मेरिनाले गर्यो क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर

काठमाडौं । मेरिना इम्मेक्सले राष्ट्रिय क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर गरेकाे छ । यस विषयमा विहीबार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र मेरिना इम्पेक्सबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार बागबजारस्थित सर्टिङ तथा सुटिङ कम्पनी मेरिना इम्पेक्सले नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यान सञ्चालक समितिलाई ४० थान सुट उपलब्ध गराउने छ । राम्रो गुणस्तरका ४० थान सुटको डिजाइन दुवै संस्थाले अनुमोदन गरिसकेका छन् । यस सम्बन्धि सम्झौतापत्रमा क्यानका तर्फबाट कोषाध्यक्ष पदमबहादुर खड्का र मेरिना इम्पेक्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन खड्काले हस्ताक्षर गरेका छन् । मेरिना इपेक्सका सञ्चालक अर्जुन बस्नेतले विश्व कप छनाैट खेल खेलिरहेका खेलाडीहरुको मनोबल बढाउनका लागि राम्रो र गुणस्तरको सुट प्रदान गर्न लागेकाे जानकारी दिए । ‘हाम्रो क्रिकेट टोली विश्व कपमा आकर्षक देखियोस् भन्ने पनि हो,’ उनले विकासन्युजसँग भने, ‘यति सहयोग गरेर हौसला बढाउन पाउँदा हामी पनि खुसी छौँ ।’

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?

काठमाडाैं ।  त्रिवी क्रिकेट मैदानमा जारी टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई ओमनले २० ओभर खेलेर १४५ रन बनाएको हो । ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएकाे हाे । नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो ।

एनसेलले गर्यो एसियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान

काठमाडौं । एनसेलले एसियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान गरेको छ । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको हो । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिईन् । यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान हो । यस बाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिती (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ । एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो । नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको यो एतिहासिक उपलब्धिबाट हामी हर्षित छौं । यो जित नेपालका पारा–एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो । पलेशा र अन्य सबै पारा खेलाडीहरूले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो । एनपीसीसँगको हाम्रो सहकार्यले पलेशा जस्ता सच्चा नायक पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने उदेश्य राखेको छ र हामी समावेशीतालाई सदा कदर गर्दै यसका लागि प्रतिबद्ध छौं ।’ ‘एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर देशको लागि ल्याउन पाएकोमा म गौरवान्वित छु । हामी जस्ता पारा खेलाडीहरुको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरुको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु र एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गर्दछु । पारा खेलाडीहरुको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै पारा खेलाडीहरु लाभान्वित हुने र देशका लागि थप अन्तरराष्टिय सफलता दिलाउने विश्वास लिएको छु’, पलेशाले भनिन् । पलेशाले चाइनाकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशको लागि कास्य पदक ल्याउन सफल भएकी थिइन् । यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरि विभिन्न १० खेलका विधामा  हाम्रा १९ जना पारा खेलाडीहरुले आफ्नो देशको प्रतिनिधित्व गरेका थिए । देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरुकोे खेल प्रतिको उहाँहरुको लगनशिलता र इच्छा शक्तिको एनसेल हार्दिक सम्मान गर्दछ । एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्नेछ ।