५ वर्षमा घरभित्रको धुवाँमुक्त बनाउने, एलपी ग्यासलाई प्रतिस्थापन गर्न जैविक ऊर्जा
काठमाडौं । सरकारले आगामी ५ वर्षमा नेपाललाई घरभित्रको धुवाँमुक्त बनाउने भएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजकत्व र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा तयार पारिएको जैविक ऊर्जा रणनीतिले यस्तो महत्वकांक्षी लक्ष्य लिएको हो । सरकारले सन् २०२२ सम्ममा आधुनिक जैविक ऊर्जा प्रविधिको प्रबद्र्धन गरि घरभित्रको धुवाँमुक्त नेपाल बनाउने र २०३० सम्ममा ठोस इन्धन प्रयोग गरि सम्पूर्ण घरधुरीमा आधुनिक स्वच्छ ऊर्जाको पहुँच सुनिश्चित गर्ने योजना बनाएको छ । यसका लागि सरकारले विभिन्न निकाय र संस्थाहरुको सहयोगलाई एकद्वार प्रणालीमार्फत कार्यान्वयनमा लैजान वातावरण मन्त्रालयका सचिवको संयोजकत्वमा केन्द्रीय समन्वय समितिको गठन गरेको छ । परम्परागत रुपमा प्रयोग हुंदै आएको दाउरा, गुँईठा जस्ता ऊर्जाका स्रोतलाई आधुनिक, दिगो र स्वच्छ ऊर्जाका रुपमा विकास गर्न तथा वातावरण संरक्षण गर्ने उद्देश्य रणनीतिले लिएको वातावरण मन्त्री जयदेव जोशीले बताएका छन् । जैविक ऊर्जा प्रयोगमा ल्याउन सके बढ्दो एलपी ग्यासको खपत र परनिर्भरता प्रतिस्थापन गर्न सकिने उनले बताए । यसले गर्दा इन्धन आयातमा समेत कमि आउने छ । हाल करिब एक खर्बको हाराहारीमा नेपालमा इन्धन आयात हुने गरेको छ । शहरी क्षेत्रबाट उत्पादित फोहोरबाट ऊर्जा उत्पादन गरि फोहोरमैला व्यवस्थापनमा सहयोग पुर्याउने सरकारको अर्को उद्देश्य भएको जोशीले बताए । रणनीतिलाई प्रभावकारी ढंगबाट प्रयोग गरिएमा वन जंगल र वातावरणको संरक्षण हुनुका साथै जैविक ऊर्जाको उचित प्रयोगबाट जैविक स्रोत र साधनको सदुपयोग हुने मन्त्री जोशीले बताए । ‘आधुनिक जैविक ऊर्जाको विकास गर्ने नीति सरकारको उनले भने । ले लिएको छ । ’ बायोडिजेल र बायोइथानोलको प्रयोगबाट डिजेल र पेट्रोलको प्रयोगमा कमि ल्याउनका लागि कृषिजन्य अवशेष तथा जैविक फोहोरलाई उपयोग गरि दिगो जैविक ऊर्जाको उत्पादनमा बृद्धि गर्ने रणनीतिमा उल्लेख गरिएको छ । यसबाट नेपालका सबै घरधुरीमा स्वच्छ ऊर्जाका खाना पकाउने प्रविधि पुग्ने मन्त्रालयले बताएको छ । नेपालमा हालसम्म वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र मार्फत लघु तथा साना जलविद्युत आयोजनाबाट देशभर २९ मेगावाट विद्युत उत्पादन, १३ लाख भन्दाबढि घरधुरीमा सुधारिएको चुलो, ३ लाख ८० हजारभन्दा बढि बायोग्यास प्लाण्ट, ६ लाख ५० हजारभन्दा बढि सौर्य ऊर्जा प्रणाली जडान भै सकेको छ । ५४ लाख घरपरिवारमध्ये ४० लाख घरपरिवारमा परम्परागत दाउरा लगायतका ऊर्जाको प्रयोग भइरहेको मन्त्रालयको तथ्याङ्क छ । यसलाई पूर्ण रुपमा विस्थापित गरि सरकारले नेपाललाई धुवाँमुक्त बनाउने लक्ष्य लिएको छ । वार्षिक करीव ७ हजार ५ सय व्यक्तिको मृत्यु घरभित्रको वायुप्रदुषणले गर्दा लाग्ने विभिन्न रोगबाट हुने गरेको पाईएको छ । पछिल्लो ‘राष्ट्रिय जीवनस्तर निर्धारण सर्वेक्षण’ को प्रतिवेदन अनुसार करीव ३० लाख घरधुरीको पहुँच सुधारिएको चुलो पुगेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत् उन्नत सुधारिएको चुलोहरु, बायोग्यास, सौर्य कुकर/ड्रायर लगायतका खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिहरुको प्रवद्र्धन र विस्तारमा जोड दिएको छ ।
स्ट्याण्डर्ड चार्टर्डको एफपिओमा लगानी कर्ताको उच्च आकर्षण, दुई दिनमै ४ अर्बको आवेदन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओमा लगानी कर्ताको उच्च आकर्षण देखिएको छ । मंगलबारबाट निष्काशन गरिएको एफपिओमा दुई दिनमै चार अर्ब १० करोड रुपैयाँ बराबरको आवेदन भएको हो । बुधबारसम्म ३१ हजार ८७० आवेदकले ४ अर्ब १० करोड भन्दा बढिको आवेदन दिएका छन । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा साधारण सेयर निष्काशन गरेको हो । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । चैत १ देखि ४ गतेसम्म सेयर आवदेन गर्न सकिने छ ।
अग्नि इनकर्पाेरेटेड अन्तर्गत महिन्द्रा गाडीहरु अब अनलाइन मार्फत बुकिङ्ग गर्न सकिने
काठमाडौं । महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको नेपालका लागि एक मात्र आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि. ले सेवाग्राहीहरुलाई थप सेवा र सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप अब अनलाइन मार्फत गाडिहरुको बुकिङ्ग प्रकृयाको सुरुवात गरेको छ ।गाडी बुकिङ्ग गर्ने ग्राहकहरुले यस कम्पनीको वेब साइट www.onlineagni.com मा गई उपलब्ध गाडीहरुको मोडल नम्बर, बिक्री मूल्य हेरी खरिद गर्नुका साथै ई–सेवा मार्फत नै रकम भुक्तान गरेको भौचर समेत प्राप्त गर्न र गाडी खरिद गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । नेपालभर रहेका महिन्द्रा गाडिहरुको शोरुम मार्फत बिक्री बितरण गर्न सकिने गरी कम्पनीले अनलाइन सेवा सुरुवात गरेको छ । हाल यो सेवा काठमाडौं उपत्यका र विदेशमा रहेका ग्राहकहरुको लागि उपलब्ध गराइएको छ ।
७ लाख ५८ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । सेयर बजारमा कुल ७ लाख ५८ हजार ९४ कित्ता सेयर लिलामीमा आउने भएका छन् । हिमालयन बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक र मेगा बैंक नेपाल गरि तीन कम्पनीले सो मात्राको सेयर यस महिनामै लिलामी गर्ने भएका छन् । हिमालयन बैंकले चैत १० गतेदेखि १६ गतेसम्म १ लाख ४५ हजार ५८० कित्ता साधारण हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले गत कात्तिकमा निष्काशन गरेको हकप्रद बिक्री नभएको सेयरको लिमामी गर्न लागेको हो । ईच्छुक लगानीकर्ताले बैंकको सेयर बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वरबाट चैत १० गतेदेखि १६ गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५८ रुपैयाँ रहेको छ । त्यस्तै, वेष्टर्न डेभलपमेन्ट बैंकले पनि चैत १३ गतेदेखि २० गतेसम्म सर्बसाधारण र संस्थापक गरि २ लाख २५ हजार ६३५ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले ६२ हजार १३४ कित्ता साधारण हकप्रद सेयर र १ लाख ६३ हजार ५०१ कित्ता संस्थापक सेयर बेच्न लागेको हो । बैंकले गत मंसिरमा निष्काशन गरेको हकप्रद बिक्री नभएको सेयरको लिलामी गर्न लागेको हो । ईच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रवन्धक प्रभु क्यापिटल कमलादीबाट चैत १३ गतेदेखि २० गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् । त्यसैगरि, मेगा बैंक नेपालले पनि चैत १३ गतेदेखि २० गतेसम्म साधारण हकप्रद र संस्थापक गरि ३ लाख ८६ हजार ८८२ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले २ लाख १७ हजार ८९० कित्ता साधारण हकप्रद सेयर र १ लाख ६८ हजार ९९२ कित्ता संस्थापक सेयर बेच्न लागेको हो । बैंकले गत साउनमा निष्काशन गरेको हकप्रद बिक्री नभएको सेयरको लिलामी गर्न लागेको हो । ईच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्सालबाट चैत १३ गतेदेखि २० गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।
अन्तर बैंक ब्याजदर १.५ प्रतिशतमा झर्यो, अब पालाे निक्षेप र कर्जाको व्याजदर घट्ने
काठमाडौं । बैकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता)को अभाव टरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुँजी, कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो ७९ प्रतिशतबाट करिव ७६ प्रतिशतमा झरेको छ । अन्तर बैंक व्याजदर १.५ प्रतिशतमा झरेको छ । बैंकहरुले निक्षेपको व्याजदर घटाउन थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार चैत १ गते बाणिज्य बैंकहरुबीचको अन्तर बैंक ब्याजदर १ दशमलब ५ प्रतिशतमा झरेको छ । विकास बैंक तथा वित्तिय संस्थाहरुका हकमा अन्तरबैंक व्याजदार अझै ७ प्रतिशत छ । पौडेलका अनुसार गत माघ १० गते वाणिज्य बैंकहरुबीचको अन्तर बैंक व्याजदर ९ प्रतिशत थियो भने विकास बैंक र फाइनान्स कम्पनीबीचको अन्तर कारोबार १० प्रतिशतमा झरेको छ । वित्तीय बजारमा लगानी योग्य पुँजीको अभाव नभएको उनले बताए । ‘अहिले बजारमा लगानी योग्य पुँजीको अभाव छैन, अन्तर बैंक ब्याजदर घट्नुले पनि त्यसको पुष्टि गर्छ’ केन्द्रीय बैंकका प्रवक्ता पौडेलले विकासन्युजसँग भने । तरलताको सकस कम हुनुमा मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाले ठूलो भूमिका खेलेको बैंकरहरु बताउँछन् । मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा उत्पादन मुलक क्षेत्रमा प्रवाह गरिएको कर्जाको ५० प्रतिशत रकम मात्र सीसीडीमा गणना गर्न सकिने नीति आएपछि सीसीडी अनुपात ७६/७७ प्रतिशतमा झरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले लगानी योग्य पूँजीको अभाव समाप्त नभएको तर केहि कम भएको बताए । मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षाले कर्जा लगानीका लागि थप करिब ६० अर्ब रुपैयाँको सुबिधा दिएकाले स्थीति सहज भएको उनले बताए । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर बाँडफाँडपछिको एक सातामा ३ अर्ब रुपैयाँ वाणिज्य बैंकबाट बाहिरीएको छ । तथ्याङ्कले भने बैकिङ क्षेत्रमा कर्जा र निक्षेप दुबै वृद्धि नभएको देखाउँछ । फागुन २० गते वाणिज्य बैंकहरुको कुल निक्षेप १८३७ अर्ब थियो । फागुन २७ गते १८३४ अर्ब रुपैयाँमा झरेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर बाँडफाँडपछिको एक सातामा ३ अर्ब रुपैयाँ वाणिज्य बैंकबाट बाहिरीएको छ । निक्षेपसँगै कर्जा पनि घटेको छ । फागुन २० गते वाणिज्य बैंकहरुको कुल कर्जा १६३३ अर्ब रहेकोमा २७ गते १६२९ अर्ब रुपैयाँ रहेको छ । यसले बैंकहरु कर्जा लगानी नगरी बसेको देखिन्छ । समग्र वित्तीय क्षेत्रमा कर्जा र निक्षेपको आकारमा संकूचन देखिए पनि निक्षेपको व्याजदर घट्न सक्ने संकेतहरु देखिन थालेका छन् । एभरेष्ट बैंकले विहीबार प्रकाशिन गरेको नयाँ व्याजदरमा मुद्दती खातामा बढीमा ११ प्रतिशत दिने उल्लेख गरिएको छ । जबकी गत सातासम्म धेरै वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याजमा मुद्दती बचत गर्न सर्वसाधारणलाई अपिल गर्दै विज्ञापन छाप्दै आएका थिए । पछिल्लो साता यस्ता विज्ञापन प्रकाशित हुने क्रम निकै कम भएको छ । सरकारले स्थानीय तहलाई करिब ८ अर्ब निकासा दिने निर्णय गरेको र स्थानीय तहलाई बैंकमा खाता खोल्न निर्देशन दिइसकेकोले अब बजारमा पैसा आउने विश्लेषण गर्छन सिटिजन्स बैंक इन्टरनेशलनको डेपुटी सीईओ गणेशराज पोखरेल । ‘नेपालको वित्तीय बजार सानो छ, २०/३० अर्ब यताउता हुँदा बजारमा ठूलो असर गर्छ’ पोखरेल भन्छन्–स्थानीय तहलाई निकासा गरिको ८ अर्ब छिट्टै बजारमा आउँछ । सरकारले चुनावमा २५/३० अर्ब खर्च गर्छ । आर्थिक वर्षको अन्त्यमा विकास खर्च पनि बढ्छ । अब बैंकमा निक्षेप वृद्धि हुन्छ ।’ यो आर्थिक वर्षको अन्त्यमा विकास खर्च कम हुने विश्लेषण छ नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलको । ‘निर्वाचन सँगै आचारसंहिता लागेको छ । अब सरकारले रकमान्त गर्न सक्दैन । सरकारी खर्च झन् गाह्रो छ’ पोखरेलले भने–‘यो आर्थिक वर्षभरी बैंकको व्याजदर घट्दैन ।’ संस्थागत निक्षेपको हिस्सा अहिले पनि १२ प्रतिशतभन्दा माथि रहेको उनले बताए । निक्षेपकाे व्याज नघटी कर्जाकाे व्याज घट्दैन । पछिल्लाे समय कल एकाउण्टकाे व्याजदर घटेकाे गणेशराज पाेखरेलले बताए । तर बचत र मुद्दती खातामा व्याजदर घटेकाे छैन ।
टोखा हुँदै नुुवाकोट जाने सुुरुङमार्ग बनाउने चिनियाँ कम्पनीकाे प्रस्ताव , २ प्रतिशत व्याजमा ऋण पनि जुटाइदिने
सुुरुङमार्गको फाइल स्केच काठमाडौं । काठमाडौंबाट टोखा हुँदै नुवाकोट जाने सडक निर्माणमा चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेशन (सीएमईसी)ले रुची देखाएको छ । यो कम्पनीले सडक विभागले काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्ग बनाउन अगाडि सारेको योजनालाई ऋणसहयोग दिएर निर्माण गर्न रुची देखाएको हो । कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको एक प्रस्तावमा ४ किलोमिटर सुरुङ मार्गसहितको ३४ किलोमिटर सडक निर्माण गर्ने उल्लेख छ । कम्पनीको प्रस्तावमा आवश्यक लागतका लागि पनि २ प्रतिशत व्याजदरको ऋणमा चीनले नै लगानी जुटाइदिने उल्लेख छ । चिनियाँ कम्पनीले यो प्रस्ताव शहरी विकास मन्त्री अर्जुननरसिंह केसीलाई बुझाएको छ । केसीले सोही प्रस्तावलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अगाडि बढाउन निर्देशन दिएका छन् । भौतिक मन्त्रालयका अनुसार प्रस्ताव आएको भएपनि कति रकम लाग्ने, कति ऋण दिने भन्ने उल्लेख छैन । यस अघि सडक विभागले नै यसको अध्यय गरेकोले पनि सोही अनुसारको प्रस्ताव आएको हुनसक्ने मन्त्रालय स्रोतको भनाइ छ । काठमाडौको टोखाबाट ४ किलोमिटरसम्मको सुरुङमार्ग बनाएर नुवाकोटको छहरे निकालिने छ । त्यसपछि थान्सिङफाँट हुँदै विदुर जाेड्ने बाटाे विस्तार गर्ने प्रस्ताव गरिएकाे छ । सरकारले ८५ किलोमिटरको गल्छी-विदुर-रसुवागढी सडक विस्तारको कामलाईसमेत प्राथमिकता दिएको छ । यो प्रस्तावमा सुरुङसहितको सडकले काठमाडौंसँग नजिक बनाउने र नुवाकोटको थान्सिङ फाँटमै नयाँ सहर बनाउने पनि प्रस्तावमा उल्लेख छ । नयाँ सहर बनाउने सरकारी योजनालाई यो सडकले सहजै जोड्न सक्ने पनि उल्लेख छ । यो सडक आगामी दुई देखि पाँच वर्ष भित्रमै निर्माण गरेर संचलनमा गर्न सकिने उल्लेख छ । हाल यो सडकको ट्रयाक खोलिसकिएको छ । यो सडक निर्माण गर्ने र टोखाबाट नुवाकोट सुरुङमार्गले जोडिएको अवस्थामा काठमाडौंबाट रसुवागढी हुँदै चिनियाँ सिमानामा पुग्न सबैभन्दा सहज बाटो हुने पनि सडक विभागले जानकारी दिएको छ । सडक विभागका अनुसार यसअघि टोखा–छहरे सुुरुङमार्ग निर्माण गर्न एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले संम्भाव्यता अध्ययन गर्ने चासो देखाएको थियो । यो बैंकले नै सुरुङ मार्ग निर्माण गर्ने विषयमा पनि सरकारको सहमति खोजिरहेको थियो । यो सुुरुङमार्ग निर्माण गर्दा काठमाडौंबाट सीधै नुुवाकोटको थान्सिङ फाँट निस्कन सकिन्छ । गल्छीदेखि रसुुवागढीसम्म सरकारले स्तरीय सडकमार्ग निर्माण गरिरहेकोले पनि सुरुङमार्गको पनि काम तत्कालै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख छ । यो सुरुङमार्ग बन्यो भने गल्छी रसुवागढी जोड्ने स्तरीय सडकमार्गको पहुँचले पनि जोड्ने छ । सरकारले रेलमार्गको पनि संम्भाव्यता अध्ययन गरिरहेकोले काठमाडौंबाट चीनियाँ नाकाको दुरी आधा घण्टा भन्दा लामो नहुने दाबी सडक विभागको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको ९७ हजार कित्ता सेयर लिलाम बढाबढमा, २५५ को सेयर १ सयमै
काठमाार्डौ । सप्तकाेशी डेभलपमेन्ट बैंकको ९७ हजार ५२६ किता सेयर लिलाम बढाबढमा विक्री खुला भएको छ । यो बैैंकले यही चैत्र २५ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने गरी सूचना जारी गरेको छ । बैंकको पुस २४ गतेदेखि फागुन १ गतेसम्मका लागि खुला भएको हकप्रद सेयरको विक्री खुला गरेको थियो । यो समयमा आवेदन नपरेका ५६ हजार ७ सय संस्थापक र ४० हजार ८२६ सर्वसाधारण तर्फको सेयरको लागि बैंकले लिलाम बढाबढ गर्न लागेको हो । यो बैैंकको सेयरका लागि न्युनतमभ १ सय किक्ता सेयरमा एक सय भन्दा बढी मूल्यमा कबोल गर्नुपर्ने छ । १ सय भन्दा बढी कित्ता माग गर्नेले १० ले भाग जाने गरी अधिकतम ५६ हजार ७ सय कित्ताको लागि र साधारणर्फको ४० हजार ८२६ कित्ताकै लािग आवेदन दिन पाउने छ । यसकाे विक्री प्रवन्धक एनएमबी क्यापीटल लिमिटेड हाे ।
पूँजीगत लाभकर अब दुरसञ्चार नियमावलीमै राखिने, नियमावली बनाउँदै सरकार
काठमाडौं । दुरसञ्चार कम्पनी एक आपसमा गाभिदा (मर्ज हुँदा) पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था निमयावलीमै राखिने भएको छ । एनसेलको सेयर विक्रीका क्रममा पूँजीगत लाभकर छली भएपनि सरकारले नियमावलीमै यो व्यवस्था गर्न लागेको हो । सरकारले बनाइरहेको नियमावलीमा स्पष्ट रुपमा पूँजीगत लाभकर तिुर्नपर्ने व्यवस्थाको प्रावधान राखेको सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमाान गुरुङले बताए । दुरसंचार कम्पनीलाई एक आपसमा गाभ्नका लागि सरकारले दुरसञ्चार सेवाप्रदायक एक आपसमा गाभ्दा, गाभिदा (मर्जर) तथा प्राप्ती सम्वन्धी नियमावली २०७३ ल्याउन लागेको छ । यो नियमावलीपछि पूँजीगत लाभकरको विवाद नियमावलीले नै टुङ्याउने भएको छ ।