकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्ष १७ करोड १३ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । गत वर्षको प्रथम ९ महिनामा बैंकको नाफा ७८ करोड ५७ लाख रुपैयाँ मात्रै थियो । बैंकले गत चैत मसान्तसम्ममा ७४ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले यो अवधिसम्ममा ६६ अर्ब २६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो अवधिसम्ममा बैकले गरेको लगानी ८ अर्ब ५९ करोड रुपैयाँ छ । यो बैंकको चुक्ता पुँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ९३ करोड रुपैयाँ छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७५ दशमलव ०९ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा १दशमलव ७१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ ३० पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ७६ पैसा छ । सोमबार यो बैंकको प्रतिसेयर ७ सय ४० रुपैयाँमा कारोबार भएको छ ।
नेपाली नाेटकाे कारोबार चिनेर गर्रौ, सक्कली नोट स्तरीय, खस्रो र कडा हुन्छ भने नक्कली छाम्दै चिप्लो र लुलो हुन्छ
काठमाडौं । बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ। अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको छ। गत शुक्रवाररसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखामा ९१ ओटा नक्कली नोट सङ्कलन भइसकेका छन्। त्यसमा रू. ५ सय र १ हजारका नोट छन्। नक्कली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँछन्। राष्ट्र बैङ्कको पोखरा शाखामा एकैदिन १० ओटासम्म नक्कली नोट आएको बताइएको छ। यस्तै, केही महीनाअघि जाजरकोटमा नक्कली नोट छाप्ने मेशिनसहित व्यक्ति पनि पक्राउ परेका थिए। नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीका अनुसार केन्द्रीय बैङ्कमा प्रायः ८—१० दिनमा एक÷दुईओटा नक्कली नोट आउने गरेको छ। विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवातास खेल्ने ठाउँ र जाँडरक्सी खाने ठाउँमा नक्कली नोटको प्रयोग हुने बढी सम्भावना हुन्छ। घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा नक्कली नोटको प्रयोग हुने सम्भावना बढी भएकाले सतर्क हुनुपर्ने निर्देशक उप्रेतीको सुझाव छ। केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेल अपरिचित व्यक्तिसँग कारोबार नगर्ने, भीडभाडमा सतर्क रहने, ठूलो कारोबार नगर्नेलगायत सावधानी अपनाउने र रकमको कारोबार सधैं बैङ्किङ च्यानलबाट गर्नुपर्नेमा जोड दिन्छन्। ‘यसले पनि सर्वसाधारणलाई नक्कली नोटबाट बचाउँछ तर विशेष गरेर नोटको कागजबारे जानकारी राख्नुपर्छ। नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, सक्कलीको खस्रो र कडा हुन्छ,’ उनले भने। सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छाप रहेको बारे जानकार हुन जरुरी भएको उनको भनाइ छ। सर्वसाधारणले नक्कली नोट र सक्कली नोटबारे थाहा पाउन सचेत हुन जरुरी भएको तर नेपाल राष्ट्र बैङ्कले यसका लागि जनचेतना गर्न कमी भएको नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार गरे। उनका अनुसार ऐनले नक्कली नोट फेला परेमा राष्ट्र बैङ्कले जफत गर्ने व्यवस्था गरेको छ। तर, कारबाहीका लागि कडा व्यवस्था छैन। सक्कली–नक्कलीबीच फरक सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ। नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ। नोटको दायातर्फ रहेको सेतो भागको बायाँतर्फको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन। सक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ। जाली नोट सक्कली नोटजस्तो खासै चहकिलो देखिँदैन। सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ। नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ। तर, सर्वसाधारणले शङ्का लागेको खण्डमा नक्कली नोट हो कि सक्कली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ। यसो गरेमा सक्कली नोट हो भने विस्तारै केही फुक्छ तर नक्कली नोट छ भने कच्याक्कुचुक नै रहन्छ। नोटमा रहने सुरक्षण धागो ९सेक्युरिटी थ्रेड०बारे जानकार हुनु जरुरी छ। सक्कलीमा सुरक्षण धागोमाथि अक्षर हुन्छ। तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन। नोटलाई उज्यालोतर्फ फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन। सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा छुट्टै चमक आउँछ भने जाली नोटमा यस्तो हुँदैन। बैङ्किङ च्यानलमा नक्कली नोट पत्ता लगाउने प्रविधि छ। सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ। यसले नक्कली नोट फालिदिन्छ। यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ। आर्थिक अभियान दैनिकबाट ।
दिनहुँ थपिन्छन् पाँच हजार इन्टरनेट प्रयोगकर्ता, इन्टरनेट प्रयोगकर्ता डेढ करोड
काठमाडौं । नेपालमा हरेक दिन औसतमा दैनिक पाँच हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थपिने गरेका छन् । विशेषगरी मोवाइल नेटवर्कको विस्तारसँगै नेपालमा इन्टरनेट प्रयोगकर्ताको बृद्धिदर पनि सोही अनुुपातमा बढेको देखिएको छ । नेपला दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एक वर्षको (पुस मसान्तसम्मको) तथ्यांक अनुसार सो अवधिसम्मा २० लाख ६३ हजार इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । वार्षिक इन्टरनेट प्रयोगकर्ताको औषतको आधारमा दैनिक ५ हजार भन्दा बढी इन्टरनेट प्रयोगकर्ता थप हुने उल्लेख छ । दूरसञ्चार सेवाप्रदायकले मोवाइलमा आधारित ग्लोबल प्याकेट मोवाइल सर्भिस (जीपीआरएस) मार्फत सहजै इन्टरनेट सेवा उपलवब्ध गराउन थालेपछि यसको कुल प्रयोगकर्ताको बृद्धिदर व्यापक देखिएको हो । प्राधिकरणको तथ्यांक अनुसार पुससम्म एक करोड ७५ लाख ८० हजारले नेपालमा इन्टरेनट प्रयोग गर्छन् । मोवाइल इन्टरने प्रयोग गर्नेको संख्या करीब डेढ करोड पुगेको छ । गाेरखापत्र दैनिकबाट ।
वाफिया जस्ताको तस्तै प्रमाणित, सुशासनको जिम्मा राष्ट्र बैंककको
काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन (वाफिया)मा निकै सुधारको प्रयास भए पनि व्यवासायी सांसद्को पहलमा सुशासन खल्वल्याउने गरी आएका प्रावधान रोक्ने जिम्मेवारी राष्ट्र बैंकमाथि आइपरेको छ । विवादित अवस्थामै व्यवस्थापिका संसद्को पूर्ण सदनबाट पारित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन को संसोधन विधेयक राष्ट्रपतिबाट पनि जस्ताको तस्तै प्रमाणिकरण भएपछि केन्द्रिय बैंक चनाखो बन्नुपर्ने भएको हो । नयाँ ऐनमा बैक लगानीकर्ता समेत रहको सांसदहरुले एउटा शब्दमा फेरवदल गरी वित्तीय सुशासनको धज्जी उडाएका छन् । अध्यक्ष दुई कार्यकाल भन्दा बढी बस्न नहुने भन्दै विरोध भइरहेपनि अन्तत सांसदहरु भने कार्यकारी अध्यक्ष दुई कार्यकाल बस्न नपाउने व्यवस्था वाफियमा गरियो । वाफियाले आएपछि बैंकले गर्न सक्ने व्यवस्था बैैंक तथा वित्तीय संस्थाको नियमन ऐनअनुसार निर्देशकनमार्फत कार्यकारी अध्यक्ष, प्रवन्ध संचालकको व्यवस्था खारेजी । व्यवासायी र बैंकरबीच फरक । संस्थापक सेयर परिवर्तनसम्बन्धि निर्णय । कान्तिपुर दैनिकबाट ।
शिक्षक तलबलाई मात्र ६२ अर्ब, शिक्षालाई जम्मा ९२ अर्बको बजेट सिलिङ
काठमाडौं । शिक्षा विभागले आगामी आर्थिक बर्षमा शिक्षकको तलव भत्ताको लागि मात्रै ६२ अर्ब रुपैयाँ प्रस्ताव गरेको छ । चालू आर्थिक बर्षको तुलनामा यो प्रस्ताव २ अर्ब ९६ करोडले बढी हो । आगामी आवमा विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) र शिक्षक तलव भत्ताका लागि मात्र साढे ५ अर्ब रुपैयाँभन्दा बढी बजेट प्रस्ताव गरिएको छ । सरकारले शिक्षा क्षेत्रको समग्र बजेटको ७० प्रतिशतभन्द बढी बजेट शिक्षकको तलव भत्ता र निवृत्तिभरका लागि खर्च गर्दै आएको छ । शिक्षा विभाग कार्यक्रम तथा बजेट शाखका योजना अधिकृत अर्जुन ढकालले शिक्षा विभागको लागि आगामी आवमा १० वटा कार्यक्रमका लागि ९२ अर्ब बजेट सिलिङ प्राप्त भएको जानकारी दिए । कारोबार दैनिकबाट ।