इसेवाले क्यानलाई दियो मेडिकल किट
काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ । इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो । क्यानलाई मेडिकल किट इसेवाका, प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रबी शाक्यले हस्तान्तरण गरे । कार्यक्रममा खेलाडी सोमपाल कामी र आशिफ शेखलाई नगद ५० हजार हजारका दरले उपहार पनि हस्तान्तरण गरिएको थियो । सो उपहार खेलाडीहरुले एसिया कपमा गरेको प्रदर्शनको आधारमा दिइएको इसेवाले जनाएको छ । नेपाली खेलकुदको प्रवद्र्धन गर्नका लागि इसेवाले विभिन्न किसिमका सहयोग उपलब्ध गराउँदै आएको छ । नेपाल र नेपानी खेलकुदलाई माथि उठाउन इसेवाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व रकम मार्फत निरन्तर सहयोग प्रदान गर्दै आएको जनाएको छ । हाल एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले इसेवाको सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका इसेवाले जनाएको छ । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा ४ लाख भन्दा बढी मर्चेन्ट क्यू-आर सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
नेपालको ओमानलाई १८५ रनको विशाल लक्ष्य, रोहित र गुल्सनको अर्धशतक
काठमाडौं । टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा नेपालले ओमनलाई १८५ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाउन सक्यो । खेलमा गुल्शन झाले विस्फोटक ब्याटिङ गरेका छन् । झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५४ रन बनाए भने कप्तान रोहित पौडेलले पनि ५२ रन बनाए । करन केसीले ६ बलमा २० रन बनाएर अबिजित रहे । यस्तै, कुशल भुर्तेलले ३१, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।
नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ । र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल र ओमान दुवै सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा छनोट भइसकेका छन् । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । नेपालले दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरालाई स्थान दिएको छ ।