बैतडीमा रास्वपाका भण्डारीको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले अग्रता कायमै राखेका छन् । ताजा मतपरिणामअनुसार भण्डारीले ६ हजार २९९ मत प्राप्त गरेका छन् । भण्डारीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दामोदर भण्डारीले ५ हजार ८८९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका चतुरबहादुर चन्दले ५ हजार १८९ मत पाएका छन् ।  नेकपाका परमानन्द भट्टले २ हजार ४५५ र राप्रपाका भुपेन चन्दले ४५७ मत प्राप्त गरेका छन् । यो मत परिणाम २१ हजार ७७९ मत गन्दाको हो । प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा यसपटक ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१ स्थनामा मतणना भइरहँदा चार निर्वाचन क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन ।  भौगोलिक कठिनता र मौसमी खराबीका कारण दुर्गम क्षेत्रको मतपेटिका संकलमा ढिलाइ हुँदा ती निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । सङखुवासभा निर्वाचन क्षेत्र नं १, गोरखा क्षेत्र नं १, मुगु क्षेत्र नं १ र धनुषा क्षेत्र नं १ मा मतगणना सुरु हुन सकेको छैन । संखुवासभामा मतपेटिका संकलन भएको र सर्वदलीय बैठक बसेर केही समयमै मतगणना प्रारम्भ गर्ने तयारी छ । गोरखा १ मा पनि दुर्गम क्षेत्रबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मटपेटिका सदरमुकाम ल्याइएको छ । त्यस्तै मुगुमा पनि मटपेटिका संकलन हुनेबित्तिकै गणना गर्ने तयारी छ । धनुषा निर्वाचन क्षेत्र नं १ भने मतगणनाका विषयमा सर्वदलीय सहमति खोज्ने प्रयास जारी रहेको र केही समयमै गणना प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

मोरङ- ३ मा रास्वपाका कार्कीको अग्रता कायमै

काठमाडौं । मोरङ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले अग्रता कायमै राखेका छन् । कार्की १३ हजार ४३७  मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ८ हजार ९६३ मत, श्रम संस्कृतिका अमिर मगरले ७ हजार ३ सय र नेकपा एमालेका इरान राईले २ हजार ८३१ मत प्राप्त गरेका छन् ।