पर्सा-२ मा रास्वपाका सुशीलकुमार कानु विजयी

वीरगञ्ज । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन् । निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी भएको घोषणा गरे । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार आठ सय ९० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याउएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले दुई हजार ६४२ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले एक हजार नौ सय ९९ मत ल्याएका छन् । यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा रेहेका थिए । स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना रहेका छन् । पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको छ । सोमध्ये  चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ । 

बैतडीमा रास्वपाका हरिमोहन भण्डारीलाई पच्छाउँदै एमालेका दामोदर भण्डारी, मतान्तर जम्मा १०८

बैतडी । बैतडीमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीलाई नेकपा एमालेका दामोदर भण्डारीले पच्छाएका छन् । प्राप्त विवरणअनुसार हरिमोहन भण्डारीले ६ हजार ५६२ मत प्राप्त गरेका छन् भने दामोदर भण्डारीले ६ हजार ४५४ मतका साथ कडा टक्कर दिइरहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर निकै कम छ । नेपाली कांग्रेसका चतुरबहादुर चन्दले ५ हजार ५१६, नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्टले २ हजार ७१० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुपेन्द्र बहादुर चन्दले ४६४ मत प्राप्त गरेका छन् ।

झापा ५ मा ३८ हजार ५१७ मत गणना गर्न बाँकी

काठमाडौं । झापा ५ मा ३८ हजार ५१७ मत गणना गर्न बाँकी रहेको छ । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा झापा ५ मा १ लाख ६ हजार ३७२ मत खसेको थियो । बालेन्द्र शाहले भारी मतले अग्रता कायम गरेका छन् । उनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्माले ११ हजार ४२७ मत प्राप्त गरेका छन् । त्यसैगरी, श्रम संस्कृतिका समीर तामाङले ७ हजार १०७ मत पाएका छन् । नेपाली कांग्रेसकी मन्थरा चिमाेरियाले १ हजार २०२, नेकपाका रन्जित तामाङले ९९६ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ९११ मत ल्याएका छन् ।