टियागो ईभी अन्तर–स्कुल चित्रकला प्रतियोगिता 'कार्टनिभल'का आशिम र समय्यालाई पी एस ५ पुरस्कार

काठमाडौं । टियागो ईभी कार्निभल अन्तर–स्कुल चित्रकला कार्यक्रमअन्तर्गत चित्रकला प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदीयन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त अन्तर–स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रम चित्रकला प्रतियोगिता, उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोहसहित सम्पन्न गरिएको थियो । प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास प्रथम भएका छन् भने कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ स्कुलकी समया थापा प्रथम हुन सफल भइन् । दुवै समूहका प्रथम विजेतालाई पुरस्कारस्वरूप प्लेस्टेसन–५ (पी एस ५) प्रदान गरिएको थियो । दुई चरणमा सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरणअन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला आयोजना गरिएको थियो । दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो । कक्षा ५ देखि ८ को समूहमा काठमाडौं युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो तथा त्रियोग हाईस्कुलकी आश्वी घले पाँचौँ स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी, कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय भएका छन् । उक्त कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रालिका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, शैक्षिक व्यक्तित्व, अभिभावक, सहभागी विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो ।

बीवाइडीको हाइब्रिड पिकअप ‘सार्क- ६ ’को बुकिङ खुला, मूल्य करिब डेढ करोड

काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) बीवाईडीको हाइब्रिड पिकअप शार्क- ६को बुकिङ खुला भएको छ ।  नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकका मार्केटिङ हेड समिद नकर्मीले जानकारी दिए।   नेपालमा शार्क- ६ बीवाईडीको पहिलो हाइब्रिड गाडी हो । कम्पनीले गाडी ‘हाइटेक वीक’ मार्फत पहिलो पटक भित्र्याएको तर लन्च भने नगरेको जनाएको छ । यद्यपि बुकिङ भने गर्न सकिने कम्पनीको भनाइ छ । बीवाइडीको सार्क- ६ मा कम्पनीले ‘डीएमओ’ प्लेटफर्म प्रयोग गरेको छ । यसको अर्थ यो गाडी जस्तोसुकै कठिन सडक (अफरोड) मा पनि सहजै गुड्न सक्छ । यसमा १.५ लिटरको टर्बो फोर सिलिण्डर पेट्रोल इन्जिन र दुईवटा इलेक्ट्रिक मोटरको संयोजन छ । फ्रन्ट मोटरले १७० किलोवाट र रियर मोटरले १५० किलोवाट पावर दिन्छ ।  पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरको संयुक्त पावर ४३० हर्सपावर रहेको छ, जुन यो सेगमेन्टकै उत्कृष्ट मानिन्छ । यसको गति पनि लोभलाग्दो छ । बीवाइडी सार्कले ० देखि १०० किलोमिटरको गति मात्र ५.७ सेकेन्डमा तय गर्न सक्छ भने यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टा रहेको छ । हाइब्रिड मोडल भएकाले यसमा रेन्जको कुनै समस्या छैन । यसमा बीवाइडीको सुरक्षित मानिने २९.५८ किलोवाट आवरको ‘ब्लेड ब्याट्री’ प्रयोग गरिएको छ । ब्याट्री मात्र प्रयोग गरेर १०० किलोमिटर गुड्न सकिन्छ । इन्धन र ब्याट्री दुवैको प्रयोग गर्दा यो पिकअपले एक पटकमा ८४० किलोमिटर को लामो यात्रा तय गर्न सक्छ । कम्पनीका अनुसार यसले १०० किलोमिटर गुम्न केवल ७.५ लिटर इन्धन खपत गर्छ । गाडीमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, डिजिटल की र भ्वाइस कन्ट्रोल कनेक्टिभिटी रहेको छ । वायरलेस फोन चार्जर, हेडअप डिस्प्ले र रिमोट भेहिकल मेनेजमेन्ट सुविधा रहेको छ । यस्तै, ३६० डिग्री क्यामरा सिस्टम, अफरोड क्षमता र डाइमेन्सनको समेत सुविधा रहेको छ ।  पूर्ण रूपमा ४ बाई ४ सिस्टममा आधारित यो डबल क्याब पिकअपमा बालुवा, हिलो र  हिउँ गरी ३ वटा ड्राइभ मोडहरू उपलब्ध छन् । साइमेक्स इंकले यसको आधिकारिक मूल्य ठ्याक्कै तोकिसकेको छैन । यद्यपि यो प्रिमियम र पावरफुल हाइब्रिड पिकअप खरिद गर्न चाहने ग्राहकले कम्तीमा १ करोड ५० लाख रुपैयाँ हाराहारी बजेट छुट्याउनु पर्ने कम्पनीको भनाइ छ ।

एमएडब्लू वृद्धिले गर्यो नेपालगञ्जमा डीपल एस ०५ र नामी भिगो सार्वजनिक

नेपालगञ्ज । नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालगञ्जमा डीपल एस ०५ र नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ।  कम्पनीले नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभलाई तोकेको छ । कार्यक्रममा कार्यक्रमका नेपाल उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी, कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई, एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका सीईओ ज्ञानेन्द्र चन्दको उपस्थिति थियो।  त्यस्तैगरी, पानस अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालको पनि उपस्थिति थियो । यससँगै अब चर्चित विद्युतीय एसयूभी दीपल एस ०५ नेपालगञ्जमा उपलब्ध भएको छ।  दीपलसँगै एमएडब्लू वृद्धि मोटर्सले डोंगफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय एसयूभी नामी भिगो पनि सार्वजनिक गरेको छ ।   नेपालगञ्जका लागि पानस अटोमोटिभलाई आधिकारिक वितरक नियुक्त भएसँगै, अब यस क्षेत्रका ग्राहकहरूले डीपल र नामी दुवै ब्रान्डका गाडीहरूको बिक्री, सर्भिस, टेस्ट ड्राइभ र आफ्टर–सेल्स सपोर्ट आफ्नै शहरमै सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।