सामसङ नेपालको ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी सार्वजनिक
काठमाडौं । सामसङ नेपालले नयाँ ए सिरिज अन्तर्गत ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी मोबाइल सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरेको छ । कम्पनीका अनुसार अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) अग्रिम बुकिङ गर्न सकिनेछ । नयाँ मोबाइलहरूमा आकर्षक बनावट, उन्नत क्यामेरा प्रणाली तथा ‘असम इन्टेलिजेन्स’ नामक कृत्रिम बुद्धिमत्ता सुविधा समावेश गरिएको छ । वन यूआई ८.५ मा आधारित यी उपकरणहरूले आवाजलाई लेखमा रूपान्तरण गर्ने सुविधा, पर्दामा देखिएका वस्तु सजिलै छान्ने सुविधा, फोटो सम्पादन गर्ने सजिलो उपकरणहरू उपलब्ध गराउँछन् । फोटो खिच्नका लागि दुवै मोबाइलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित तीन क्यामेराको व्यवस्था छ । कम प्रकाशमा पनि स्पष्ट फोटो र भिडियो लिन सकिने प्रविधि राखिएको छ । ग्यालेक्सी ए५७ फाइभजीमा अझ उन्नत तस्बिर प्रशोधन र छिटो फोटो खिच्ने सुविधा उपलब्ध छ । डिजाइनतर्फ ग्यालेक्सी ए५७ फाइभजी निकै पातलो (६.९ मिलिमिटर) रहेको छ भने दुवै मोबाइलमा ५००० एमएएच ब्याट्री राखिएको छ, जसले दुई दिनसम्म चल्न सक्ने बताइएको छ । उत्कृष्ट दृश्य अनुभवका लागि उच्च गुणस्तरको पर्दा प्रयोग गरिएको छ । सुरक्षाका हिसाबले पानी र धुलोबाट जोगिने क्षमता, डाटा सुरक्षा प्रणाली, व्यक्तिगत सामग्री सुरक्षित राख्ने सुविधा लगायतका विशेषता समावेश छन् । साथै ६ वर्षसम्म सुरक्षा सुधार र प्रणाली अद्यावधिक उपलब्ध गराइनेछ । मूल्यतर्फ ग्यालेक्सी ए५७ फाइभजीको १२ जिबी/२५६ जिबी भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ र ८ जिबी/२५६ जिबीको ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ । ग्यालेक्सी ए३७ फाइभजी भने ६४ हजार ९९९ रुपैयाँदेखि ७९ हजार ९९९ रुपैयाँसम्म उपलब्ध हुनेछ । अग्रिम बुकिङ अवधिमा ग्राहकहरूले अतिरिक्त मेमोरी सुविधा र २४ महिनासम्म किस्ताबन्दी सेवा पाउनेछन् । यसअनुसार मासिक १ हजार ७६४ रुपैयाँदेखि खरिद गर्न सकिनेछ । सामसङ नेपालका अनुसार नयाँ ए सिरिजले कृत्रिम बुद्धिमत्ता प्रविधिलाई सबै प्रयोगकर्तासम्म सहज रूपमा पुर्याउने लक्ष्य राखेको छ ।
‘नागरिकमाथि आक्रमण भए थप खतरनाक र व्यापक प्रतिकार गर्ने’ इरानको चेतावनी
काठमाडौं । इरानले अमेरिका र इजरायलले सर्वसाधारण नागरिकलाई निशाना बनाए त्यसको प्रतिक्रिया अझै धेरै खतरनाक हुने चेतावनी दिएको छ । यो जानकारी इरानको सरकारी सञ्चारमाध्यमले दिएको हो । खातम अल-अनबिया केन्द्रीय मुख्यालय (ईरानको सबैभन्दा ठूलो सैन्य कमाण्ड एकाइ) का प्रवक्ताले भने, ‘यदि आम नागरिकमाथि आक्रमण दोहोरियो भने हाम्रो अर्को आक्रमण र प्रतिकारात्मक कारबाही पहिलेभन्दा अझ खतरनाक र व्यापक स्तरमा हुनेछ ।’ यो वक्तव्य इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङ (आईआरआईबी) मार्फत सार्वजनिक गरिएको हो । इरानले यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि दिएको हो । ट्रम्पले भनेका थिए कि यदि इरानले मंगलबारसम्म होर्मुज जलडमरू पुनः नखोलेमा अमेरिकाले इरानका पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्नेछ । ट्रम्पको उक्त धम्कीबारे इरानले अन्तर्राष्ट्रिय समुदाय र सबै देशहरूलाई अपिल गर्दै भनेको छ कि यस्तो भयावह युद्ध अपराधलाई रोक्नु उनीहरूको कानुनी जिम्मेवारी हो ।
पश्चिमदेखि पूर्वसम्म फोटोनको ‘ईभी टोटल केयर क्याम्प’ सुरु हुने
काठमाडौंं । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले उत्कृष्ट आफ्टर-सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा 'फोटोन ईभी टोटल केयर क्याम्प' सञ्चालन गर्न लागेको छ । यस पहलको उद्देश्य देशका प्रमुख स्थानहरूमा सर्भिसको सुविधालाई ग्राहक नजिकै पुर्याउँदै दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु हो । यस अभियान अन्तर्गत फोटोनले सबै विद्यमान ईभी ग्राहकहरूलाई विशेष लाभ तथा निःशुल्क सेवाहरू प्रदान गर्दै आभार र प्रतिबद्धता व्यक्त गरिरहेको छ । फोटोन ईभी टोटल केयर क्याम्प दुई चरणमा गरी प्रमुख ६ स्थानहरूमा सञ्चालन हुनेछ । पहिलो चरण २०८२, चैत २२ देखि २०८३, वैशाख ४ सम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा सञ्चालन हुनेछ । दोस्रो चरण २०८३, वैशाख ६ देखि १७ सम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा आयोजना गरिनेछ । यसरी क्षेत्रगत र चरणबद्ध रूपमा क्याम्प सञ्चालन गर्दा विभिन्न क्षेत्रका ग्राहकहरूले सहज रूपमा गुणस्तरीय सेवा र सहयोग प्राप्त गर्न सक्नेछन् । क्याम्पमा सहभागी ग्राहकहरूले विभिन्न विशेष सुविधाहरू पाउनेछन् । यस अन्तर्गत स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट प्रदान गरिनेछ । साथै, प्रत्येक सवारीसाधनको निःशुल्क निरीक्षण, सम्पूर्ण ‘बम्पर-टु-बम्पर’ चेकअप, तथा निःशुल्क वासिङ र ग्रिजीङ सेवा उपलब्ध हुनेछ । यी सेवाहरूले सवारीसाधनको कार्यसम्पादन सुधार गर्न, मर्मत खर्च घटाउन र ग्राहकलाई सहज सेवा अनुभव प्रदान गर्न सहयोग पुर्याउनेछन् । फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको विस्तार मार्फत आफ्टर-सेल्स सर्भिसमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै आएको छ । एमएडब्लू वृद्धीको सहकार्यमा विकसित यस नेटवर्कले ग्राहकलाई सधैंभरी विश्वसनीय र गुणस्तरीय सेवा नजिकबाट उपलब्ध गराउने सुनिश्चितता दिन्छ । साथै, नेपालभर १६६ भन्दा बढी सीसीएसटू टाइप डीसी फास्ट चार्जिङ पोइन्टहरू विस्तार गर्दै फोटोनले ईभीको प्रयोगमा ग्राहकको विश्वास बढाउँदै लगिरहेको छ । फोटोनको विश्वव्यापी 'टोटल केयर' अवधारणा अनुसार प्रत्येक क्याम्पमा दक्ष प्राविधिक, जेनुइन स्पेयर पार्ट्स र पारदर्शी प्रक्रिया मार्फत उच्चस्तरीय सेवा प्रदान गरिनेछ । नेपालमा एमएडब्लू वृद्धीले यस प्रतिबद्धतालाई व्यवहारमा उतार्दै प्रत्येक फोटोन ग्राहकका लागि विद्युतीय सवारीलाई अझ सहज र निश्चिन्त बनाइरहेको छ । ग्राहकहरूले सेवा बुकिङका लागि ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा सम्पर्क गर्न वा नजिकको फोटोन शोरूम वा सर्भिस सेन्टरमा जान सक्नेछन् ।
ब्रोकर व्यवसायीहरूसँग अर्थमन्त्रीले भने- स्वर्णिम समय आउँदैछ, हल्लाको पछि नलागौँ
काठमाडौं । पुँजी बजारको वर्तमान अवस्था, सुधारका उपाय र बजार सुधार सम्बन्धी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच सोमबार (आज) सिंहदरबारमा भेटघाट सम्पन्न भएको छ । बैठकमा अर्थमन्त्री डा. वाग्लले नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा लागिरहेको बताए । त्यसका लागि सुशासन प्रवर्द्धन गर्ने काम प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले जनमत पनि यही दिशामा रहेको बताए । उनले केही अनुसन्धान पुराना भए पनि अहिले अन्तिम चरणमा पुगेको स्पष्ट पार्दै अपराध गर्ने कसैलाई उन्मुक्ति नदिइने तर छानीछानी प्रतिशोध पनि नलिइने बताए । साथै, सरकार निजी क्षेत्रमैत्री रहेको उल्लेख गर्दै आफ्नो पहिलो निर्णयबाटै त्यो स्पष्ट भएको दाबी गरे । ‘हामी अर्थतन्त्रलाई रूपान्तरण गर्ने दिशामा अघि बढेका छौँ,’ उनले भने, ‘आगामी बजेट २०४८ साल यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ ।’ उनले नेपालको अर्थतन्त्रका लागि अब ‘स्वर्णिम समय’ आउन लागेको दाबी गर्दै बजारमा फैलिएका हल्ला र गलत अफबाहको पछि नलाग्न सबैलाई आग्रह गरे । अर्थमन्त्री वाग्लेले आफ्नो राजनीतिक दलले सेयर बजारका विषयमा स्पष्ट र उदार धारणा राख्दै आएको उल्लेख गर्दै हाल बजारमा अनावश्यक अफबाह फैलाएकोप्रति चिन्ता व्यक्त गरे । महासचिव भक्तिराम घिमिरेले बजारमा केही समूहले जानाजानी गलत हल्ला फैलाइरहेको बताए । बजारमा सेयर बेचेर बाहिरिएका तथा पुनः सेयर उठाउन खोजिरहेका व्यक्तिहरूले भ्रम फैलाएको उनको भनाइ छ । ‘यस्ता गतिविधिले साना लगानीकर्तामा त्रास सिर्जना गरेको छ । साथै, संस्थागत लगानीकर्ताका लागि बजारमा सहज वातावरण बनाउनुपर्नेछ,’ उनले भने । उनले निजी क्षेत्रमाथिको अनुसन्धान जायज भए पनि त्यसलाई गोप्य रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्दै हाल त्यसो हुन नसकेको गुनासो गरे । धितोपत्र दलाल व्यवसायीहरूले अर्थमन्त्रीसँग पुँजी बजारका समस्या समाधानका लागि विभिन्न माग समेत राखेका छन् । ७६ लाख लगानीकर्ता र ९२ ब्रोकरहरू सक्रिय रहेकाे पुँजी बजारमा नयाँ सरकार र अर्थमन्त्रीको नेतृत्वपछि बजारमा नयाँ आशा र अपेक्षा रहेको घिमिरेको भनाइ छ। धितोपत्र दलाल व्यवसायीहरूले हालसम्म अनेकौं समस्या भोग्दै आएको भए पनि दोस्रो बजारमा आफ्नो कर्तव्य र दायित्व पूरा गर्दै आएकाे घिमिरेले बताए । ब्राेकरहरूले औंल्याएका मुख्य चुनौतीहरू समाधान भएमा पुँजीबजारको समग्र सुधार हुने र लगानीकर्ताहरूको मनोबल पनि बढ्ने उनकाे भनाइ छ । पुँजी बजार सुधार कार्यदलले दिएका कार्यान्वयन हुन बाँकी सुझावहरू अविलम्ब कार्यान्वयन गर्न ब्रोकर व्यवसायीहरूले माग गरेका छन् । साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई सहज रूपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था लागू गर्नुपर्ने, गैर-आवासीय नेपाली नागरिकलाई पनि दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्ने व्यवस्था लागू गर्नुपर्ने माग उनीहरूको रहेको छ। आगामी बजेटमार्फत पूँजीगत लाभकर अन्तिम कर हो भनि स्पष्ट पार्नुपर्ने, बजारमा हाल साना लगानीकर्ताहरूको मनोबल बढाउन सरकारी संस्थानहरूमा रहेका विभिन्न कोषको रकमलाई दोस्रो बजारमा सहज रूपमा लगानी गर्ने वातावरण बनाउनुपर्ने माग पनि उनीहरूले गरेका छन् । यस्तै, बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको कारण बिक्री गरी हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्तामा असर पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केट यथाशीघ्र सुरु गर्नुपर्ने, साथै सेटलमेन्ट ग्यारेन्टी फण्डको प्रयोगका लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको भए पनि लामो समयदेखि कार्यान्वयनमा नआएको कारण नियामक निकायलाई आवश्यक निर्देशन दिन माग गरिएको महासचिव घिमिरेले बताए ।
दिपल एस०५ : सेलिब्रिटीदेखि प्रभावशाली व्यापारीसम्मको रोजाइ
काठमाडौं । नेपाली अटोमोबाइल बजारले धेरै गाडीहरुको आगमन देखेको छ तर दिपल एस०५ को जस्तो आगमन विरलै हुन्छ । दिपल एस०५ ले गएको अगस्टमा नाडा अटो सोभन्दा केही दिनअघि नेपालमा धमाकेदार इन्ट्री गरेको थियो । त्यो एउटा कार लन्च मात्र थिएन, एउटा त्यस्तो पल थियो जुन नेपाली अटोमोबाइल क्षेत्रले कहिल्यै बिर्सन सक्दैन । नेपाली अटोबजारले लामो समयदेखि लक्जरी, स्टाइल र टेक्नोलोजीको सही सम्मिश्रण भएको कारण खोजिरहेको थियो र एस०५ ले यी सबै पक्षमा आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ । र यो छोटो समयमै नेपाली बजारको प्रतिक्रियाले उद्योगलाई नै चकित पारेको छ । सार्वजनिक भएको दिनदेखि आजका दिनसम्म नेपाल भित्रिएको एस०५ का हरेक युनिटले गर्वित घर पाइसकेको छ र यसको माग कम दिने कुनै संकेत देखिएको छैन । एस०७ को सफलतापछि दिपल एस०५ ले नेपालका विवेकशिल ग्राहकलाई लक्जरी, स्टाइल र टेक्नोलोजीको सही मिश्रण प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको छ । दिपल एस०५ नेपालका चर्चित सेलिब्रिटीदेखि प्रभावशाली व्यक्तिहरुको रोजाइमा परेको छ जसले यो इभीलाई सम्झौता गर्न तयार नभएकाहरुको लागि बनेको हो भन्ने प्रमाणित गरेको छ । सौन्दर्य विधामा संसारकै ठूलो अटोमोटिभ अवार्ड आईएफ इन्टरनेशनल डिजाइन अवार्ड २०२५ विजेता एस०५ मा शार्क नोज फ्रन्टसहितको बोल्ड इन्टरस्टेलर डिजाइन, विमानबाट प्रभावित हेडल्याम्प र सेग्मेन्ट फस्ट फ्रमेलेस डोर तथा फ्लस ह्यान्डल रहेको छ । साथै यसमा नेपालमा उपलब्ध एसयुभी सेग्मेन्टमै सबैभन्दा कम ०.२५८ सिडी ड्रयाग कोफिसेन्ट रहेको छ जसले सुन्दरता मात्र होइन प्रदर्शनलाई पनि बेजोड बनाएको छ । साथै, यसमा इन्डस्ट्रिी फस्ट क्विन कोपाइलट सिट, एम्बायन्ट सराउन्ड लाइटिंग र १२६० वाटको १४ स्पिकर स्काइ सराउन्ड साउन्ड सिस्टमले हरेक यात्रामा लक्जरीको अनुभव गराउँछ । ग्राहकहरु यसमा प्रयोग भएको प्रविधिबाट पनि खुशी छन् । यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, रिमोट इन एन्ड आउट पार्किंग फिचर, १९ सेफ्टी फिचरसहित एडास २.० र इन्डस्ट्रिमै सबैभन्दा ठूलो १६० लिटरको फ्रंक प्रयोग भएको छ । साथै, नेपालकै सबैभन्दा एड्भान्स्ड् सिएटिएलको गोल्डेनशिल्ड ब्याट्री २.० प्रयोग भएको छ जसको चर्जिंग साइकल ५००० रहेको छ । यो ब्याट्री मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ । दिपल एस०५ को लोभलाग्दो सफलता र लामो वेटिंग लिस्टले यसलाई नेपाली अटोमोटिभ जगतको ‘नयाँ सनसनी’ बनाएको छ ।
देशभरका मालपोत र नापीका सूचना अधिकारीको सम्पर्क नम्बर सार्वजनिक
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ । मालपोत र नापी विभाग तथा कार्यालयहरूका सम्बन्धित अधिकारीको विवरण सार्वजनिक गरिएको हो । कार्यालयबाट हुने सेवा तथा भूमि सम्बन्धी कुनै समस्या भएमा तत्कालै जानकारी गराउनका लागि गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेको हो । गुनासो सुन्ने अधिकारीको पनि मोबाइल नम्बर र इमेल ठेगानासहित विवरण सार्वजनिक गरिएको छ । साथै सबै कार्यालय प्रमुखहरूलाई समेत सूचना प्रभाव र गुनासो व्यवस्थापनलाई सक्रिय बनाउन निर्देशनसमेत दिइएको छ । मातहतका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीलाई कार्यालय समयमा अनिवार्य फोन उठाउन भनिएको मन्त्रालयले जनाएको छ । देशभरका मालपोत र नापी विभाग कार्यालयका सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको विवरण:
एमजीले ल्याउँदै ‘सेमी–सोलिड स्टेट’ ब्याट्री, विद्युतीय सवारीमा ठूलो सुधार
काठमाडौं । एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड तथा विद्युतीय कार विकास गरिरहेको जनाएको छ । कम्पनीले सोलिडकोर ब्याट्री र ‘हाइब्रिड प्लस’ प्रणालीमार्फत आफ्ना सवारीसाधनलाई अझ छिटो, शान्त र स्मार्ट बनाउने लक्ष्य लिएको छ । नयाँ हाइब्रिड प्लस प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ । यो प्रविधि आगामी एमजी एस९ प्लग–इन हाइब्रिड मोडेलमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको छ । सवारीमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज कम गर्नुका साथै गाडीको क्षमता र दक्षता दुवै सुधार गर्ने कम्पनीको दाबी छ । कम्पनीका वरिष्ठ इन्जिनियरका अनुसार इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार घुम्न सक्ने क्षमता राख्छ, जसले विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई सहज बनाउँछ । साथै डिजिटल ड्याम्पिङ प्रविधिले सवारीको आराम बढाउनेछ भने सेन्सरमार्फत कम्पन नियन्त्रण गरी यात्रा अझ शान्त र सहज बनाइने बताइएको छ । एमजीले ‘सेमी–सोलिड स्टेट’ प्रविधिमा आधारित सोलिडकोर ब्याट्री पनि विकास गरिरहेको छ, जसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत तरल पदार्थ प्रयोग गरिएको हुन्छ । यसले ऊर्जा सञ्चय क्षमता बढाउने, छिटो चार्ज हुने र विभिन्न तापक्रममा स्थिर प्रदर्शन दिने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार नयाँ ब्याट्री परम्परागत लिथियम–आयन ब्याट्रीभन्दा सुरक्षित हुनेछ । परीक्षणका क्रममा दबाब वा क्षति पुगे पनि आगलागी वा स्पार्क नदेखिएको दाबी गरिएको छ । यी नयाँ प्रविधिमार्फत भविष्यका एमजी सवारीलाई अझ शक्तिशाली, सुरक्षित, ऊर्जा–दक्ष र आरामदायी बनाउने कम्पनीको लक्ष्य रहेको छ ।
प्रधानमन्त्री कप २०२६ को 'पावर्ड बाई' प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
काठमाडौं । नेपालमा क्रिकेट केवल खेल मात्र होइन, यो भावनासँग जोडिएको विषय हो । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक 'पावर्ड बाई' प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ । युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो । एक महिनासम्म चल्ने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघद्वारा हरेक वर्ष आयोजना गरिने देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता हो । यस प्रतिष्ठित प्रतियोगिताले प्रत्यक्ष प्रसारण, मोटरसाइकल एवम् नगद पुरस्कारसहितका विभिन्न प्रमुख अवार्डहरू वितरण गरिने पोस्ट(म्याच कार्यक्रम मार्फत उच्चस्तरीय ब्राण्ड भिजिबिलिटी प्रदान गर्दछ । नेपालमा यामाहाको यात्रा सदैव उत्कृष्ट प्रदर्शनप्रतिको प्रतिबद्धताका कारण सफल रहँदै आएको छ । काठमाडौं रेजर्ससँग फुटबल मैदानमा देखिएको जोश होस् वा विभिन्न युवामैत्री पहलहरू, यामाहाले सधैं देशलाई अघि बढाउने प्रतिभालाई साथ दिँदै आएको छ । पीएम कपसँग सहकार्य गर्दै, यामाहाले नयाँ पुस्ताका क्रिकेट खेलाडीप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ गरेको छ, जसले यस ब्रान्डको 'कान्दो' फिलोसोफीलाई क्रिकेटजस्तो अनुशासित र टिमवर्कमा आधारित खेलसँग जोड्दछ । मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न यामाहाले यस वर्ष अझ आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिनेछ, जसले उनीहरूको खेल कौशल, मेहनत र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नेछ। साँच्चै नै जनताको खेलको रूपमा रहने यो प्रतियोगिता पुरै एक महिनासम्म वीरगञ्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानी जस्ता देशका प्रमुख खेल मैदानहरूमा सञ्चालन हुनेछ । यसमा सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने टोलीहरूसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ जस्ता विभागीय टोलीहरू समेत कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भने, 'पीएम कप २०२६ मा यामाहाको सहभागिताले हामीलाई खुसी लागेको छ । यस्ता सहकार्यले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनुका साथै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित पनि गर्नेछ।' एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, 'पीएम कप जस्तो नेपाली युवाको उत्साह झल्काउने प्रतियोगितालाई समर्थन गर्न पाउँदा हामी गर्व गर्दछौं । यो प्रतियोगिता खेल मार्फत विकास र उत्कृष्टताको उदाहरण प्रस्तुत गर्ने सहि प्लेटफर्म हो ।' त्यसैगरी, कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, 'यामाहा सधैं सपनाको शक्तीमा विश्वास गर्दछ । पीएम कप पनि एक यस्तो मञ्च हो जहाँ भविष्यका स्टारहरू जन्मिन्छन् । त्यसैले नेपाली जनतामा खुशी र गौरव जगाउने यस्तो प्रतियोगिताको हिस्सा बन्न पाउँदा हामी उत्साहित छौं ।' यामाहा देशभरका सबै क्रिकेटप्रेमीहरूलाई यस रोमान्चक प्रतियोगितामा सहभागी हुन आह्वान गर्दछ, जुन यस अघिका संस्करणहरू भन्दा अझ भव्य, प्रतिष्पर्धात्मक र प्रेरणादायी हुने अपेक्षा गरिएको छ ।