'चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ’
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर होटल, रेष्टुरेण्ट, कफीसप खोल्न सकिने र त्यसबाट रोजगारी सिर्जन हुने मन्त्री घिसिङले उल्लेख गरे । चेन्ज डिजिटलले काठमाडौंको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण आवश्यक रहेको बताए । चार्जिङ स्टेसन व्यवसाय गर्नका लागि लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै घिसिङले नेपालमा उत्पादित जलविद्युत खपतका लागि घरायसी, उद्योग, कलकारखाना लगायतका सबै क्षेत्रमा उपभोग बढाएर पेट्रोलियम पदार्थको आयातलाई घटाउन सकिने बताए । यसबाट आयात घट्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परी अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनले थपे । सरकारले विभिन्न नीति तथा योजना मार्फत विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ । सन् २०३० सम्ममा कूल निजी सवारी साधनको ९० प्रतिशत र सार्वजनिक सवारी साधनको ७० प्रतिशत विद्युतीय सवारी पुर्याउने लक्ष्य राखिएको छ । सन् २०३५ मा यो प्रतिशत बृद्धि गरी क्रमश : ९५ र ९० प्रतिशत पुर्याउने लक्ष्य छ । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ । निजी क्षेत्रका करिब ८०० सयवटा चार्जिङ स्टेसन सञ्चालित छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत भायबिलिटी ग्याप फण्डिङ्ग सहयोगमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फण्ड मार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ । केन्द्रबाट १८ वटा कम्पनीसँग ४५ वटा आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ ।
सोकोन नेपालको दशैं अफर : ईभी भ्यान खरिदमा उपहार र इन्स्योरेन्स सुविधा
काठमाडौं । दशैंलाई विशेष बनाउन सोकोन नेपालले ग्राहकका लागि ईभी भ्यान खरिदमा अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत नयाँ ईभी भ्यान खरिद गर्ने ग्राहकले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउने छन् । साथै, ईभी भ्यान बुकिङ गर्ने ग्राहकलाई सामसुङ ग्यालेक्सी स्मार्टफोन स्योरशट उपहारका रूपमा उपलब्ध गराइनेछ । सोकोन नेपालले ग्राहकलाई सजिलो बनाउन १ वर्षको फुल इन्स्योरेन्स (अटो प्लस) र क्यासलेस इन्स्योरेन्स निःशुल्क उपलब्ध गराउने जनाएको छ। यससँगै, यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्नेछ । फाइनान्स सुविधा, उपहार र इन्स्योरेन्सको सहज व्यवस्थासहित ल्याइएको यो विशेष दशैं अफरले ग्राहकलाई थप निश्चिन्ततासँग नयाँ ईभी भ्यान खरिद गर्ने अवसर दिने सोकोन नेपालको दाबी छ । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकलाई नजिकैको सोकोन शो–रुममा पुगेर बुकिङ गर्न आग्रह गरिएको छ । थप जानकारीका लागि ९८०२३७५४२१ वा ९८०२३४०६७१ मा सम्पर्क गर्न सकिनेछ ।
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाई गाडी किन्दा छुट हुने
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई हुन्डाई ब्रान्डका गाडी खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीका अधिकृत वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच बिहीबार भएको सम्झौताअनुसार कर्मचारी तथा ग्राहकहरूले कम्पनीबाट उपलब्ध नियमित छुटबाहेक थप ५० हजारदेखि ८१ हजार रुपैयाँसम्मको छुट पाउने भएका छन् । सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका छन् ।