क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका छन् भने प्रशान्तले ३२ मत पाएका छन् । यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । यस्तै, क्यानको अध्यक्ष पदमा चतुरबहादुर चन्द पुन निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भएका छन्। महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भएकी छिन । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका हुुन््।

क्यान अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित भएका हुन्। संघको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भएका छन्। महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भएकी छिन । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका हुुन्् । क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा भइरहेको छ । उनीहरुबीच अहिले मतदान भइरहेको छ । त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक÷एक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेको छ । खुलातर्फका पाँच जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ । क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्नेछन् ।

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द, अरु को-को चुनिए ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द पुन: निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए । क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए । यस्तै, कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चन भएका छन् ।