दिपलले किन्यो हुन्डाईको चिनियाँ प्लान्ट, उत्पादन क्षमता विस्तार हुने

काठमाडौं । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ । बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल ब्रान्डका सवारीसाधनको उत्पादनमा प्रयोग गर्नेछ । चांगानको उत्पादन क्षमता सीमा नजिक पुगेकोले आफ्नो उत्पादन विस्तार आवश्यक थियो । द इकोनोमिक अब्जर्भरले प्लान्टको स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको केही दिनपछि दिपलले यसलाई पुष्टि गरेको छ । कम्पनीका अनुसार यो प्लान्ट पहिले बेइजिंग हुन्डाईका पाँच उत्पादन केन्द्रमध्ये एक थियो । सन् २०१५ मा निर्माण सुरु भई २०१७ अगस्तबाट उत्पादन थालेको यो प्लान्ट १८.७ लाख वर्गमिटरमा फैलिएको छ । यसको प्रारम्भिक लगानी १.१ बिलियन डलर रहेको थियो र वार्षिक उत्पादन क्षमता तीन लाख युनिटको थियो । तर, यो कारखाना २०२१ डिसेम्बरदेखि बन्द अवस्थामा रहेको थियो । हाल दिपलका इलेक्ट्रिक भेइकलहरू (इभी) नानजिंग र बेइजिंगस्थित प्लान्टमा उत्पादन भइरहेका छन् । नयाँ प्लान्ट थपिएसँगै कम्पनीको उत्पादन क्षमता र बजार प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ । यसै वर्ष अक्टोबर महिनामा दिपल इभीको विक्री अघिल्लो वर्षको तुलनामा ५७.१ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरिएको छ । चांगानले दिपललाई विश्वव्यापी स्तरमा विस्तार गर्ने लक्ष्यसहित युरोप र दक्षिण अमेरिकामा आफ्ना मोडल सार्वजनिक गर्दै आएको छ । दिपलको एस०५ र एस०७ मोडल भर्खरै जर्मनी, बेलायत, फ्रान्स लगायतका युरोपेली मुलुकमा सार्वजनिक भएका थिए भने केही दिनअघि ब्राजिलमा पनि लन्च गरिएको थियो ।

एमएडब्लू वृद्धिको प्रि–न्यू इयर ब्याश अफर सार्वजनिक, सेरेस ईभीमा ६ लाखसम्म छुट

काठमाडौं । एमएडब्लू वृद्धिले ‘प्रि–न्यू इयर ब्याश’ नामक अफर सार्वजनिक गरेको छ ।  नयाँ वर्षअघि सीमित समयका लागि उपलब्ध यो अफरअन्तर्गत डोंगफेङ नामी र सेरेसका लोकप्रिय मोडेलहरूमा यस सिजनकै उत्कृष्ट अफरहरू दिइने कम्पनीले जनाएको छ । डोंगफेङ नामीको अफरअन्तर्गत ‘नामी भिगो’ र ‘नामी ०१’ लाई नाडा मूल्यमै किन्न सकिनेछ ।  साथै प्रत्येक ग्राहकलाई ७ किलोवाट होम चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर र अटो प्लस इन्स्योरेन्स पूर्णरूपमा निःशुल्क प्रदान गरिने जनाइएको छ । नामी किनेका ग्राहकहरू स्पेशल लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन् जहाँ तीन भाग्यशालीले थाइल्यान्ड भ्रमण र एक विजेताले आईफोन १७ प्रो म्याक्स जित्ने मौका पाउनेछन् । यस्तै, सेरेस ईभीमा पनि ६ लाख रुपैयाँसम्मको लाभ हुने कम्पनीले जनाएको छ ।  अफरमा क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निःशुल्क एक्सेसरिज, उच्च मूल्यांकनसहितको एक्सचेञ्ज सुविधा र आकर्षक एक्सचेञ्ज बोनस समावेश छन् ।  एमएडब्लू वृद्धिका अनुसार ‘प्रि–न्यू इयर ब्याश’ अन्तर्गतका सबै अफरहरू काठमाडौँ उपत्यका तथा बाहिरका सबै अधिकृत डोंगफेङ नामी र सेरेस शोरूमहरूमा एकसाथ उपलब्ध छन् ।

एड्भेन्चर सेग्मेन्टमा प्रतिस्पर्धा बढाउने सुजुकी भी–स्ट्रोम २५० का दुई नयाँ रङ बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले आफ्नो लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम एसएक्सको दुई नयाँ रङ भेरियन्टहरू सार्वजनिक गरेको छ । बुधबार सुजुकीले सेतो र नीलो रङका नयाँ मोडलहरू सार्वजनिक गरेको हो । यसको सुरुवाती मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो मोटरसाइकल २४९.९९ सीसी इन्जिन क्षमताको जापानी प्रविधिमा आधारित रहेको छ । भी–स्ट्रोम २५० एड्भेन्चर र सिटी राइड दुवैका लागि उपयुक्त मानिन्छ । नयाँ दुई रङसहित अब यो मोटरसाइकल बजारमा सेतो, नीलो, पहेँलो र कालो–रातो कम्बिनेसन गरी कुल ४ चार रङ विकल्पमा उपलब्ध हुने सुजुकी नेपालले बताएको छ ।  सुजुकी भी–स्ट्रोम २५० मा सुजुकी ओइल कुलिङ सिस्टम इन्जिन जडान गरिएको छ ।  सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले सन् १९९२ मा सुजुकीले नै मोटरसाइकलमा तेल कुलिङ प्रविधिको आविष्कार गरेको बताए ।  पारस जैन  उनले विकास न्युजसँग भने, ‘यो प्रविधिले इन्जिनलाई अत्यधिक तापक्रममा समेत चिसो राखी उत्कृष्ट कार्यक्षमता प्रदान गर्छ । यसले पानी कुलिङभन्दा कम वजन, कम मर्मत खर्च र तीव्र तापक्रम व्यवस्थापनजस्ता फाइदाहरू प्रदान गर्छ ।’ उनका अनुसार बाइकको बीएचपी २६.५ छ । यसको टप स्पिड १४० देखि १५० किलोमिटर प्रतिघण्टासम्म रहेको दाबी गरिएको छ । जैनले सामान्य रूपमा ४८ देखि ५० किलोमिटरसम्म र हार्श ड्राइभिङमा पनि ३५ किलोमिटर माइलेज दिने जानकारी दिए ।  यसको कर्भ वेट १६७ केजी मात्र छ । जुन यस सेगमेन्टका धेरै बाइकभन्दा हलुका हो । यसमा विन्ड सिल्ड, नकल गार्ड र एलइडी हेडलाइट जस्ता सुविधाहरू पनि समावेश छन् । भी–स्ट्रोम ६५०, ८५०, र १०५० सीसीका सुपरबाइकहरूको सानो संस्करणको रूपमा २५० सीसीको यो मोडल बजारमा ल्याइएको कम्पनीले जनाएको छ।  जैनका अनुसार नेपालका सडकका लागि एड्भेन्चर बाइक एक कम्प्लिट प्याकेज हो । यसलाई हाइवेमा चलाउँदा आरामदायी छ भने खराब सडक, ग्राभेल, हिलो वा पानीमा चलाउँदा पनि कुनै समस्या नआउने उनले बताए ।  नयाँ भी–स्ट्रोम २५० का सुरुमा टेष्ट गर्ने प्रयोगकर्ताहरूले यसको प्रशंसा गरेका छन् । डा. प्रसन्न खड्का जसले तीन दिनमा ६०० किलोमिटर यात्रा गरिसकेका छन् । उनले यसको इन्जिन बट्री स्मूथ र रेस्पोन्सिभ भएको बताए। सस्पेन्सन अलि सुधार गर्न सकिने भए पनि उनले ४८.४ किलोमिटर प्रति लिटरको माइलेज पाउनु सुखद भएको बताए । लामो दूरीको यात्रामा पनि कम्मर वा हातमा कुनै दुखाइ नभएको भन्दै उनले यसलाई बबाल बाइकको संज्ञा दिए ।  सिटको उचाइ र आरामदायीपन राम्रो भएको र यसलाई एक्स्ट्रिम र एड्भेन्चर किट प्रयोग गरी पूर्ण अफ–रोडर बनाउन सकिने सुविधा पनि रहेको उनले औंल्याए । विगत ७ सात वर्षदेखि सुजुकीको बाइक चलाइरहेका डा. प्रसन्नले सर्भिस खर्च पनि निकै कम भएको बताए ।  त्यस्तै, चितवनका उमेश राईले पनि आफ्नो तीन दिनको अनुभवमा बाइक निकै कम्फर्टेबल र पावरफुल पाएको बताए । यामाहा भी २ चलाइरहेका उनले भी–स्ट्रोम २५० आफूलाई निकै राम्रो लागेको र यसमा कुनै शंका नरहेको बताए ।  उनले लामो ड्राइभ नगरे पनि हाइवेमा चलाउँदा अहिलेसम्म सबै कुरा ठीक लागेको अनुभव सुनाए । तिहार अगाडि नै लिने योजना बनाए पनि सर्टेजका कारण २/३ महिना कुर्नुपरेको उनले बताए । सुजुकी भी–स्ट्रोम २५० को टेस्ट ड्राइभका लागि काठमाडौंमा टेकु, ग्वार्को भक्तपुर र बसुन्धारामा रहेका सुजुकीका आधिकारिक आउटलेटहरूमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालभरिका अन्य आधिकारिक सुजुकी सोरुमहरूमा पनि टेस्ट ड्राइभको सुविधा उपलब्ध रहेको छ।