हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाखको आईपीओ ल्याउदै, चैतसम्म निष्कासन हुने
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख र आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ आईपीओ निष्कासन गर्ने भएको छ । आउदो चैतसम्म आईपीओ निष्कासन भइसक्ने हिमालय ऊर्जाका प्रवन्धक प्रकाश दुलालले बताए । कम्पनीको वार्षिक साधारणसभा अगावै आईपीओ निष्कासन गर्न लागेको उनले जानकारी दिए । आईपीओको काम सुरु गर्न साधारणसभा चैतमा गर्ने मिति तय भएको दुलालले बताए ।कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् । कम्पनीको गत वर्षको १६ औ साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रवन्धक नियुत्त गरेको छ । सरकारी जग्गाको लिजमा लिने काम सकिएपछि आईपीओ निष्कासनको काम अघि बढ्ने उनको भनाई छ । कम्पनीले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने उनले जानकारी दिए । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।
राष्ट्र बैंकले सिक्का छाप्न ५ कम्पनी छनौट गर्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिक्का छाप्न ५ वटा विदेशी कम्पनीलाई छनौट गरेको छ । राष्ट्र बैंकले १, २ र ५ दरका सिक्का छाप्न अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट ५ वटा कम्पनीलाई छनौट गरेको हो । यी कम्पनीले मात्र सिक्का छाप्ने बोलपत्रमा भाग लिन पाउने छन् । पुर्वयोग्यता छनौट भएका कम्पनीमा मेनिका पोलस्का एसए पोल्याण्ड, चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पोरेशन, दी रोयल मिन्ट लिमिटेड, दी इन्डोनेसियन गभरमेन्ट सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन र मिन्ट अफ फिनल्याण्ड लिमिटेड रहेका छन् । यी कम्पनी मध्येबाट सबैभन्दा कम दर प्रस्ताव गर्नेले सिक्का छाप्ने ठेक्का पाउने छन् ।
एनआईसी एशिया बैंक ऋणपत्रमा लगानी गर्दा हुने पाँच फाइदा
कावठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्दै छ । प्रतिकित्ता १ हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बैंकलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिईसकेको छ । ३ अर्ब रुपैयाँको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरेको छ । उक्त ऋणपत्र पुस १३ देखि १७ गतेसम्म आवेदन गर्न सकिन्छ । ऋणपत्रको पाँच फाइदाहरु ऋणपत्रको सबैभन्दा आकर्षक पक्ष भनेको उच्चतम व्याजदर हो । बैंकले ऋणपत्रको व्याज वार्षिक ९ प्रतिशत तोकेको छ र व्याज अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरिने जनाएको छ । ‘९ प्रतिशत व्याजदर लगानीकर्ताको लागि धेरै राम्रो अवसर हो’ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रबक्ता रोशनकुमार न्यौपाने भन्छन–‘हामीले विगत १० वर्षसम्म बैंकहरुले मुद्दति बचतमा दिने व्याजदरको अध्ययन गरेको थियौं । १० वर्षमा मुद्दति खाताको औसत व्याज ७ दशमलव २५ प्रतिशत रहेछ, हामीले त्यो भन्दा बढी व्याज दिएका छौ ।’ बैंकको व्याजदर घट्ने वा बढ्ने हुन्छ भने ऋणपत्रको व्याजदर ७ वर्षसम्म स्थीर रहने छ । लामो अवधिका लागि स्थीर व्याजदार यस ऋण पत्रको दोस्रो फाइदा हो । नेपालको वित्तीय बजारमा मुद्रास्फिति दर भन्दा बैंकले दिने व्याजदर प्रयाः कम हुन्छ । हाल मुद्रास्फित ७.५ प्रतिशतको हाराहारीमा छ । मुद्रास्फिति दरभन्दा भन्दा ऋणपत्रको व्याजदर बढी भएको लगानीकर्तालाई हुने देखिएको छ । मुद्रास्फिति दर भन्दा उच्च दरको प्रतिफल पाउनु लगानीकर्ताको लागि चौथो फाइदा हो । ऋणपत्रको पाँचौं फाइदा भनेको यो ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा पनि सूचिकृत हुन्छ । सूचिकृत हुँदाको फाइदाबारे न्यौपाने भन्छन्–‘मुद्दति खातामा राखेको पैसा बीचमा चलाउनु पाइदैन । तर यो ऋणपत्र नेप्सेमा सूचिकृत हुने हुँदा नगदको आवश्यकता पर्दा ऋणपत्र बिक्री गर्न सकिन्छ । आम्दानीको पनि निश्चित भएको र आवश्यक पर्दा बिक्री गर्न पनि सकिने भएकोले लगानीकर्ताको लागि दोहोरो लाभ छ ।’ दीर्घकालिन सोचका साथ लगानी गर्ने व्यक्तिगत वा संस्थागत दुबै प्रकारका लगानीकर्ताको लागि राम्रो वित्तीय उपकरण भएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल बताउँछन् । ‘बैंकको व्याज कहिले १२ प्रतिशत पुग्छ, कहिले ५ प्रतिशतमा झर्छ’ उनले भने–लगानीे पोर्टफोलियो मिलाउन र संस्थाको आम्दानीमा सन्तुलन कायम गर्न यस्तो ऋणपत्र बजारको लागि आवश्यक भएको हुन्छ ।’ दीर्घकालिन लगानीको लागि पुँजी भएको जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाहरुका लागि यो ऋणपत्र लगानीको लागि राम्रो अवसरको भएको र यी संस्थाहरुले लगानीको लागि चासो देखाईरहेको प्रवक्ता न्यौपानेले बताए ।
शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित, चुक्ता पुँजी १ अर्ब नाघ्यो
काठमाडौं । शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस शेयर पारित भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सो मात्राको बोनस शेयरको वितरण पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ०५ करोड रुपैयाँ पुग्नेछ । बीमा समतिबाट २०७५ आषाढ मसान्तभित्र निर्जिवन बीमा कम्पनीले चुक्तापुँजी १ अर्ब पुर्याउनुपर्ने निर्देशन भएकोमा कम्पनीले बोनस शेयरकै माध्यमबाट चुक्तापुँजी कायम गर्न सफल भएको छ । साथै, सभाले संस्थापक शेयरमध्ये २० प्रतिशत (कुल शेयरको १४ प्रतिशत) शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने समेत निर्णय गरेको छ । कम्पनीले चालु आव सम्ममा १ अर्ब ४३ करोड रुपैयाँको बीमाशुल्क संकलन गर्न सफल भएको बताएको छ ।
शनिबार पोखरामा एनसेल मेला हुँदै, चर्चित कलाकारहरुको सहभागी
काठमाडौं । एनसेलले शनिबार “एनसेल मेला २०७४” पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमामा आयोजना गर्दैछ । कम्पनीले आफ्ना ग्राहकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न उक्त मेलाको आयोजना गर्न लागेको हो । गीत संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे देखि शुरु हुँने भएको छ । मेलामा चर्चित कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आफ्नो विषेष प्रस्तुतीबाट मनोरञ्जन प्रदान गर्नेछन् । एनसेल मेलामा सहभागी हुने सबै उमेर समुहका दर्शकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । स-साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु पनि रहनेछन् । मेलाको अरु आकर्षणहरुमा पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । मेलामा प्रवेश निःशुल्क हुने र कन्सर्ट सहित साझ ६.३० सम्म चल्ने छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । मेलामा एनसेलको विषेश फोरजी जोन पनि रहने छ जहाँ मेलामा सहभागी आगन्तुकहरुले देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न सक्नेछन् । यसका साथै दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । पर्यटकीय नगरी पोखरामा मेला मार्फत आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसियाली मनाउदै अग्रिम रुपमा आउँदो नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान गर्न कम्पनी उत्साहित रहेको एनसेलले जनाएको छ । पोखराबाट शुरु हुने यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुने कम्पनीले जनाएको छ ।
पुस १५ सम्म मेलम्ची दोस्रो खण्डको सुरुङको काम सम्पन्न हुने
काठमाडौँ । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको २७ किमी लामो सुरुङको अम्बाथान–ग्याल्थुम खण्डको काम पुस १५ सम्म सकिने भएको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल–सिन्धु खण्डको करिब ९ किमी काम यसअघि नै सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम ६०० मिटर बाँकी रहेकामा अम्बाथान–ग्याल्थुम खण्डमा ७२ मिटरको काम मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । सिन्धु–ग्याल्थुम खण्डमा कमजोर चट्टान भेटिएकाले काम ढिला भए पनि सम्पन्न गर्ने सम्झौता भएकै मितिमा सकिने समितिले जनाएको छ । यो खण्डमा ५०० मिटरभन्दा बढी सुरुङ खन्न बाँकी छ । इटालियन ठेकेदार कम्पनी सिएमसीले आगामी चैत १२ सम्म सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । सुरुङसँगै मुहानस्थलमा ‘हेड वक्र्स’ का काम पनि भइरहेको प्रवक्ता पन्तले बताए । सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भई सफलरुपमा परीक्षण पनि भएको छ । अर्को ८ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माणको काम शुरु भएको छ । विसं २०७५ को शुरुआतसँगै मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । सुन्दरीजलदेखि उपत्यकामा विभिन्न भागमा पानी वितरणका लागि पाइप बिच्छ्याउने कामको जिम्मेवारी भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई दिइएको छ । पहिलो चरणमा पानी वितरण गर्न तोकिएका स्थलमा चैतअगावै पाइप बिच्छ्याइ सकिने निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । सुरुङ निर्माण सम्पन्न भएपछि सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । रासस
राष्ट्रिय सहकारी बैंकको १४ प्रतिशत लाभांश पारित
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १४ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को कारोबारबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साथै,सभाले बैंकको गत वर्षको आर्थिक तथा प्रगति प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । त्यस्तै, सहकारी ऐनमा उल्लेख भएको कर सम्बन्धी प्रावधानलाई आर्थिक विधेयकमा समावेश गरी कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गर्ने कम्पनीले जनाएको छ । राज्यद्धारा सञ्चालित गरिवी निवारणसंग सम्बन्धित कार्यक्रमहरु विभिन्न मन्त्रालय एवं निकायहरुबाट सञ्चालन हुने गरेको र उक्त कार्यक्रमलाई ग्रामिण क्षेत्रमा बस्ने जनतासम्म पुर्याउने भरपर्दो माध्यम सहकारी संघ संस्थालाई प्राथमिकता दिने भएको छ । सभाले नेपाल सरकारको १ करोड लगानी रहेको बैंकका १० करोड शेयर रकम पुर्याउन र अन्य विभिन्न क्षेत्रमार्फत प्रदान गर्ने सहुलियत दरको कर्जाहरु राष्ट्रिय सहकारी बैंक मार्फत परिचालन गर्न माग गरेको छ । त्यसैगरी, गरिवी निवारण कोषहरुका विभिन्न कोषहरुबाट सहकारी क्षेत्रमा जाने रकमलाई एकीकृत रुपमा सबै सहकारी संघ संस्थाहरुको बैंकका रुपमा स्थापना भएको सहकारी बैंक मार्फत लैजान सरकारसंग साधारणसभाले माग गरेको छ । कृषि क्षेत्र लगायत उत्पादनका क्षेत्रमा काम गर्ने सहकारी संघ संस्थाहरुलाई विशेष प्राथमिकता दिन राज्यसंग माग गर्ने सभाले माग गरेको छ ।
ग्रीन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सले हकप्रद जारी गर्दै, कहिले देखि बुक क्लोज?
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स दुबैले हकप्रद सेयर जारी गर्ने भएका छन् । सो प्रयोजनको लागि यी दुबै कम्पनीले आ–आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकिसकेका छन् । ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी पुस १७ गते कम्पनीको बुक क्लोज हुँदै छ । त्यस्तै, पोखरा फाइनान्सले पनि १५ प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । सो प्रयोजनको लागि यस कम्पनीले पनि आगामी पुस १४ गते बुक क्लोज गर्दै छ ।