देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’
छउपडी गोठ दैलेख । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो। हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो। सुनसान घर। कोही कसैसँग बोल्दैनन्। आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोजिन्। दुई महिलाले समातेर उनलाई कौसीसम्म ल्याए। कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरहिन्। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, लैनचौरकी २३ वर्षीया तुल्सी शाहीको नौ दिनअघि छाउगोठमै सर्पले टोकेर मृत्यु भएयता देर्जुका आँखा ओभाएका छैनन्। जेठ ८ गते यही गाउँकी अर्की किशोरीको पनि छाउगोठमै मृत्यु भएको थियो। १४ वर्षीया लालसरा विकले छाउगोठमै सर्पले टोक्दा जीवन त्याग्नुपरेको थियो। तर, यो कुरा बाहिर आएन। तालिमको सिलसिलामा त्यहाँ पुगेका महिला विकास कार्यालयका कर्मचारीले थाहा पाएपछि मुस्किलले लालसराको मृत्युको घटना बाहिर आयो। लालसराको समाचार बन्न नपाउँदै तुल्सीको पनि त्यसैगरी छाउगोठमै ज्यान गयो। दुई महिनाको अवधिमा दुई किशोरी गुमाइसकेको यो गाउँमा अझै पनि महिनावारी ९छाउ० भएका महिलालाई अमानवीय व्यवहार गरिन्छ। तुल्सीको छाउगोठमै मृत्यु भएको नवौँ रातको १२ बजे गाउँकै एक माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवनाथ योगीको घरमा केही मानिस अत्तालिँदै आए। उनीहरू मोटरसाइकल माग्दै थिए। गाउँमै मोटरसाइकल भएको घर योगीको मात्रै हो। अर्की एक किशोरीलाई सर्पले टोक्यो भनेर अत्तालिएका गाउँलेलाई योगीले मोटरसाइकल दिएर पठाए। तर, बुझ्दै जाँदा १४ वर्षीया ती किशोरीको गालामा किराले टोकेको रहेछ। बिहान पुग्दा चिसो भुइँमा दुईवटा बोरा ओछ्याएर घरमुनिको ‘छाउगोठ’ मा उनी रुन्चे अनुहारमा बसिरहेकी थिइन्। अन्नपूर्ण पोस्टबाट । ३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी बैतडी । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन। १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि। देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो। कतिपय कुपोषणको सिकार भए। लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्यो। १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन। १७ औं पटकमा बल्ल छोरा जन्मियो। परिवारमा खुसी छायो। अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौंपटक फेरि छोरी नै जन्मिइन्। जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन। ‘मलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ। म मरेपछि श्रीमान्ले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र १’ देवकीको आक्रोश र रोदन मिश्रित भनाइबाट उनको सुत्केरी जीवन सहज छैन भन्ने अनुमान सहजै लगाउन सकिन्छ। अन्नपूर्ण पोस्टबाट । १६ बर्षमै ३ पटक गर्भपात, फेरि भईन गर्भवती बैतडी । सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा नाम परिवर्तन १६ बर्ष पुगिन् । उनी अहिले चौथोपटक गर्भवती छन् । १३ बर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रोपटक गर्भ खस्यो । उनी जेठमा फेरि गर्भवती भएकी छन । उनकी देउरानी आशा नाम परिवर्तन को १४ बर्षमा गत बर्ष विहे भएको थियो । उनकोएकपटक गर्भ खसेको छ । घरायसी कामको बोझ र बर्षमा ३ पटकसम्म गर्भपतन हुँदा मनीषा किशोरीवस्थामै प्रौढ देखिन थालेकी छिन् । कान्तिपुर दैनिकबाट ।
आधा दर्जन पाइलटको लाइसेन्स नवीकरण भएन, उड्डयन प्राधिकरणले विभिन्न बहानामा झुलाउँदै
काठमाडौं । विभिन्न बहाना पार्दै उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन महिनादेखि आधा दर्जन पाइलटको अनुमतिपत्र (लाइसेन्स) नवीकरण र रेटिङ रोकेर राखेको छ । लाइसेन्स नवीकरण पनि नगरिदिने र त्यही लाइसेन्समा अर्को प्रकारका जहाजका तालिम लिएपछि दिइने रेटिङ पनि नथपी प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको सम्बद्ध पाइलटहरुले दुस्खेसो पोखेका छन् । प्राधिकरणले निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलान्इसका सातजना पाइलटको लाइसेन्स नवीकरण नगरेको र रेटिङ पनि नथपेको हो । मुलुककै ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्रीले तीन वटा जहाज (फिक्स्ड विंग्स) जहाज ल्याएको र त्यसलाई उडान गर्न ती पाइलट थप गरेको हो । नाागरिक दैनिकबाट ।
मधेसमा आईएनजिओको एक बर्षमै गरियो २३ अर्ब खर्च
काठमाडौं । मधेसका २२ जिल्लामा एक बर्षमा मात्रै २३ अर्बभन्दा बढी रकम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजिओ मार्फत खर्च गरिएको खुल्न आएको छ । ती जिल्लामा आर्थिक बर्ष २०७३ , ७४ मा सात सय ४५ वटा परियोजनामार्फत २३ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । उक्त रकम खर्चका लागि ७३ वटा अन्तर्राष्ट्रिय गैरकारी संघसंस्था झापादेखि कञ्चनपुरसम्मका भित्री मधेससहितका २२ जिल्लामा सक्रिए थिए । विभिन्न ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था मधेसका २२ जिल्लामा सक्रिए भएर एक बर्षमै २३ अर्ब खर्च गरेका छन् । कैलालीमा सबैभन्दा बढी ५२ वटा र नवलपरासीमा सबैभन्दा कम २२ वटा परियोजना अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले चलाएका थिए । अर्थ मन्त्रालय अन्र्तगतको वैदेशिक आर्थिक सहायता तथा समन्वय महाशाखामा उपवलव्ध भइ रेकर्ड भएअनुसार उक्त तथ्यांक देखिएको हो । नागरिक दैनिकबाट ।
राष्ट्रिय वाणिज्य बैंकद्धारा बागमती सफाइ मह-अभियानलाई सहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत स्वयंम्सेवा र वातावरण संरक्षणका लागि बागमती सफाइ महाअभियानको २१७ औं हप्ताको अवसरमा बागमती सफाइ अभियानलाई गमबुट, टोपी, बाक्लो पन्जा लगायतको सामग्री सहयोग उपलब्ध गराएको छ । राष्ट्रिय वाणिज्य बैंकका नायब महाप्रवन्धक सुशिल श्रेष्ठले सहरी विकास मन्त्री प्रभु साहलाई एक समारोहका बीच सो सामग्री हस्तान्तरण गरेका हुन्। बागमती सफाइ अभियानको तर्फबाट सामग्री ग्रहण गरेपछि मन्त्री साहले हरेक संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरी समाज सेवाको लागि केही रकम खर्च गर्नुपर्ने बताए । बागमती सफाइ अभियानको तर्फबाट अभियन्ता टंक आचार्यले राष्ट्रिय वाणिज्य बैंकले बिगत देखिनै संस्थागत सामाजीक उत्तरदायित्व निर्वाह अन्तर्गत समाजमा विभिन्न सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । सो कार्यक्रममा बैंकका तर्फबाट विभागीय प्रमुखहरु नरेश अर्याल, देवेश लोहनी, प्रवन्धक राजकुमार थापा, बागमती सफाइ अभियानका अभियन्ता किशोर सिंह शाही, किशोर थापा लगायतको उपस्थिति रहेको थियो ।
मर्चेण्ट बैंकरको चुक्ता पुँजी तीन गुणा बढ्यो, कार्य क्षेत्रमा पनि व्यापक विस्तार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकरहरुको चुक्ता पुँजी तीन गुणा भन्दा बढिले वृद्धि गरेको छ । बोर्डले मर्चेण्ट बैंकरहरुको चुक्ता पुँजी वृद्धि गर्नुका साथै कार्यक्षेत्र व्यापक बढाईदिएको छ । अब निष्काशन तथा बिक्री प्रबन्धकको न्यूनतम चुुक्ता पूँजी ३ करोडबाट बढेर ५ करोड पुगेको छ । त्यस्तै, धितोपत्र प्रत्याभूति कर्ता(अण्डरराईटर) को पुँजी ४ करोडबाट ७ करोड पुगेको छ । त्यस्तै, शेयर रजिष्ट्रारको १ करोडबाट ३ करोड, लगानी व्यवस्थापकको १ करोड बढाएर ५ करोड र संस्थागत परामर्शदाताको चुक्ता पुँजी ३ करोड पुर्याएको छ । बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर)नियमावलीलाई संसोधन गरेर चुक्ता पुँजी बढाएको हो । संसोधन प्रस्तावलाई अर्थ मन्त्रालयले साउन १ गते स्विकृति दिर्एको थियो भने बोर्डले साउन ३ गतेबाट लागु गर्नेछ । नियमावलीमा मर्चेन्ट बैंकरको कार्य क्षेत्रमा संस्थागत परामर्शदाताको कार्य थप गरी कार्य क्षेत्र बढाउनुका साथै मर्चेन्ट बैंकरको हालको चुक्तापूँजी तीन गुणाभन्दा बढीले बृद्धि गरिएको छ । अब मर्चेण्ट बैंकरले सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवाप्रदान गर्ने सम्बन्धी संस्थागत परामर्शदाताको रुपमा समेत काम गर्न सक्नेछन् । यस अघि मर्चेण्ट बैंकरले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति(अण्डरराइटिङ्ग), शेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापनको काम मात्रै गर्न पाउँथे ।
टिभिएसको नयाँ शोरुम भैरहवामा, बाईक तथा स्कुटरको खरिदमा १० हजार रूपैयाँ छुट
काठमाडाैं । जगदम्बा मोटर्सले टिभिएसको नयाँ शोरुम भैरहवामा खोलेको छ । उक्त शोरुमको उद्घाटन सिदार्थ नगरपालिकाका हरि प्रसाद अधिकारिले गरेका हुन् । शोरुम उद्घाटनकाे अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले देश भरि एकै छानामुनि थ्रि एस सेल्स सर्भिस र स्पेयर्स पार्ट्स अत्याधुनिक सुबिधा सम्पन्न शोरुम खोल्ने क्रममा भैरहवामा ग्राहकलाई सेवा दिने हेतुले उपस्थित भएको जनाएका छन् । साथै, यस उपलक्ष्यमा साउन १ गते बाट ३ गते सम्म कुनै पनि बाईक तथा स्कुटरको खरिदमा नगद १० हजार रूपैयाँ छुट हुने उपाध्यक्ष अग्रवालले बताए । त्यस्तै ग्राहकको सेवामा ५ बर्ष वारेन्टी उपलब्ध गराउने र फाइनान्सका साथै बाइकको एक्सचेन्जमा पनि राम्रो भ्यालुएसन दिने कम्पनीले जनाएका छन् । साे अवसरमा २९ वटा बाइक र ७ वटा स्कुटर बिक्रि भएको जानकारी जगदम्बा अटो भैरहवा शोरुम प्रमुख अशोक गौतमले जानकारी दिए । शंकर ग्रुपले विशेषगरी सिमेन्ट, स्टील, प्लास्टिक, टेक्सटाईलस्, खाद्य पदार्थ, प्याकेजिङ्ग, इलेक्ट्रोनिक्स र अटोमोबाईलको उत्पादन तथा विक्रि गर्दै आएको छ । कम्पनीले सन् २०१५ मा जगदम्बा ब्राण्डलाई नयाँ उचाईमा पुर्याउने उदेश्यले जगदम्बा मोटर्स मार्फत कार्य संचालन सुरु गरेको टि भि एस मोटर कम्पनी भारतको तेस्रो ठुलो दुई पाङग्रे बिक्रेता र विश्वकै उत्कृष्ट १० मा पर्न सफल कम्पनी हो । टि भि एस मोटर कम्पनीको बार्षिक उत्पादन क्षमता ३० लाख दुई पाङग्रे र १.२ लाख तीन पाङग्रेसवारीसाधन रहेको जानकारी दिइएको छ । टिभिएस सोरुममा नेपालमा विक्री थालनी गरिएको टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सि सि, अपाचे १८० , अपाचे २०० सिसि, फिनिक्स १२५ सि सि , स्ट्राइकर १२५ सि सि, र स्टारसिटी प्लस ११० सि सि, स्पोर्ट १०० सि सि, र स्कुटर सेग्मेंटमा ११० सी सीका जुपिटर, विगो, जेस्ट, उपलब्ध रहेको छ । उक्त सोरुमले आफ्नो उत्कृष्ट सेवा र स्पेयर पार्टस मार्फत नेपाली मोटर बाइक पारखीहरुमा उत्साह थप्ने विश्वास लिएको छ । यस सोरुमको संचालन संगै टिभिएस मोटर कम्पनी नेपाल भरी आफ्नो अत्याधुनीक सुबिधा सम्पन्न शोरुम, सर्टिफाइड सर्भिस प्वाइन्ट सञ्जाल विस्तार गर्न यिनै सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्ने जनाएको छ ।
१२ अर्ब राजश्वलाई ७०० अर्ब पुर्याएको नदेख्नेले कर फछ्र्याेट आयोग मात्रै देखेः डा. रामशरण महत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले १२ अर्बको राजश्वलाई ७ सय अर्ब पुर्याएको नेदेखेर कर फछ्र्याेट आयोग गठन गरेको मात्रै देख्नु गलत भएको बताएका छन् । सोमबार रिपोर्टस क्लबमा पुगेर पुर्व मन्त्री डा. महतले भने–‘‘१२ अर्ब राजश्व उठ्ने मुलुकमा हामीले अर्थात म अर्थमन्त्री र कांग्रेसको सरकार हुँदा अहिले ७ सय अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए संभव हुन्थ्यो र ?’ महतले भने प्रतिप्रश्न गरे,‘त्यतिकै मिथ्या आरोप लगाएर हुन्छ ? मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु, अहिले कर फछ्र्याेट आयोग बनाएको मात्रै देख्ने ? ।’ उनले कर फछ्र्योट आयोगका पदाधिकारीहरुलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको टिप्पणी पनि गरे । महतले भने,‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाइएको छ, यो जत्तिको हाँस्यस्पद अरु के हुन्छ ? आफ्नो भाषाअनुसार अरुलाई जज गर्नु हुँदैन् ।’ उनले भने,‘मलाई लगाईएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाईएको आरोपको म जहाँ सुकै गएर भएपनि फेस गर्न तयार छु ।’ कर फछ्र्याेटको विषय अदालतमा पुगिसकेकोले त्यसका बारेमा कुनै प्रतिक्रिया या टिप्प्णी नगर्ने पनि उनले बताए । यद्यपी उनले कर फर्छोट आयोग गठन, भ्याट कानून अन्र्तर्गत नयाँआधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण कामहरु आफू अर्थमन्त्री हुँदा भएको जनाए । डा. महत नै सदस्य रहेको अर्थ समितिको बैठक चलिरहेका बेला उनी भने कर फछ्र्याेट आयोगको पक्षमा वकालत गर्न रिपोर्टस क्लब पुगेका थिए । डा. महत अर्थ मन्त्री हुँदा गठन भएको आयोगले नै अनधिकृत रुपमा २१ अर्ब राजश्व छुट दिएको हो ।
महानगरपलिकाले तोक्यो १५४ प्रकारको कर, नागरिकता सिफारिस शुल्क १० हजार रुपैयाँ
काठमाडौं । महानगरपालिका १५४ प्रकारको कर, दस्तुर, सेवा शुल्क तोकेको छ । महानगरपालिकाले अंकिकृत नागरिकताको सिफारिस गर्दा प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने भएको छ । त्यस्तै, नागरिकको आर्थिक अवस्था सिफारिस गर्दा ५००० शुल्क लिने भएको छ । घरका विद्युत जडानको सिफारिस गर्दा १ हजार देखि ५ हजार रुपैयाँ लिने भएको छ । धारा जडान गर्दा पनि १ हजारदेखि ५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । जग्गा दर्ता सिफारिस गर्न प्रतिआना ५ हजार रुपैयाँ तिर्नुपर्नेछ । घरजग्गा नामसारी सिफारिस गर्दा १ हजार रुपैयाँ, घर कायम सिफारिस गर्दा १५०० रुपैयाँ लिने भएको छ । मान्छे जीवित रहेको सिफारिस गर्न ५०० रुपैयाँ तिर्नुपर्नेछ । व्यवसाय दर्ता प्रमाणित गर्न १५०० रुपैयाँ तिर्नु पर्नेछ भने बन्द गर्न सिफारिस माग्दा २००० तिर्नुपर्ने भएको छ । विद्यायल खोल्न तथा कक्षा वृद्धि गर्न सिफारिस लिँदा पनि २० हजार रुपैयाँ तिर्नुपर्नेछ । कुन शिर्षकमा कति कर पूर्ण विवरणको लागि यहाँ क्लिक गर्नुहोस् ।