जाजरकोटमा कांग्रेसका खडकबहादुर बुढा विजयी
काठमाडौं । जाजरकोटबाट नेपाली कांग्रेसका खडकबहादुर बुढा विजयी भएका छन् । उनी २० हजार १४२ मतसहित विजयी भएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत ल्याएर दोस्रो भए । त्यस्तै, नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राघव कार्कीले २ हजार ४७१ मत प्राप्त गरेका छन् ।
काभ्रे २ मा रास्वपाका बदन भण्डारी निर्वाचित
काठमाडौं । काभ्रे २ मा रास्वपाका उम्मेदवार बदन भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे । नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी
अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद भुसाल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गरे । यस क्षेत्रमा नेकपा (एमाले)का पीताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान)ले १८ हजार ९८३, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत प्राप्त गरे । अर्घाखाँचीमा कूल एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा ८६ हजार ६६८ मत खसेको थियो ।