पुनरकर्जा २०० प्रतिशतले बढ्यो, भूकम्प पीडितले लिए १ वर्षमा ११ करोड ऋण
काठमाडौं, १८ कात्तिक । उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमासमेत सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग चालू आर्थिक वर्षमा करिब दुई सय प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७२/७३ को भदौसम्म सहुलियत दरमा प्रदान गरिने यस्तो कर्जा ६७ करोड १० लाख रुपैयाँ मात्र थियो । आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ सो कर्जाको उपयोग भएको छ । चालू आवमा प्रभाव भएको कर्जामध्ये १ अर्ब ६१ करोड ५२ लाख रुपैयाँ साधारण कर्जा हो भने ३७ करोड ४४ लाख निर्यात कर्जा भएको राष्ट्रले जानकारी दिएको छ । अघिल्लो वर्ष ६१ करोड ८० लाख रुपैयाँ साधारण पुनरकर्जा र ५ करोड ३० लाख रुपैयाँ निर्यात कर्जा रहेको थियो । विपन्न वर्गअन्तर्गत न्यून आयस्रोत भएका, सामाजिक रूपमा पिछडिएका जनजाति, महिला, शारीरिक अपाङ्गतता भएका र सीमान्तकृत समुदायलाई लक्षित गरी राष्ट्र बैंकले निर्देशन अनुसार बैंकहरुले पुनरकर्जामा लगानी बढाएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरू आफैले प्रत्यक्ष रूपमा २ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । अधिकांश वाणिज्य बैंकले लघुवित्त कारोबार गर्न आफ्नै सहायक कम्पनी खोलेर दोहोरो फाइदा लिने प्रचलन बढेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो । यसअघि अधिकांश निजी बैैकहरूले लघुवित्त कम्पनीमार्फत लक्षित वर्गमा कर्जा प्रवाह गर्दै आएका थिए । लघुवित्तले वाणिज्य बैंकबाट ४ प्रतिशत ब्याजदरमा कर्जा लिएर २० प्रतिशतसम्ममा लगानी गर्दै आएको तथ्य बाहिर आएपछि वाणिज्य बैंकहरूले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कुल कर्जाको ५ प्रतिशतमध्ये २ प्रतिशत आफै लगानी गर्न दिएको थियो । केन्द्रीय बैंकको निर्देशनसँगै केही वाणिज्य बैंकले प्रत्यक्ष लगानीका लागि तयारी शुरू गरे पनि अधिकांशको तयारी शून्य देखिएको छ । विपन्न वर्गलाई कर्जा प्रवाह शुरू गर्नुअघि विभागीय कार्यालय स्थापना, कर्मचारी व्यवस्थापनलगायत सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले तोकेकै समयमा निर्धारित प्रतिशतको लगानी पुर्याउन निजी बैंकहरूलाई गाह्रो हुने देखिएको छ । सरकारी बैकहरूले यसअघि नै ग्रामीण तथा विपन्न वर्गमा प्रशस्त कर्जा प्रवाह गरिरहेका छन् । ‘हाम्रो कुल कर्जाको ४ देखि ५ प्रतिशत अंश विपन्न वर्ग कर्जाअन्तर्गत पर्ने भएकाले तोकिएको समयमा राष्ट्र बैंकको निर्देेशन पालना गर्न सरकारी बैंकलाई खासै समस्या नभएपनि निजी बैंकलाई भने यो कार्य गर्नु चुनौतीपूर्ण रहेको छ । बैंकहरूले अहिलेसम्म लघुवित्तीय संस्थामार्फत विपन्न वर्ग कर्जा प्रवाह गर्दै आएको र दुर्गम तथा ग्रामीण क्षेत्रमा पूर्वाधार नभएकाले तत्काल लगानी गर्न सक्ने अवस्था नरहेको तथा चुनौती पूर्ण भएको सानिमा बैंकका सीईओ भुवन दाहालले बताए । तर, राष्ट्र बैङ्कको निर्देशनलाई अस्वीकार गर्न नसकिने भएकाले अधिकांश निजी वाणिज्य बैंकहरू विस्तारै तयारीमा लागेको उनले बताए । सानिमा बैंकले राष्ट्र बैंकको निर्देशन आउनुअघि नै विपन्न वर्गमा कर्जा प्रवाह शुरू गरिसकेकाले अहिलेसम्म अधिकांश तयारी पूरा भइसकेको उनले जानकारी दिए । निजी बैङ्कहरूले विभिन्न समस्या देखाउँदै नयाँ व्यवस्था एकै पटक पालना गर्न नसक्ने बताएपछि राष्ट्र बैंकले निर्देशनलाई केही खुकुलोसमेत पारेको छ । नयाँ व्यवस्थाअनुसार बैंकहरूले असोज मसान्तसम्म कुल कर्जाको १ दशमलव २५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नु पर्नेछ । त्यसैगरी पुस अन्त्यसम्ममा १ दशमलव ५ प्रतिशत, चैत मसान्तसम्ममा १ दशमलव ७५ प्रतिशत र २०७४ असार मसान्तसम्ममा तोकिएको २ प्रतिशत पुर्याउनु पर्नेछ । यसबाहेक भूकम्पपीडितहरुलाई राहत प्रदान गर्न राष्ट्र बैंकबाट शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्थाअन्र्तगत भूकम्प पीडितलाई सो ब्याजमा कर्जा प्रभाव गर्ने व्यवस्था आएको एक वर्ष अर्थात भदौ मसान्तसम्ममा ११ करोड ७८ लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा पनि कम लगानी गरेका छन् । कुल कर्जाको २० प्रतिशत कर्जा उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था छ । भदौसम्म वाणिज्य बैंकहरुको यस्तो कर्जा १६.६३ प्रतिशत पुगेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए ।
नमुना विद्यालय निर्माण गर्न एडिबीद्वारा १२ अर्ब ऋण तथा अनुदान दिने घोषणा
काठमाडौँ, १८ कात्तिक । एसियाली विकास बैंक (एडिबी)ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ । बैंकले उक्त ऋणमध्ये पाँच करोड अनुदानस्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न उपलब्ध गराइने उक्त ऋण र अनुदान दुईसयवटा नमुना विद्यालय भवन निर्माणमा उपयोग गरिनेछ । साथै, ती नमुना विद्यालय भवन विपद् जोखिम सामना गर्नसक्ने हुनेछन् । रासस
बिराटलक्ष्मी विकास बैंकको १९ प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्विकृति
काठमाडौं, १८ कात्तिक । बिराटलक्ष्मी विकास बैंकको १९ प्रतिशत लाभांश दिने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्विकृति दिएको छ । बिराटलक्ष्मीले लगानी कर्तालाई १८ दशमलब ५० प्रतिशत बोनस सेयर र शुन्य दशमलब ९७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको थियो । अब बिराटलक्ष्मी विकास बैंकको साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर प्राप्त गर्नेछन् । बैंकको चुक्ता पुँजी ४२ करोड ५३ लाख रुपैँया रहेको छ । बैंकको सेयर प्रति कित्ता ४ सय रुपैंयाँमा कारोबार भैरहेको छ ।
जानकी मन्दिरको भेटीले मात्रै २ नम्बर प्रदेश धान्न सक्दैन
महोत्तरी, १८ कात्तिक । जनकपुरस्थित जानकी मन्दिरको भेटीबाट प्राप्त हुने आम्दानीले २ नम्बर प्रदेश धान्न नसकिने सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवम पूर्वमन्त्री हरिनारायण यादवले बताएका छन । पार्टी प्रशिक्षण एवम् क्षेत्रीय भेलालाई सम्बोधन गर्न महोत्तरीको गौशाला आएका पूर्व कृषिमन्त्री यादवले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सङ्घीयताअनुसार कायम भएको दुई नम्बर प्रदेशमा वन, जङ्गल, औद्योगिक क्षेत्र, पर्यटन क्षेत्र लगायतका आम्दानीका स्रोत नभएकाले यस क्षेत्रका प्रमुख स्थल मानिने जनकपुरस्थित जानकी मन्दिरबाट प्राप्त हुने आम्दानीले मात्र यो प्रदेशलाई धान्न नसकिने बताएका हुन । आफुहरुले जनसङ्ख्याका आधारमा प्रदेश गठन गरिनुपर्ने माग गर्दै आएकाले तराईमा दुई प्रदेश आवश्यक रहेको उनले प्रतिक्रिया दिए । एक अर्को प्रसङ्गमा यादवले आफूहरुको आन्दोलन मधेस मुक्तिका लागि मात्र नभई देशका सम्पूर्ण आदिवासी, जनजाति, मुस्लिम, पिछिडिएको हरेक समुदायको संविधानमा समान हकअधिकार स्थापित गराउनका लागि रहेको बताए । सो हकअधिकार संविधानलाई संशोधन गरी उनीहरुको माग पूरा गरिनुपर्ने अतिआवश्यक रहेको उनले बताए । प्रधानमन्त्रीको चुनावपूर्व भएको सम्झौताअनुरुप छठसम्म आफूहरुको माग सम्बोधन नगरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिई नयाँ शिराबाट आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
मुखर्जीको भ्रमणले पोखरेली पर्यटनको अन्तराष्ट्रिय ब्राण्डिङ हुने, भव्य स्वागतको तयारी पुरा
पोखरा, १८ कात्तिक । अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा आफ्नो पहिचान स्थापित गरेको पोखरा पछिल्ला समयमा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण व्यक्तिको भ्रमणको स्थल समेत बन्नुले यसको गरिमा र महत्व अझै बढाएको छ । भारतीय राष्ट्रपतिको शुक्रबार हुन लागेको पर्यटकीय नगरी पोखराको भ्रमणले यो विदेशी राष्ट्रप्रमुखको भ्रमणको प्राथमिकतामा पनि परेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल बताउछन । “राष्ट्रपति मुखर्जीको भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पु¥याएको छ,” उनले भने, “नेपाल भ्रमणको कार्यक्रममा पोखरा पनि पर्नु यहाँका लागि महत्वपूर्ण अवसर हो ।” राष्ट्रपतिको पोखरा भ्रमणलाई भव्य बनाउनका लागि सम्पूर्ण तयारी गरिएको उनले जानकारी दिए । पर्यटकीय नगरी पोखरामा भारतीय राष्ट्रपतिको आगमन यहाँको पर्यटकीय विकासका लागि पनि महत्वपूर्ण अवसर भएको पर्यटन सम्बद्ध व्यक्तिको धारणा छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा पोखरा आगमन हुने विषयले स्वभावतः अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि स्थान पाउने बताए । “राष्ट्रपतिको आगमनसँगै पोखरा अति विशिष्ट दर्जाका व्यक्तिको भ्रमण स्थलसमेत हो भन्ने कुरालाई चरितार्थ गर्दछ,” थापाले भने, “यस भ्रमणसँगै पोखराले विश्वका विशिष्ट पाहुनालाई समेत आकर्षित गर्नुका साथै पोखरा पर्यटनको सुरक्षित गन्तव्य भएको कुरालाई स्वतःस्फूर्त रुपमा अन्तराष्ट्रिय रुपमा स्थापित गराउनेछ ।” सांस्कृतिक, भौगोलिक लगायतका विविध कारणले युगौँदेखि मित्रवत् सम्बन्ध रहेको मित्रराष्ट्र भारतका राष्ट्रपतिको नेपाल भ्रमण आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताउने पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पराजुली उनको पोखरा भ्रमण सम्पूर्ण पर्यटन व्यवसायीका लागि सुखद् पक्ष भएको धारणा राखे । भूकम्पपछिको पर्यटनमा भारतीय पर्यटकको कम आगमन भएको अवस्थामा पर्यटकीय नगरी पोखरामा पनि उनको भ्रमणको कार्यक्रम रहनुले भारतीय पर्यटक थप आकर्षित गर्न महत्वपूर्ण सहयोग पुग्ने पराजुलीले बताए । अत्यन्त अनुकूल मौसमको समयमा हुन लागेको भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको कार्यक्रमले विश्वका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानसमेत आकर्षित गर्ने बताउँदै उनले भ्रमणसँगै अन्तर्राष्ट्रियस्तरमा यहाँको पर्यटन प्रवद्र्धनमा पनि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पु¥याउने पोखराका वरिष्ठ समाजसेवी एवम् उद्यमी गणेशबहादुर श्रेष्ठले बताए । “पोखरेली जनता भारतीय राष्ट्रपतिको न्यानो स्वागतको अन्तिम तयारीमा छन्,” स्वागत व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका श्रेष्ठले भने, “पोखरामा उहाँलाई यहाँका धार्मिकस्थलको अवलोकन गराउन र नागरिक अभिनन्दनसमेत गर्न पाएको भए अझै राम्रो हुने थियो ।” अन्तर्राष्ट्रियस्तरका अति विशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउनु समग्र पोखरावासीका लागि महत्वपूर्ण उपलब्धि एवम् अवसर भएको उहाँको भनाइ छ । रासस
विपद न्युनिकरण सम्मेलनमा भाग लिन प्राधिकरणका सिइओ दिल्लीमा
काठमाडौं, १८ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित एसीयाका देशहरुको सम्मेलनमा भाग लिन ज्ञवाली नयाँ दिल्ली गएका हुन् । सम्मेलनमा प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी नेपालले लिएको दिशा र त्यसको कार्यान्वयन अवस्थाबारे प्रस्तुति गर्नेछन् । सम्मेलन आगामी शनिबारसम्म चल्नेछ । सम्मेलनमा सहभागी हुने देशका प्रतिनिधिहरुले विपद् जोखिम न्यूनीकरण गर्न भए गरेका विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । विपद् जोखिम न्यूनीकरण सम्बन्धी विभिन्न विषयहरुमा गरिने प्रस्तुति र अवधारणमा छलफल भएपछि घोषणापत्र जारी हुनेछ । सम्मेलनका अवसरमा प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ज्ञवाली शनिबार नै नेपाल फर्कनेछन् ।
२४ सै घण्टा विमानस्थल संचालनमा समस्या, त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय मापदण्ड भन्दा कम क्षमतामा
काठमाडौं १८, कात्तिक । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढी हुँदा र आवश्यकता अनुसार हवाई उडान समय बढाउनमा समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने हवाई चाप, कुनै विशेष उडान, भीभीआईपीको उडानले विमानस्थल बन्द, विदेशी वायुसेवाले जुनसुकै बेला पनि उडान तथा अवतरण अनुमति माग्ने अवस्थामा पनि विमानस्थल २४ सै घण्टा संचालनमा समस्या देखिएको छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनासाथ त्रिभुवन विमानस्थलाई २४ सै घण्टा संचालन गर्न निर्देशन दिएका थिए । आवश्यक पूर्वाधार नभएको, जनशक्तिको अभाव र एउटामात्रै धावनमार्ग भएको, हवाई चापलाई दिनमा पनि थेग्न हम्मे परेको अवस्थामा रातैभर संचालन गर्न नसकिने अवस्था भएको भन्दै पर्यटन मन्त्रालयले प्रधानन्त्रीको निर्देशन नै लत्याएको छ । प्रधानमन्त्रीको निर्देशनको एक साता पछि पर्यटन मन्त्री जीवनबहादुर शाहीले पत्रकार सम्मेलन आयोजना गरेरै प्रधानमन्त्रीको निर्देशन साकारात्मक भएपनि एक दुई घण्टा उडान समय बढाउन भनेको भए सकिन्थ्यो १८ घण्टा संचालन भइरहेको विमानस्थलाई एकैपटक पूर्वाधार विना २४ घण्टा संचालन गर्न नसकिने जानकारी शाहीले दिए । प्रधानमन्त्रीले दिएको निर्देशन तीन महिना पुगिसेको भएपनि अझै कार्यान्वयन हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रमनाथ ठाकुरका अनुसार कुनै पनि भीभीआईपी उडान तथा विशेष परिस्थितिमा वायुसेवलाई एक दुई घण्टा उडानको समय थप गर्न सकिने तथा विमानस्थल खुला गर्न सकिने भएपनि रातैभर संचालनको अवस्था भने नरहेको बताए । अनुसार कुनै वायुसेवाले विमानस्थल बन्द हुनुभन्दा (राती साढे १२ बजे भन्दा) तीन घण्टा अगाडि लिखित जानकारी दिएको अवस्थामा मात्रै एक दुई घण्टा थप समय विमानस्थल खुलाउन सकिन्छ । अन्यथा विमानस्थलमा एक सय भन्दा बढी निकायले काम गर्ने भएकोले व्यवस्थापन मिलाउनै नसकिने तर्क दिए । उनका अनुसार विमानस्थल अघिल्लो वर्षको भूकम्पको समयमा तीन दिन २४ सै घण्टा खुला गरिएको थिए । विशेष परिस्थितिमा हुने यस्तो काम सधै निमियत गर्न सक्ने आधार, पूर्वाधार र जनशक्ति तयार नभएको पनि उनको बुझाई छ । २४ घण्टा उडानको अन्तर्राष्ट्रिय मापदण्ड पुगेन त्रिभुवन विमानस्थलमा एउटै मात्र अन्तर्राष्ट्रिय धावमार्गबाट हुने जोखिमसँगै अन्य विश्वव्यापी मान्यतासमेत नपुग्नुका कारण पनि जोखिम रहेको उल्लेख छ । यो विमानस्थलले विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड पुर्यान नसकेको कारण नि २४ सै घण्टा उडान संचालन गर्न नसकेको पाइएको छ । संसारभरका वायुयान उडानको नियमन निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घठन (आइकाओ)को मापदण्डलाई यो विमानस्थलले पूरा नगरी सञ्चालनमा रहेको छ । सन् १९६४ बाट यस विमानस्थललाई अन्तराष्ट्रिय नामाकरण गरिएको भएपनि अन्तर्राष्ट्रिय विमानस्थलले आइकाओको एनेक्स १४ अनुसार रनवे, ट्याक्सीवे, रनवे सेफ्टी एरिया, आपतकालिन जहाज पार्किङ, टर्मिनल भवन, जहाजको ह्याङ्गर, नेपाली सेनाले ओगटेको विमानस्थल क्षेत्रलगायका मापदण्ड पूरा गर्न सकेको छैन् । आइकाओको मापदण्ड अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा वाइड वडिका जहाज अवतरण भइरहेको अवस्थामा यस्तो प्रकृतिको अर्काे जहाज ट्याक्सीवेमा पठाउन सकिदैन् । रनवे र ट्याक्सीवेबीचको साँघुरोपनाका कारण वाइडवडि जहाज र न्यारोवडिको आवागमन एकैपटक गर्न नसकिएको हो । अन्तराष्ट्रिय मापदण्ड अनुसार दुबैतर्फ वाइडवडि जहाज निर्वाध रूपमा अवतरण गर्ने र ट्याक्सीवेमा जानसक्ने हुनुपर्छ । आइकाओले अन्तर्राष्ट्रिय रनवे र ट्याक्सीवेबीचको दुरी १ सय ८२ दशमलव ५ मिटर हुनुपर्ने प्रावधान तोकेको छ । तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने यस्तो दुरी जम्मा १ सय १९ मिटर मात्रै रहेको छ । आइकाओले तोकेको मापदण्ड अनुसार धावनमार्गको केन्द्रबाट दायाँबायाँको दुरी पनि त्रिभुवन विमानस्थले पूरा गर्न सकेको छैन् । यो मादपण्ड अनुसार १ सय ५० मिटरको घाँसे मैदान धावनमार्गको केन्द्रबाट दायाँबाया हुनुपर्ने प्रावधान छ । तर, त्रिभुवन विमानस्थलमा यस्तो दायाँबायाँतर्फको दुरी जम्मा ७५/७५ मिटरमात्रै रहेको छ । रनवे स्ट्रीटबाट हुनुपर्ने रनवे सेफ्टी एरियमासमेत त्रिभुवन विमानस्थलमा छैन् । यस्तो सेफ्टी एरिया आइकाओको मापदण्ड अनुसार २ सय ४० मिटर दुबैतर्फ हुनुपर्ने पर्छ । त्रिभुवन विमानस्थलमा भने यस्तो सेफ्टी एयर नै छैन । आइकाओले तोकेको मापदण्ड अनुसार कुनैपनि आपतकालिन पार्किङ क्षेत्र हुनुपर्ने प्रावधान भएपनि यो व्यवस्था विमानस्थलमा छैन् । त्रिभुवन विमानस्थलको धावनमार्गको क्षमता १ सय ९६ टन सम्मका वायुसेवाका लागि मात्रै भएपनि हाल ३ सय टन भन्दा बढी वायुसेवा आउने गरेका छन् । धावनमार्गको क्षमता भन्दा ठूला जहाज रोक्न नसक्नुमा पनि सम्वन्धित वायुसेवाले एआइपीको बेवास्था गरेको तथा जोखिम बहन गर्न तयार भएकोसमेत प्राधिकरण स्रोतको भनाइ छ । विमानस्थलको धावनमार्ग पटक पटक उप्कनु र क्षमता भन्दा ठूला जहाजको उडान अवतरण हुनु, धावनमार्गको विकल्प नहुँदा बढी चापलगायतले विमानस्थलबाट उडान तथा अवतरण गर्ने यात्रुका लागि जोखिम बढिरहेकोले पनि २४ सै घण्टा उडान गर्न नसक्ने अवस्था रहेको विमानस्थल कार्यालयको भनाइ छ । विमानस्थलमा एउटा मात्रै धावनमार्ग हुनु पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नहुनुको कमजोरी भएको विमानस्थलका कर्मचारी बताउँछन् । आगामी असारभित्र विमानस्थलको क्षमता सार्वजनिक गर्ने त्रिभुवन विमानस्थल सन् २००२ सम्मको लागि तयार भएको क्षमतामा अहिलेसम्म संचालनमा रहेको छ । यो विमानस्थलको वास्तविक क्षमता कति हो, कति धान्न सक्छ, अहिलेको अवस्था के हो भन्ने वारेमा विस्तृत अध्ययन भइरहेकोल आगामी असारसम्ममा त्रिभुवन विमानस्थलको क्षमता सार्वजनिक गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले बताएका छन् । गौमतमले चालू आर्थिक वर्ष भित्र काठमाडौं विमानस्थललाई आधार बनाएका बाहेकका जहाज हटाउने पनि बताए । हाल काठमाडौंलाई आधार बनाएर उडान नगरेका बायुसेवा पनि काठमाडौंमा नै बस्ने गरेकोले पनि समस्या भएको बताए । उनका अनुसार प्रविधिको सहायताले उडान गर्ने र आखाँल हेरेरै उडान गर्ने दुबै प्रकारको क्षमता पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ । त्रिभुवन विमानस्थल सुधारको लागि प्राधिकरणले क्षमता अनुसार उडान तथा अवतरणको प्रक्रिया मिलाउन लागेको पनि उनले जानकारी दिए ।
पार्टीभित्रै प्रचण्ड आलोचित, जनताको पक्षमा देखिने निर्णय नगरेको आरोप
काठमाडौं १८, कात्तिक ।सरकारको नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रैबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तीव्र आलोचना सुरु भएको छ । परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक बिदा घोषणा गरेको, इमानदार र क्षमतावानलाई पन्छाएर आफू र परिवारका सदस्य रिझाउनेलाई राजनीतिक नियुक्तिमा लगेको आरोप लगाउँदै उनको आलोचना हुन थालेको हो । उनीमाथि जनताका पक्षमा देखिने गरी कुनै निर्णय कार्यान्वयन गराउन नसकेको, पार्टीको संस्थागत निर्णय नमानेको, अध्यक्षको हैसियतमा पार्टी संगठनलाई बेवास्ता गरी निर्वाचन गराउने घोषणा गरेको, भारत र चीनबीच सन्तुलन कायम राख्न नसकेको जस्ता आरोप पार्टीभित्रैबाट लागेको छ । भारतको गोवामा जाँदा प्रधानमन्त्री दाहालले आफ्ना परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारीको नाम काटेर निजी चिकित्सक युवराज भुसाललाई लगेको विषय सेलाउन नपाउँदै प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई नियुक्त गरेपछि उनको तीव्र आलोचना सुरु भएको छ । पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेको विषयमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले व्यंग्यात्मक शैलीमा विरोध जनाएका छन् । पार्टी अध्यक्ष दाहालको संरक्षण गरेजस्तो गरेर पत्याउनै नसकिने निर्णय प्रधानमन्त्री दाहालबाट नभएको हुनसक्ने भन्दै श्रेष्ठले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति सार्वजनिक गरेका छन् । ‘हाम्रो पार्टी र अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको इज्जत, प्रतिष्ठा र मूल्यमाथि किन यति निर्मम प्रहार भइरहेको छ । हालै नियुक्त भएका प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार उही हाम्रो पार्टीको केन्द्रीय समितिको सचिवालय सदस्य नारायण दाहाल नै हो भनेर किन प्रचार हुँदैछ रु यो हुनै सक्दैन । प्रशासनिक सल्लाहकारमा कोही नारायण दाहाल नाम गरेको पूर्ववरिष्ठ प्रशासक वा दक्ष प्रशासनविद्लाई नियुक्त गरिएको हुनुपर्छ । संयोगले नाम जुध्यो । बस । होइन र १’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् । प्रशासनिक सल्लाहकार नियुक्त भएका नेता नारायण दाहालले भने श्रेष्ठको अभिव्यक्तिलाई गैरराजनीतिक टिप्पणीको संज्ञा दिएका छन्, अन्नपूर्ण पोस्ट दैनिकबाट ।