विकासन्युज

विश्वकै सबैभन्दा महँगा फुटबल खेलाडी नेयमार, हप्ताको आम्दानी दश लाख डलर

काठमाडौं । ब्रजीली फुटबल नायक नेयमार अहिलेसम्मको इतिहासमा सबभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महँगा खेलाडी बनेका छन्। नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी)सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार संझौता गरेका छन् जुन यस अघिको भन्दा दोब्बर बढी हो। नेयमारले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन्। नेयमारले भने, “म युरोपको सबभन्दा महत्वाकांक्षी क्लबमध्ये एकको सदस्य बनेको छु।“ चुनौतीका लागि तयार उनले भने, “म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु। मेरा नयाँ समूहका साथीहरुलाई सहयोग गर्न म आजदेखि हर कुरा गर्नेछु।“ पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो तर नेयमार सहभागी फुटबल क्लब बार्सेलोनाबाट पराजित भएको थियो। हप्तौंदेखिको अनुमानपछि नेयमार बुधार बार्सेलोनामा अभ्यासका लागि पुगेका थिए र स्पेनको बार्सेलोना क्लबलाई अब आफूले छोड्ने बताएका थिए। त्यसपछि बार्सा व्यवस्थापक अर्नेष्टो भ्याभेर्डेले उनको ’भविष्य रोज्न’ भन्दै अनुमति दिएका थिए। तर उनले बार्सेलोना क्लब छोड्दा तिर्नुपर्ने रकमबारे भने विवाद उत्पन्न भएको छ। बार्सेलोनाले पीएसजीलाई युरोपेली फुटबलको प्रशासनिक निकाय यूइएफमा निवेदन दर्ता गर्ने बताएको थियो। सहकार्य नेयमार बार्सेलोनाबाट बाहिरिएपछि अर्जे्न्टिनाका क्याप्टेन लायोनेल मेस्सी र उरुग्वेका लुइ स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ। बुधबार मेस्सीले इन्स्टाग्राममा लेखे, “यतिका वर्ष तिमीसँग खेल्न पाउँदा खुब मजा आयो साथी नेयमार। तिम्रो जीवनको नयाँ चरणका लागि शुभकामना।“ त्यसको जवाफमा नेयमारले लेखे “धन्यबाद भाइ म तिमीलाई सम्झिरहनेछु।“ विश्लेषकहरु भन्छन् यो संझौताको सफलता क्लब खेलको सबभन्दा ठूलो ट्रफी हात पार्नुमा निर्भर हुनेछ। स्रोतः बीबीसी

सौर्य ऊर्जाबाट उत्पादित विद्युतमा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

ललितपुर । नेपालमा पहिलो पटक सौर्य ऊर्जाबाट उत्पादित विद्युत नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यको सुरुवात भएको छ । नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकमा रहेको कार्यालय भवनमा परीक्षण परियोजनाका रुपमा जडित प्रणालीको आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल इन्जिनियर्स एशोसिएसनसँगको समन्वयमा कुल रु ४३ लाख ४६ हजार २३० मा सो प्रणाली जडान भएको हो । प्रणालीमा २६० वाट पिकको ६० वटा (१५.६ किलोवाट पिक) सौर्य पातासहितको सौर्य ऊर्जा प्रणाली जडान गरी विद्युत् उत्पादन गरिएको छ । यस प्रणालीबाट एशोसिएसनको कार्यालय भवनमा दिउँसोको समयमा आवश्यक पर्ने ऊर्जाको आंशिक आपूर्ति गर्ने र ब्याट्रीहरुमा ऊर्जा सञ्चय गरी र बचत भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ । यसरी उत्पादित विद्युत् नेट मिटरिङमार्फत नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा सम्झौता भएबमोजिम जडान गरी प्रसारण लाइनमा प्रवाह गरिने कार्यक्रममा जानकारी दिइयो । गत असोज २० गते वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच वैकल्पिक ऊर्जा आयोजनाको विस्तार एवं व्यवस्थापनमा समझदारी भएको थियो । सो अवसरमा ऊर्जामन्त्री शाहीले ठूला जलविद्युत् आयोजना स्वदेशी पूँजीबाटै निर्माण गर्न नसकिने भएकाले सरकार विदेशी लगानी आकर्षित गर्न लागिपरेको बताए । उनले भने, “हाम्रो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न पनि बाह्य लगानी भित्र्याउनुपर्छ, यसका लागि सरकार उपयुक्त वातावरण र लगानीको सुरक्षा दिन तयार छ ।” जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले नवीकरणीय ऊर्जाको माध्यमबाट कार्बन उत्सर्जन, स्थानीयस्तरमा रोजगारी र वातावरणमैत्री विकास सम्भव भएकाले सरकारले यसतर्फ जोड दिएको छ भने । उनले केन्द्रले यस प्रणालीको सफल कार्यान्वयन भएपछि अन्य स्थानमा समेत यस्ता प्रणाली जडान गर्ने कार्य अगाडि बढाउने बताए । कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय ऊर्जामा आत्मनिर्भर हुन जलविद्युत्लगायत नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले राष्ट्रिय ऊर्जा संकट र जलवायु परिवर्तनको नकारात्मक असर कम गर्न र दिगो वातावरणमैत्री विकासका लागि सरकारले नवीकरणीय ऊर्जामा जोड दिएके बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले शहरी क्षेत्रका ठूला भवन, कार्यालयबाट छतमा सौर्य प्यानल राखी उत्पादन भएका विद्युत् र रातको समयमा खेर गएको विद्युत्लाई उपयोग गर्न सके भरपर्दो र गुणस्तरीय ऊर्जाको आपूर्ति गर्न सकिने छ भने । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले प्राधिकरणसँग भएको सहमतिअनुसार देशका अन्य ठाउँमा पनि सौर्य प्रणालीबाट ठूलो परिमाणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्न सकिने बताए । कार्यक्रमका सभापति इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले नेट मिटरिङबाट उत्पादित विद्युत्को महसुल कम गर्न सकिएमा व्यक्तिगत ढंगबाट पनि विद्युत् उत्पादन गर्न सकिने उल्लेख गरेका छन्। रासस

साझालाई सहयोग गरेकामा लेखा समितिको आपत्ति

काठमाडौ । सांसदहरुले ११ वर्षदेखि लेखापरीक्षण नगराएको साझा प्रकाशनलाई १० करोड रूपैयाँ अनुदान र २० करोड रूपैयाँ ऋण दिएकामा आपत्ति जनाएका छन् । विभिन्न पत्रपत्रिकामा अनियमितताको समाचार सार्वजनिक भएपछि आज बसेको व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले विसं ०६३ देखि लेखापरीक्षण नगरेकाले छानबिन गर्न माग गरेका छन्। सांसद रामहरि खतिवडाले नेताहरुको सिफारिसमा प्रकाशनमा कर्मचारी नियुक्ति गरेर संस्थालाई टाट पल्टाएको बताए। “प्रकाशनमा अनियमितता भएको सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिका सदस्यकी श्रीमतीलाई कर्मचारीमा नियुक्ति गरिएको छ, ६३ करोड घाटामा गएको संस्थाका सञ्चालक समिति सदस्य र नजिकका पत्रकारलाई जापान तथा कोरियाको भ्रमण गराइएको छ”–उनले भने । “अध्यक्ष÷महाप्रबन्धकले साझाबाट पुस्तक नछपाएर आफ्नो निजी संस्था अक्सफोर्ड प्रकाशनबाट किताब छापेका छन्”–उनले भने । सांसद डिम्पलकुमारी झाले लेखापरीक्षण समेत नगर्ने संस्थालाई सरकारले अनुदान र ऋण दिएकामा आपत्ति जनाएकी िथइन । सांसद भरतकुमार साहले प्रकाशनका अध्यक्ष÷महाप्रबन्धकले रु ५० लाख रूपैयाँ आफ्नो नाममा राखेर आफैँलाई फसाएको बताए । रासस

बबई नदी नियन्त्रण गर्न गुरुयोजना – सिँचाइ मन्त्री

बर्दिया। सिँचाइमन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका लगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजना मार्फत अघि बढ्ने बताएका छन् । बबई सिँचाई आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले गुलरियाको भविष्य सुरक्षित गर्न त्यस्तो गुरुयोजना अघि बढाउने जानाए । बबई सिँचाइ आयोजनाको सानोश्री, ढोढरी, वैदीलगायतका क्षेत्रमा स्थलगत निरीक्षण गरेका मन्त्री गौतमले बाढीको जोखिममा रहेको बर्दियामा बाढी नियन्त्रणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बबई सिँचाइको सबै कुरा बुझेरमात्र काम अघि बढाइने बताउँदै आयोजनाको सूक्ष्म अध्ययनपश्चात् धेरै काम गर्ने स्पष्ट पारे। आफूले यो काम गर्छु भनेर भन्नुभन्दा पनि काम गरेर देखाउने छु, उनले भने। आयोजनाको आरम्भकाल २०४५ सालदेखि हालसम्म ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ । आयोजना अवधिमा १२ अर्ब ६७ करोड रूपैयाँ खर्च हुने अनुमानित लागतमध्ये हालसम्म रु ६ अरब ३ करोड रूपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । रासस

चाइना गेजुवालाई बुढीगण्डकी निर्माणमा केन्द्रीत गराउँदै छौं- ऊर्जामन्त्री

काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको सन्दर्भमा विभिन्न प्रकारका आशंका सार्वजनिक भइरहेको बेला सरकारले सो आयोजनालाई जुनसुकै हालतमा पनि अगाडि बढाउने जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग सरकारले प्रारम्भिक सम्झौता गरिसकेको छ । ऊर्जा मन्त्रालयले आयोजना निर्माणका लागि स्थानीय प्रभावितलाई समेत साथमा लिएर निर्माण सुरु गर्ने तयारी गरेको छ । स्थानीय प्रभावितलाई सरकारले मुआब्जा वितरण गरिरहेको छ । एक हजार २०० मेगावाट क्षमताको उक्त आयोजनामा स्थानीयसहितको सहभागिताको विषयमा प्रश्न उठाउँदै बूढीगण्डकी सरोकार समितिले बुझाएको ध्यानाकर्षणपत्र पछि ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले आयोजनाबारे दुबिधा नराख्न आग्रह गरे । सरकार आयोजनालाई तोकिएको समयमा निर्माण सम्पन्न गराउन लागिपरेको र चिनियाँ कम्पनीलाई निर्माणमा केन्द्रित गराउने मन्त्री शाहीको भनाइ छ । बिना प्रतिस्पर्धा आयोजना चिनियाँ कम्पनीलाई दिइएको भन्दै संसदीय समिति तथा विभिन्न सरोकारवाला निकायले आपत्ति जनाइरहेको बेला उहाँले समस्या नरहेको बताए । फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको छ । आयोजनाका लागि नेपाल आयल निगमले पूर्वाधार करमार्फत हालसम्म रु ११ अर्ब जुटाइ सकेको छ । चालु आव २०७४/७५ मा सरकारले सो आयोजनाका लागि रु पाँच अर्ब रकम विनियोजन गरेको छ । बूढीगण्डकी सरोकार समितिका अध्यक्ष जगन खनालले आयोजनाका सम्बन्धमा देखिएको दुबिधा हटाउन आफूहरुले ऊर्जा मन्त्रीलाई आग्रह गरेको बताए। सरोकार समितिले आज मन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएको छ । स्थानीयवासीको माग बमोजिम सरकारले मुआब्जा निर्धारण हुन नसकेका धादिङको खहरे बजार र गोरखाको आरुघाट बजारको शीघ्र निर्धारण गर्ने तयारी गरेको छ । आयोजनाले आव २०७३र७४ मा स्थानीय प्रभावितलाई रु पाँच अर्बमध्ये रु चार अर्ब मुआब्जा वितरण गरिसकेको छ । सो आयोजनाबाट धादिङ र गोरखाका २७ वटा गाँउ प्रभावित हुनेछन् । रासस । बिना प्रतिस्पर्धा आयोजना चिनियाँ कम्पनीलाई दिइएको भन्दै संसदीय समिति तथा विभिन्न सरोकारवाला निकायले आपत्ति जनाइरहेको बेला उहाँले समस्या नरहेको बताए। फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको छ । आयोजनाका लागि नेपाल आयल निगमले पूर्वाधार करमार्फत हालसम्म रु ११ अर्ब जुटाइसकेको छ । चालु आव २०७४र७५ मा सरकारले सो आयोजनाका लागि पाँच अर्ब रूपैयाँ विनियोजन गरेको छ । बूढीगण्डकी सरोकार समितिका अध्यक्ष जगन खनालले आयोजनाका सम्बन्धमा देखिएको दुबिधा हटाउन आफूहरुले ऊर्जा मन्त्रीलाई आग्रह गरेको बताए । सरोकार समितिले आज मन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएको छ । स्थानीयवासीको माग बमोजिम सरकारले मुआब्जा निर्धारण हुन नसकेका धादिङको खहरे बजार र गोरखाको आरुघाट बजारको शीघ्र निर्धारण गर्ने तयारी गरेको छ । आयोजनाले आव २०७३/७४ मा स्थानीय प्रभावितलाई र पाँच अर्ब मध्ये चार अर्ब रूपैयाँ मुआब्जा वितरण गरिसकेको छ । सो आयोजनाबाट धादिङ र गोरखाका २७ वटा गाँउ प्रभावित हुनेछन् । रासस

‘टाटा मोटर्स् कार मेला सिजन-५’ अाजबाट शुरु, गाडी खरिदमा ४ लाख सम्म नगद छुट

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ‘टाटा मोटर्स् कार मेला–५’ शुक्रबारबाट काठमाडौंको नक्साल बैङ्केटमा शुरु गरेकाे छ । उक्त मेलाको उद्घाटन टाटा मोटर्सको नेपालका लागि कन्ट्री म्यानेजर अजित सिंह र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का जनरल म्यानेजर प्रविन खतिवडाले संयुक्त रुपमा गरेका हुन् । उक्त मेला आजदेखि आगामी आइतबार दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म संचालन हुनेछ । वार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् । कार मेला सिजन ५ को मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभ लगायत विभिन्न साँगितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेको छ । उक्त मेला अवधिभर ग्राहकहरुलाई गाडी खरिद गर्दा ४ लाख सम्म नगद छुट, आकर्षक उपहारहरु, एक्स्चेन्जमा एउटा फ्रि वास कुपन, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमा सुविधा र बुकिङ्गमा एक लक्की जोडीलाई थाइल्याण्ड ट्रिपको अफर प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ । विशेष गरि कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस वर्ष उक्त मेलामा ३,००० भन्दा बढी दर्शकहरुले सहभागिता जनाउने कम्पनीले बताएको छ ।

बोर्ड सदस्यको आचारसंहिता लागू, दोश्रो बजारमा धितोपत्र खरिद बिक्री गर्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा “नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४” लागू गरेको छ । बोर्डले बजारमा सुशासन कायम गर्ने उद्देश्यले बोर्डका कर्मचारीहरुको लागि आचारसंहिता लागू गरेको हाे । उक्त आचारसंहिता लागू भएसँगै बोर्ड सदस्यले आफ्नो कार्यकालमा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको संस्थापक शेयरमा लगानी गर्न तथा आफ्नो कार्यकालमा दोश्रो बजारमा धितोपत्र खरिद बिक्री गर्न नपाउने भएका छन् । त्यस्तै, बोर्ड सदस्यले आफूले प्रतिनिधित्व गरेको संस्थाको अतिरिक्त बोर्डवाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन प्रक्रियामा रहेका सङ्गठित संस्थामा सञ्चालक, सल्लाहकार तथा पारिश्रमिक तथा शुल्क पाउने गरी पूर्णकालिन पदाधिकारीको रुपमा रहन नहुने बोर्डले बताएको छ । बोर्ड सदस्य धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्रको दर्ता तथा निष्काशन गरेका  सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा पदाधिकारी रहेमा त्यस्तो व्यवसायी, सूचिकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन गरेका सङ्गठित संस्थाको सम्बन्धमा बोर्डलाई जानकारी दिई त्यस्तो संस्था सम्बन्धी हुने छलफल तथा निर्णयमा सहभागी हुन नपाउने बोर्डद्धारा लागू भएको आचारसंहितामा उल्लेख छ । साथै, बोर्ड सदस्यले ओहदाको कर्तव्य पालना गर्दा आफूलाई ज्ञात हुन आएको कुनै कुरा वा बोर्ड वा अन्य माध्यमबाट प्राप्त गरेको वा आफूले लेखेको वा सङ्कलन गरेको कुनै सूचना, कागजात वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट बोर्डको अहितहुने गरी बोर्ड बाहिरका व्यक्ति तथा कुनै पनि किसिमका सञ्चारका माध्यमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सङ्केत वा प्रकट गर्न नपाउने भएका छन्। बोर्ड सदस्यले अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन प्रक्रियामा रहेका सङ्गठित संस्थालाई कुनै प्रकारको सेवा प्रदान गरेको भए बोर्डलाई सो को जानकारी दिनु पर्नेछ । साथै, त्यस्तो संस्थाका सम्बन्धमा बोर्डमा हुने छलफलमा स्वार्थ बाझिने हुँदा त्यस्तो छलफल तथा निर्णयमा भाग लिनु नहुने बोर्डले जनाएको छ । त्यस्तै, बोर्ड सदस्यले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन नपाउने बोर्डद्धारा लागू भएको आचारसंहितामा उल्लेख छ । बोर्डको काममा कुनै पनि प्रकारले असर पर्ने गरी बोर्ड सदस्यले बोर्डको पूर्व स्वीकृति बिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार माग्न, स्वीकार गर्न वा आफ्नो परिवारको कूनै सदस्यबाट स्वीकार गराउन नपाउने भएका छन् । बोर्डले सूचीकृत संगठित संस्थाहरुको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तयार गर्ने क्रममा रहेको सन्दर्भमा नियमनकारी निकायका बोर्ड सदस्यहरु सुशासित भएमात्र समग्र बजारमा सुशासन कायम गर्न सकिने बोर्डले जनाएको छ । बोर्डले सुशासन कायम गर्न सकिने मान्यता सहित बोर्ड सदस्यका लागि आचरण तथा व्यवहार, इमान्दारीता तथा गोपनीयता, वित्तीय अनुशासन, पदको दुरुपयोग, कार्य जिम्मेवारी अनुसार कार्य सम्पादन गर्नु पर्ने, दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिन नहुने, शेयरमा लगानी गर्न नहुने, सञ्चार माध्यमसँगको सम्बन्ध, बोर्डका कामकाज वा समाचार प्रकाशन गर्न नहुने आदि व्यवस्थाहरु समावेश गरि “नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४”बनाई लागू गरेको हो ।

प्रभु इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश, बीमा कम्पनीहरुको निरीक्षण कडा बनाउने चापागाईकाे भनाई

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा आयोजित एक कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले बीमा कम्पनीहरुको पुँजी बृद्धि सम्वन्धमा नयाँ मापदण्ड तय गरिएकोमा तोकिएको समयमै कम्पनीहरुले पुँजी कायम गर्न सफल हुने विश्वाश व्यक्त गरेका छन् । साथै, उनले निर्जिबन बीमाको दायरा बृद्दि गर्नको लागि हुलदंगा तथा आतंकबादको बीमा दर परिमार्जन गरिएको बताए । आगामी दिनहरुमा बीमा कम्पनीहरुको निरिक्षण प्रभावकारी बनाउँदै लगिने र बीमा क्षेत्रमा नियम, बिधि तथा कानुन अनुसार काम नगर्नेलाई कारवाही गर्न पछि नपर्ने चापागाईले जनाएका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष कुसुम लामाले कृषि तथा बाली बीमा सम्वन्धमा सहकार्य गरि अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताइन् । साथै, उनले बीमा समिति र बीमा कम्पनीहरुले सहकार्य गरी जनचेतनामुलक कार्यक्रम संचालन गरि अगाडी बढ्नु पर्नेका साथै कृषि तथा बाली बीमाको लागि पुर्वाधार बृद्धि गरि अगाडि बढ्नु पर्ने बताएकी छन् । सोहि कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सदैव पालना गर्दै प्रतिस्प्रधात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै र आवश्यकता अनुसार शाखा शञ्जाल बिस्तार गरिंदै लगिने बताएका छन् ।