HP लुब्रिकेन्ट्स: नेपालमा 'मेड इन नेपाल' को शक्ति—स्वचालित प्लान्टले बदल्यो इन्जिनको भविष्य!
HP लुब्रिकेन्ट्स नेपाल, विश्वको विश्वसनीय कम्पनी एचपीसीएलको प्राविधिक मार्गनिर्देशनमा, गुणस्तर, दक्षता र दीर्घकालीन विश्वासको जगमा प्रगतिको नयाँ चरणमा प्रवेश गरेको छ। यो यात्राको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपालको पहिलो अत्याधुनिक स्वचालित लुब्रिकेन्ट प्लान्टको सफल स्थापना हो। यो स्वचालित प्रविधिले ब्लेन्डिङ, फिलिङ र प्याकेजिङ प्रक्रियामा उच्च सटीकता सुनिश्चित गर्छ, जसले गर्दा प्रत्येक ब्याचमा विश्वस्तरीय गुणस्तर कायम रहन्छ। स्थानीय उत्पादन सुरु भएसँगै, आयातमा निर्भरता घटेको छ, ग्राहकको मागमा छिटो प्रतिक्रिया दिन सकिने भएको छ, र देशको औद्योगिक विकासमा पनि ठूलो सहयोग पुगेको छ। नेपालमा यसको अधिकृत वितरक MAW PETRO PRODUCTS PVT.LTD. ले देशभर उत्पादनको पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्दै आएको छ। नेपालमै उत्पादन सुरु भएपछि बजारमा लुब्रिकेन्टको उपलब्धतामा उल्लेख्य सुधार आएको छ। ग्राहकहरूले अब छिटो सप्लाइ, कम प्रतीक्षा समय र माग धेरै भएको बेला पनि स्थिर स्टक को लाभ उठाइरहेका छन्। यो विश्वसनीयता विशेष गरी वर्कसप, यातायात व्यवसायी र औद्योगिक प्रयोगकर्ताहरूको लागि अत्यन्तै महत्त्वपूर्ण छ, जसलाई समयमै लुब्रिकेन्ट उपलब्ध हुनु अत्यावश्यक हुन्छ। स्थानीय उत्पादनका कारण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै गुणस्तर निरन्तर समान रहन्छ, जसले ग्राहकको विश्वासलाई अझ मजबुत बनाएको छ। स्थानीय उत्पादनको अर्को मुख्य फाइदा भनेको विविध प्याक-साइजहरू को उपलब्धता हो। HP लुब्रिकेन्ट्स नेपालले साना गाडीहरूका लागि साना प्याकदेखि औद्योगिक र व्यावसायिक प्रयोगका लागि ठूला प्याकसम्म सबै विकल्पहरू उपलब्ध गराएको छ। यो सुविधा विशेषगरी दुर्गम क्षेत्रका ग्राहकहरूका लागि वरदान साबित भएको छ, जहाँ साना, सजिलै बोक्न मिल्ने प्याकहरूको माग बढी हुन्छ। यसरी, HP लुब्रिकेन्ट्स नेपालले सबैका लागि, सबै ठाउँमा गुणस्तरीय लुब्रिकेन्ट पुर्याउन सफल भएको छ। HP लुब्रिकेन्ट्स NPL 2025 को आधिकारिक लुब्रिकेन्ट पार्टनर बनेर खेलकुदसँगको आफ्नो सम्बन्धलाई झनै बलियो बनाएको छ। यो साझेदारीले सहनशीलता, ऊर्जा र निरन्तरता मा ब्रान्डको विश्वास झल्काउँछ—जुन गुणहरू गाडीको इन्जिनको प्रदर्शन र खेल भावना दुवैमा आवश्यक हुन्छन्। “RUN होस् या KM, पर्फर्मेन्स ग्यारेन्टिड” भन्ने ट्यागलाइनमार्फत HP लुब्रिकेन्ट्सले खेल मैदानमा होस् वा गाडीको इन्जिनभित्र, दुवैमा उत्तिकै भरपर्दो प्रदर्शन दिने आफ्नो अटल वाचा स्पष्ट पारेको छ। HPCL को विशेषज्ञता र देशकै पहिलो स्वचालित प्लान्टको क्षमताका साथ, HP लुब्रिकेन्ट्स नेपाल आधुनिक र भरपर्दो लुब्रिकेन्टको बढ्दो माग पूरा गर्नका लागि पूर्ण रूपमा तयार छ । (एडभोटोरिएल कन्टेन्ट)
नेपालगञ्जमा दिपाल र नामीको सोरुम उद्घाटन, टेस्ट ड्राइभ र एक्सचेञ्ज क्याम्प हुने
काठमाडौं । नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृिद्धले आगामी शनिबारदेखि तीन दिन लामो ‘टेस्ट ड्राइभ र एक्सचेञ्ज क्याम्प’ आयोजना गर्ने भएको छ । कार्यक्रम मंसिर २७ देखि २९ सम्म चल्नेछ । कम्पनीका अनुसार क्याम्पमा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतारका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको नजिकबाट अनुभव लिन सक्नेछन् । यी ब्रान्डहरू अहिले नेपालमा तीव्र रूपमा लोकप्रिय बन्दै गएका प्रमुख इभि ब्रान्डका रूपमा स्थापित भइरहेका छन् । नयाँ सोरुममा आयोजना हुने कार्यक्रममा आगन्तुकहरूले नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तनसम्बन्धी जानकारी पाउनेछन् । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रोबोटसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसरसमेत रहनेछ, जसले आगन्तुकलाई भविष्यको प्रविधि मननीय बनाउन मद्दत गर्ने एमएडब्लुले जनाएको छ । हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चा बटुलेका दिपाल एस०५ र नामी भिगो मोडेलको पनि सोही क्याम्पमा टेस्ट ड्राइभ गर्न सकिनेछ । स्लिम डिजाइन, आधुनिक फिचर र दिगो गतिशीलताको संयोजनका कारण यी मोडेलहरू छोटो समयमै ग्राहकबीच लोकप्रिय बनेका छन् । कार्यक्रममा कम्पनीले विशेष प्रमोशनल अफरहरूसमेत ल्याएको छ । पुराना गाडी साट्न चाहनेका लागि आकर्षक एक्सचेञ्ज बोनस, नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी तथा टेस्ट ड्राइभमा सहभागी हुने आगन्तुकका लागि उपहार राखिएको छ । इलेक्ट्रिक सवारीतर्फ रूपान्तरण गर्न इच्छुक वा केवल भविष्यको यातायात प्रविधि अनुभव गर्न चाहनेका लागि नेपालगञ्जस्थित नयाँ दिपाल र नामी सोरुममा हुने तीनदिने क्याम्प उपयुक्त अवसर भएको कम्पनीले जनाएको छ ।
बीवाईडीको हाइब्रिड ‘शार्क सिक्स’ नेपाल भित्रियो, नयाँ वर्षमा सार्वजनिक गर्ने तयारी
काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले आफ्नो बहुप्रतीक्षित प्लगइन हाइब्रिड इलेक्ट्रिक पिकअप शार्क सिक्स नेपाल भित्र्याएको छ । उच्च कार्यक्षमता, अत्याधुनिक प्रविधि र वातावरणमैत्री विशेषताका साथ आएको यो पिकअपले नेपाली अटो बजारमा ठूलो प्रभाव पार्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बीवाईडी शार्क सिक्स एक सामान्य पिकअप मात्र नभई एक भविष्यवादी सवारीसाधन हो । यसमा १ हजार ५०० सीसीको टर्बो पेट्रोल इन्जिनका साथै दुईवटा शक्तिशाली इलेक्ट्रिक मोटरहरू जडान गरिएको छ । गाडीको सबैभन्दा ठूलो आकर्षण भनेको यसको रेन्ज हो । पूर्ण चार्ज र इन्धन भरेर चलाउँदा यो पिकअपले एकपटकमा करिब ८०० किलोमिटरसम्मको यात्रा गर्न सक्छ । जुन लामो दूरीको यात्रा गर्नेहरूका लागि उत्तम विकल्प हो । यो गाडीमा २९ किलोवाट आवरको अत्याधुनिक ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले पूर्ण विद्युतीय मोडमा १०० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । यसलाई एसी ९७ किलोवाट० र डीसी ९६० किलोवाट० दुवै प्रकारका चार्जरबाट चार्ज गर्न सकिन्छ । शार्क सिक्स सुरक्षा र सुविधामा पनि अब्बल छ । यसमा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम लेभल २ का फिचरहरू ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा र बीवाईडीको विशेष डुअल मोड अफ–रोड प्लेटफर्म जस्ता विशेषताहरू छन् । यसले सहरको सवारीका साथै नेपालका चुनौतीपूर्ण सडक र अफरोड यात्राका लागि पनि उत्तिकै सक्षम बनाउँछ । साथै गाडीमा २७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । कम्पनीका अनुसार हाल यो गाडी नेपाल भित्र्याइ परीक्षण भइरहेको छ । यद्यपि यसको औपचारिक लञ्च भने अंग्रेजी नयाँ वर्ष २०२६ मा गर्ने भनिएको छ । बीवाइडी शार्क सिक्सले नेपालको पिकअप र विद्युतीय सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दावी छ ।