एनबिआइले शुरु गर्यो दीक्षान्त समारोह, बैंकका कर्मचारीको क्षमता बृद्धि गर्ने
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआइ) ले नेपालमै पहिलो पेशागत बैंकिङ्ग सर्टिफिकेसन कोर्स सम्बन्धि दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहको उद्धघाटन तथा उत्र्तिण परिक्षार्थीलाई राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालले प्रमाण पत्र वितरण गरेका थिए । कोर्षअन्तर्गत प्रिन्सिपल अफ बैंकिङ, एकाउन्टिङ एण्ड फाइनान्स फर बैंकर्स एण्ड लिगल एण्ड रेगुलेटरीजस्ता पुस्तकहरु पेशागत बैंकिङ कर्मचारीलाई अध्ययन गराइने कम्पनीले जनाएको छ । एनबिआइले बर्षको दुई पटक यस्तो कोर्षको परीक्षा लिने ब्यवस्था गरेको छ । करिव एक हजारभन्दा बढि कर्मचारीले परीक्षाका लागि नाम दर्ता गराएका कम्पनीले बताएको छ । एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले बैंकले आफ्ना कर्मचारीको क्षमता अभिबृद्धि गर्नका लागि कोर्षको निक्कै महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
राधी विद्युत कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले लमजुङका आयोजना प्रभावितका लागि ४ लाख कित्ता १० हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीको निवेदन अनुसार बिहीबार नेपाल धितोपत्र बोर्डले सो मात्राको सेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ४ करोड दश लाख रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित लमजुङ बासीहरुलाई बिक्री गर्नेछ । त्यसपश्चात कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने बताएको छ ।
नेपाल बंगलादेश बैंकको चैत १७ गते बुक क्लोज, ८० प्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । नेपाल बंगलादेश बैंकको चैत १७ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई ८० प्रतिशत (अर्थात १० बराबर ८ को अनुपातमा) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ७ अर्ब २२ करोड रुपैयाँ नाग्ने छ । पछिल्लो समय बैंकको सेयर मूल्य प्रतिकित्ता ६५१ रुपैयाँ रहेको छ ।
कृषि कर्जाको सीमा पाँच गुणा वृद्धि गरी ५ करोड पुर्याइयो, व्याजमा ५० प्रतिशत अनुदान दिने निर्णय
काठमाडौं । सरकारले कृषि कर्जामा ५० प्रतिशत व्याज अनुदान दिने निर्णय गरेको छ र साथै कृषि कर्जाको सीमा ५ गुणा वृद्धि गरी ५ करोड रुपैयाँ बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बैठकले सो निर्णय गरेको हो । सरकारले देशभरी कृषि व्यवसाय विस्तार गरी कृषि उत्पादनमा आत्मनिर्भर बन्न यस्तो व्यवस्था गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीले बताए । ‘यसले देशभरि कृषि उत्पादन बढ्ने, यसभित्रै रोजगारी सिर्जना तथा अन्नत देश आत्मनिर्भर बन्ने लक्ष्य राखेको छ,’ उनले भने । अघिल्लो सरकारले यस वर्षको बजेटमार्फत एक करोडसम्मको कर्जालाई यस्तो सेवा दिने व्यवस्था गरेको थियो । वर्तमान सरकारले अनुदान पाउने कर्जाको सीमा पाँच गुण बढाए ५ करोड रुपैयाँ पु¥याउने निर्णय गरेको छ । यस्तो सहुलियतपूर्ण ऋण महानगर तथा नगरपालिका वाहिरका तहहरूले मात्र पाउने छन् । कुनै फर्मलाई ५ करोडभन्दा बढी ऋण दिनु परेमा भने बैंकहरूले राष्ट्र बैंकको प्रतिनिधि सम्मिलित बैठकले पारित गर्नु पर्ने छ । सरकारले गरेको निर्णय अनुसार कृषि कार्य गर्ने किसान तथा जुनसुकै फर्म तथा कम्पनीले लिएको ऋणमा ५ प्रतिशत ब्याज सम्बन्धित बैंकलाई सरकारले उपलब्ध गराउने छ । यसका लागि सरकारले १० करोड रुपैयाँ तत्कालै राष्ट्र बैंकको कोषमा राखिदिने भएको छ । सरकारले व्यवसायी कृषि तथा पशुपालन कर्जा दिएका बैंकहरूलाई राष्ट्र बैंक मार्फत ५ प्रतिशत ब्याज उपलब्ध गराउने छ । बाँकी ब्याज भने व्यवसायी वा किसान आफैले तिर्नुपर्ने हुन्छ । सरकारले कृषि क्षेत्रको लागि १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने र हरेक बैंकले आफ्नो लगानीको १५ प्रतिशत कृषि र ऊर्जा क्षेत्रमा लगाउनु पर्ने व्यवस्था गरेको छ ।
‘एचआरमीट २०१७’ चैत १६ गतेदेखि शुरु, २५० कम्पनी सहभागी हुने
काठमाडौं । ग्रोथ सेलर्सले एचआरमीटको दशौं संस्करण ‘एचआरमीट २०१७’ आगामी चैत्र १६ गतेदेखि शुरु गर्ने भएको छ । कम्पनीले उक्त कार्यक्रम काठमाडौंको साल्टी होटलमा आयोजना गर्ने भएको छ । ‘एच आर फर अल, अल फर एच आर’ भन्ने नाराका साथ आयोजना गरिने आयोजकले बताएका छन् । चैत १७ गतेसम्म हुने उक्त कार्यक्रममा विभिन्न (निजि क्षेत्र, सरकारी, अर्ध सरकारी ,गैर सरकारी संघ संस्था लगायत अन्य विभिन्न संघ संस्था बाट) २५० भन्दा भन्दा बढीको सहभागीता रहने कम्पनीका अध्यक्ष मोहन ओझाले जानकारी गराएका छन् । साथै उनले हाल सम्म ५० प्रतिशतले कार्यक्रममा आउने प्रतिवद्धता दिएका छन् । यस कार्यक्रमका प्रमुख वक्ताहरुमा भारतबाट टिभीआरएलएसका प्रमुह कार्यकारी अधिकृत प्राडा टिभि राव तथा प्राडा आइएसएफ राज रहेका छन् । दुई दिने सो कार्यक्रममा यस वर्ष स्वदेशी तथा विदेशी विज्ञहरुले मानव संसाधन सम्बन्धी प्रस्तुती पेश गर्नेछन् । साथै नेपालमा कार्यकारी निर्देशक तथा मानव संसाधन विज्ञ बीचको सम्वन्धलगायतका विषयमा छलफल हुनेछ । अहिलेको अवस्थामा पनि कर्पोरेट हाउसले मानवसंधनको क्षेत्रमा गरिने खर्चलाई लगानीको रुपमा नलिनु दुखको विषय भएको बताए । कार्यक्रमलाई निम्बल इन्फोसिसले टाइटल स्पोन्सर गरेको छ भने डिएभी कलेज अफ म्यानेजमन्ट एशोसिएट्स पार्टनरको रुपमा रहेको छ ।
६८ परिवार दोलखालीले घर बनाउन पाए तीनै लाख, यी हुन ती भाग्यमानीहरु
काठमाडौं । भूकम्पबाट अति प्रभावित मध्येको दोलखा जिल्लामा सरकारी मापदण्ड र प्रक्रिया पुरा गरि भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरिरहेका ६७ घरधुरीले तेस्रो किस्ताको आवास अनुदान रकम समेत प्राप्त गरेका छन् । भूकम्प अति प्रभावित १४ जिल्लामा कतिपय घरधुरीले पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घरको पुनर्निर्माण शुरु नगरेको गुनासो आइरहेका बेला दोखलामा भने पुनर्निर्माण प्रक्रियाले तिव्रता पाएको हो । जिल्लामा दोस्रो किस्ता लिएका २ सय ५८ घरधुरी मध्ये सरकारी मापदण्ड र प्रक्रिया पुरा गरेर घर बनाइरहेका ६७ घरधुरीलाई तेस्रो किस्ता वापतको एक लाख रुपैया समेत बितरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । तेस्रो किस्ता लिएर घर बनाउनेहरुमा जिल्लाका क्षेत्रपा, जुनगु, काभ्रे र नाम्दु गाविसका बासिन्दा छन् । तेस्रो किस्ताको थप एक लाख रुपैया लिएका उनीहरुले घरको पुनर्निर्माणको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएका छन् । सरकारले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता ५० हजार रुपैया लिएर घरको जग हाल्नेलाई दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता वापत एक लाख रुपैया आवास निर्माणका लागी अनुदान दिइरहेको छ । प्राधिकरणले पहिलो किस्ता लिएर घरको जग हालिसकेका परिवारलाई प्राविधिक निरीक्षण गराई दोस्रो किस्ताको अनुदान लिन आह्वान गरिसकेको छ । प्राधिकरणले दोस्रो किस्ता वापतको रकम जिल्ला पठाइसके पनि लाभग्राहीहरुले उक्त रकम लिन आवश्यक प्रक्रिया पुरा गरेका छैनन ।
भृकुटीमण्डपको अन्तराष्ट्रिय व्यापार मेलामा महासंघ चुनावको रौनक(फोटो फिचर)
काठमाडौं । राजधानीको भृकुटीमण्डमा बिहिबारदेखि छैठौं नेपाल अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ । मेलामा स्वदेशी तथा विदेशी गरि ३४० वटा स्टल रहेका छन् । मेलामा थुप्रै जिल्ला/नगर उद्योग बाणिज्य संघ तथा बस्तुगत संघहरुले सहभागीता जनाएका छन् । महासंघको आगामी निर्वाचनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने जिल्ला/नगर उद्योग बाणिज्य संघ र वस्तुगत संघहरुको उल्लेख्य सहभागीता रहेकाले बिहिबार भृकुटीमण्डपमा चुनावी रौनक देखिन्थ्यो । बरिष्ठ उपाध्यक्षका उम्मेदार शेखर गोल्छा र किशोर प्रधान दुबै भृकुटीमण्डको त्यो अवसरलाई सदुपयोग गर्न उद्यत देखिन्थे । जिल्ला तर्फको उपाध्यक्ष उम्मेदवार बनेका दिनेश श्रेष्ठ र प्रमोद श्रेष्ठ पनि मेलाको सदुपयोगमा जुटेका थिए । उता, एसोसियटका उम्मेदवार चन्द्र ढकाल, बस्तुगत तर्फका उम्मेदवार शंकर पाण्डे लगायत पनि उपस्थित थिए । बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेको शेखर गोल्छाले प्रधान समुहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदारी दिनै तयारी गरेका शंकर पाण्डेलाई भने–महासंघले वस्तुगतलाई हेरेन भन्ने तपाईहरुको गुनासो रहेछ, हामीले त सबैलाई हेर्ने हो, कसैलाई काखा कसैलाई पाखा गर्नै मिल्दैन, बैंकको सिइओले एकाउण्ट हेर्न जान्दिन भन्न नमिले झै महासंघले पनि कसैलाई नजिक र कसैलाई टाडा बनाउन मिल्दैन् । मेलामा महासंघका अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष भवानी राणा तथा पुर्व अध्यक्ष चण्डीराज ढकाल पनि मतदाताहरु रिझाउन लागि परेका देखिन्थे । बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान भने मेला उद्घाटन समारोहमा सहभागी भए लगत्तै बाहिरिएका थिए ।‘म चुनावको तयारी छु, मेला उद्घाटनमा सहभागी भएर तुरुन्तै बाहिरिनु पर्यो, मेलामा सहभागी व्यवसायीसँग एक पटक भेटघाट गरिसकेको छु’, प्रधानले भने । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । उनले निजी क्षेत्रको सहयोगबिना मुलुकले आर्थिक समृद्धि प्राप्त गर्न नसक्ने बताउँदै सरकार र निजि क्षेत्रका सहकार्यलाई अझै बजबुत बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । मेलामा चीन, भारत, वंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीहरुको सहभागिता रहेको छ । चीनबाट ८५, भारत १०, पाकिस्तान २०, बंगलादेश ५०, थाइल्याण्ड २ वटा कम्पनीले सहभागीता जनाएका छन् । हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहेका छन् । त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यन्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण हुन ।
पाटा नेपालले शुरु गर्यो ‘पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७’
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमूलक अभियानको रूपमा ‘पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७’ शुरु गरेको छ । सो अभियान विद्यार्थीहरूका लागि आफ्नो योग्यता, क्षमता र सीप प्रस्तुत गरी महत्वपूर्ण उपलब्धिहरू प्राप्त गर्न एक उपयुक्त माध्यमको रूपमा लिइएको छ । यस अभियानअन्तर्गत ‘पब्लिक स्पिकिङ’ शीर्षकको पहिलो प्रतियोगिता बुधबार काठमाडौंको मन्डिखाटार स्थित गेट कलेजमा सम्पन्न भएको छ, जसमा पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्था गेट, नाथम, क्याथ, एनसीटीटीएम, मिडभ्याली, पब्लिक युथ र आईएसटीबाट १५ जना विद्यार्थीले भाग लिएका थिए । सहभागीमध्ये आईएसटी कलेजकी छात्रा पेरिस्मा शर्मा विजयी भएकी छन् । विजेताले पुरस्कारस्वरूप आगामी १८ देखि २१ चैतमा श्रीलंकामा आयोजना हुने पाटा एनुअल समिटमा पाटा नेपालको सौजन्यमा सहभागी हुने अवसर प्राप्त गरेकी छन् । सो कार्यक्रमको उद्घाटनमा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले स्वागत मन्तव्य राख्दै पाटा नेपालको दक्ष जनशक्ति निर्माण तथा नेपाली पर्यटन क्षेत्रका नयाँ पुस्तामा नेतृत्व सीप अभिवृद्धि गर्ने उद्देश्यले पाटा नेपालले यो अभियान अघिसारेको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव दीपेन्द्र पुरुष ढकाल, नाथम कलेजका भूपू प्राचार्य उज्ज्वल सत्याल र भोग एड एन्ड इभेन्ट म्यानेजम्यान्टका प्रमुख कार्यकारी अधिकृत प्रभात रिमालले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । दीपेन्द्र पुरुष ढकालले पाटा नेपालले नेपाली पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण एवं आवश्यक पहल अघि सारेको बताउँदै नेपाललाई अन्य गन्तव्यहरूसँगको प्याकेजमा भन्दा एक आत्मनिर्भर गन्तव्यको रूपमा प्रवद्र्धन गर्नुपर्ने खाँचो रहेको औंल्याएका छन् । यस अभियानअन्तर्गत पब्लिक स्पिकिङ, कन्टेन्ट राइटिङ, टुरिजम प्रोजेक्ट डेभलपमेन्ट, टेक फर टुरिजम र प्रोमो भिडियो गरी विभिन्न पाँचवटा विधामा अन्तर कलेज प्रतियोगिता सञ्चालन गरिने पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले जानकारी दिएका छन् ।