भेडापालनलाई व्यावसायिक बनाउन ७ लाख रुपैयाँ अनुदान
म्याग्दी। जिल्ला पशुसेवा कार्यालयले कालीगण्डकी क्षेत्रका भेडापालक कृषकका लागि चालू आर्थिक वर्षमा ७० लाख रुपैयाँ अनुदान रकम परिचालन गरेको छ । पशु उत्पादन निर्देशनालयमार्फत प्राप्त कार्यक्रमअन्तर्गत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण, परजीवी नियन्त्रणका लागि पोखरी निर्माण, ऊन संकलन तथा बिक्री केन्द्र स्थापना, प्रजनन योग्य थुमा वितरण लगायतका क्षेत्रमा सो बजेट परिचालन भएको कार्यालयका वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताए । भेडापालनलाई थप व्यावसायिक बनाई जिल्लालाई ऊन र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले पशु उत्पादन निर्देशनालय मार्फत आएको उक्त कार्यक्रमबाट कालीगण्डकी भेडापालक स्रोत विकास केन्द्रमा आबद्ध कृषक लाभान्वित भएका छन् । सो बजेटबाट १० वटा गोठ निर्माणमा जनही २ लाख रुपैयाँ र १० वटा टहरा निर्माणमा ५० हजार रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ अनुदान दिइएको थियो । कार्यालयले दिएको अनुदान रकममा कृषकले श्रमदान थपेर गोठ र टहरा निर्माण गरेको कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले बताए । उहाँले कृषकलाई दिइएको अनुदानको पूर्ण सदुपयोग भएको अनुगमनका क्रममा भेटिएको समेत जानकारी दिनुभयो । प्राविधिक रेग्मीका अनुसार, कार्यालयले यो वर्ष उक्त कार्यक्रमअन्तर्गत कालीगण्डकी करिडोरका भेडापालक कृषकलाई २० वटा प्रजनन योग्य थुमा वितरणका लागि ६ लाख रुपैयाँ, भेडाको मासु बिक्री कक्षका लागि १ लाख रुपैयाँ, चरणमा जाने बाटो मर्मतमा ७ लाख रुपैयाँ, विशालु झारपात हटाउन १ लाख ५० हजार रुपैयाँ, ऊन प्रशोधन तथा बिक्री कक्षका लागि ४ लाख रुपैयाँ अनुदान दिइएको छ । कालीगण्डकी भेडापालक स्रोत विकास केन्द्रमा आबद्ध ६५ किसानले अहिले ११ हजार ५०० भेडा पालेका छन् । ‘‘जिल्लामा पहिलोपटक आएको यो कार्यक्रमबाट किसानलाई उल्लेख्य सहयोग पुगेको पाएका छौँ, अनुदानमा कृषकले समेत श्रमदान थप गरी उपयोग गरेको भेटियो, आगामी वर्षहरुमा समेत यस्ता कार्यक्रमले निरन्तरता पाएमा भेडापालनतर्फ किसानलाई थप आकर्षित र व्यावसायिक बनाउन सकिने देखिन्छ” – अनुदानको अनुगमनका क्रममा बाँदुक पुगेका पशुसेवा प्राविधिक रेग्मीले भने । कार्यालयले सो कार्यक्रमअन्तर्गत भेडापालक कृषकलाई परजीवी नियन्त्रण, आहारा विकास कार्यक्रम, समूह गठन तथा स्रोत केन्द्र स्थापना, अन्तक्र्रिया तथा कार्ययोजना निर्माण, किसान बस्ने टेन्ट निर्माणमा समेत सहयोग गरेको थियो भने सोलार टुकी, गमबुट, टर्चलाइट वितरण गर्ने तयारी भइरहेको कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिए । यसअघि भेडालाई खुलाचौरमा छाड्दै आएकामा कार्यालयले गोठ र टहरा निर्माणमा अनुदान उपलब्ध गराएपछि अहिले भेडा राख्ने गोठ निर्माण गरिसकेको रघुगंगा गाउँपालिका–१ बाँदुकका भेडापालक कृषक लक्ष्मण पुर्जाले बताए । ‘‘मैले भर्खरैमात्रै भेडापालन थालेको हुँ, दुई भाइ मिलेर ३८ लाख लगानीमा भेडापालनमा लागेका हामीलाई पशुसेवा कार्यालयको अनुदान सहयोगले थप उत्साहित बनाएको छ” – पुर्जाले थपे । रासस
नेशनल लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा साउन २७ गते, के के छन् प्रस्ताव?
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आगामी साउन २७ गते बोलाउने भएको छ । उक्त सभा सम्बन्धि निणर्य साउन १ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । उक्त साभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने भएको छ । बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने कम्पनीले जनाएको छ । साथै, सोही सभाले २५ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीका अनुसार सभामा संस्थापक समूहबाट जम्मा ६ जना संचालकहरुको निर्वाचन गर्ने निर्णय रहेको छ ।
काठमाडौं महानगरले घर बहाल करबाट २ अर्ब रुपैंयाँ उठाउने, ५ गुणाले बढ्यो आम्दानी
काठमाडौं । काठमाडौं महागनरपालिकाले चालु आर्थिक बर्षमा घर बहाल करबाट २ अर्ब रुपैंयाँ राजश्व उठाउने भएको छ । नयाँ संबिधान अनुसार घर बहाल कर स्थानीय तहको क्षेत्राधिकारभित्र परेपछि महानगरपालिकाले १२ प्रतिशतका दरले घर बहाल कर असुल्न पाउने भएको हो । यस अघि आन्तरिक राजश्व विभागले १० प्रतिशत र महानगरपालिकाले २ प्रतिशत घर बहाल कर असुल्दै आएका थिए । गत आवमा काठमाडौं महानगरपालिकाले १५ करोड घर बहाल कर उठाएको थियो । जुन कुल क्षमताको २६ प्रतिशत रहेको महानगरपालिकाको राजश्व महाशाखा प्रमुख महेश काफ्लेले बताए । महानगरपालिकाले घर बहाल कर असुलीलाई व्यवस्थित गर्न भर्खरै मात्र कोटेश्वर क्षेत्रमा पर्ने वडा नम्बर ३२ का १६ हजार घरको सर्वेक्षण गरेको थियो । सोमध्ये ७ हजार ५ सय घरहरु बहालमा नलगाइएको प्रतिवेदन तयार भएको जनाएएको छ । महानगरपालिकाले आफ्ना ९ वडा मात्रै व्यवसायीक रहेको र घर बहालमा धेरै लगाइएको बताउँदै आएको छ । सोह्रखुट्टे, बानेश्वर, नक्साल लगायतका क्षेत्रमा थोरै मात्रै घरहरु बहालमा रहेको जनाएको छ । राजश्व महाशाखा प्रमुख काफ्लेका अनुसार महानगरका १ लाख ६० हजार घर बहालमा हुन सक्छन । महानगरमा २ लाख ६० हजार घरधुरी रहेका छन् ।
भारतिय चर्चित गायक कुमार सानुद्धारा चन्द्रागिरि केबल कारको भ्रमण
काठमाडौं । भारतका चर्चित गायक कुमार सानुले आइतबार भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरेकाछन् । कन्सर्टका लागि नेपाल आएका ५९ वर्षिय कुमार सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराका थिए । सानुले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै स्वच्छ वातावरण तथा हिमालको काखमा आउन पाउँदा धेरै खुशी भएको बताए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्तव बोकेको चन्द्रागिरि डाँडामा सो कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको जानकारि दिएको छ ।
भरतपुरको पुनः मतदान मुद्धा ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको बेञ्चमा, के आउला फैसला ?
काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धाको सुनुवाई न्यायधिकद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको बेञ्चमा परेको छ । २ नम्बर इजलासमा परेको सो मुद्धाको आजै फैसला आउने सम्भावना समेत बढेको छ । मतगणना अन्तिम अवस्थामा पुगेका बेला जेठ १४ गते राती माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध भरतपुर महानगरपालिका वडा नम्बर १९ मा एमालेका तर्फबाट वडा सदस्यमा उम्मेदवार दिएका गुञ्जमान बिकले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । सो मुद्धाको सुनुवाई गर्दै न्यायधिश चोलेन्द्र शमशेर राणाले निर्वाचन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएका थिए । त्यसपछि पटक पटक पेशी तोकेर पनि मुद्धाको सुनुवाई भएको थिएन् ।
चेपाङ गाँउमा घुम्ती बैंक स्थापना गर्ने नगरपालिकाको योजना
चितवन । चेपाङ गाउँमा घुम्ती बैंक स्थापना गरेर वृद्धभत्ता वितरण गर्ने योजना पूर्वी चितवनको कालिका नगरपालिकाले अघि सारेको छ । आगामी वर्षका लागि रु ३७ करोड ५८ लाख ५० हजारको बजेट प्रस्तुत गरेको नगरपालिकाले चेपाङ गाउँमा घुम्ती बैंक प्रणालीबाट सहज रुपमा सो रकम उपलब्ध गराउने योजना ल्याएको नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । ज्येष्ठ नागरिक, असहाय, वृद्धलाई दिइने भत्ता वितरण जुटपानी र पदमपुर क्षेत्रलगायत बैंकको पहुँच भएको ठाउँमा बैंकबाटै रकम उपलब्ध गराइने तर शक्तिखोर तथा सिद्धिमा बैंकको पहुँच नभएको चेपाङ गाउँमा भने घुम्ती बैंक सञ्चालन गरिने उनको भनाइ छ । यस नगरभित्र कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिई कार्य थालनी गरिने नगरपालिकाले जनाएको छ । आधुनिक कृषि प्रणालीमार्फत खेती गर्न किसानलाई प्रेरित गर्ने खालका कार्यक्रम ल्याइने श्रेष्ठले जानकारी दिए। चितवनको जुटपानी, शक्तिखोर, सिद्धि र पदमपुर गाविस मिलाई कालिका नगरपालिका स्थापना भएको हो । नगरपालिकाले आगामी वर्ष आम्दानीतर्फ वित्तीय हस्तान्तरणबाट रु ३४ करोड ८८ लाख ५० हजार र आन्तरिकतर्फ एकीकृत सम्पत्ति कर तथा अन्य कर दस्तुरबाट आम्दानी हुने अनुमानसहित बजेट प्रस्तुत गरेको छ । पर्यटकीय सम्भावना बोकेको चित्राम झरना, सिन्थी झरना, पोखरी र खोलालाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने नगरपालिकाको योजना छ । युवा, वृद्ध, महिला, बालबालिका तथा सबै जात जातिलाई समेट्दै बहुजातीय सङ्ग्रहालय बनाइने कार्यक्रममा उल्लेख छ । बढ्दै गएको जग्गा प्लटिङ्गलाई तत्काल रोक लगाई मापदण्ड तयार गरी लागू भएपछि मात्र जग्गा प्लटिङ्ग गर्न पाइने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले बताए । सोही नगरपालिकाको शक्तिखोर क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्रको व्यवस्थापन र निर्माणमा समन्वयका लागि नगरपालिका लागिपरेको जनाइएको छ। टाँडी–जुटपानी हुँदै शक्तिखोरबाट हुग्दी सडक निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगर उपप्रमुख कमला भट्टराईले बताईन् । रासस
ठमेलमा नयाँ रेष्टुराँ खुल्यो
काठमाडौं। नेपालको प्रमुख पर्यटकीयस्थल राजधानीको ठमेलको प्रवेशद्वारमा नै ओजी लाउन्ज नामको आधुनिक रेष्टुराँ एण्ड डिस्को सञ्चालनमा आएको छ । सो रेष्टुराँको आइतबार साँझ शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ठमेल अन्तराष्ट्रिय स्तरकै पर्यटकीय केन्द्र भएकाले यस रेष्टुराँले पर्यटकलाई थप सुविधा र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धन गरी युवावर्गलाई रोजगारी दिनुपर्ने विचार व्यक्त गरे । रेष्टुराँका सञ्चालक दिनेश श्रेष्ठले पारिवारिक वातावरणमा स्वच्छ मनोरञ्जन र स्वादिलो खानाको सुविधाका लागि रेष्टुराँले सेवा दिने बताए । ७० जना ग्राहकको क्षमता रहेको सो रेष्टुराँमा गीत–सङ्गीत, दुई तलामा लाइभ वार, स्पोर्ट वार, विभिन्न परिकारका खानाको सुविधा रहेको र मध्यमवर्गले समेत सुविधा लिन सक्ने मूल्य राखिएको बताइएको छ । रासस
शिखर इन्स्योरेन्सको प्रिमियम आम्दानी २ अर्ब ७७ करोड
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.५ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७३/७३ मा २ अर्ब प्रिमियम संकलन गरेको थियो । गत आर्थिक वर्षको नाफा भने केही दिनपछि एकिन हुने कम्पनी सचिव सुरज राजवहाकले बताए । ‘पुर्नबीमा र दावी भुक्तानीको हिसावपछि मात्र नाफा कति भयो भनेर भन्न सकिन्छ’ उनले भने । कम्पनीको चुक्ता पुँजी ८१ करोड ७६ लाख रुपैयाँ छ । १३ वर्षअघि स्थापना भएको शिखर इन्स्योरेन्स हाल बजारको लिडर कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीको चुक्ता पुँजी, नाफा, प्रिमियम, ग्राहक संख्या लगायत धेरै सूचकांङकमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए ।