फुटबलमा नेपाल एक स्थान तल झर्यो
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानमा भारत १०५, माल्दिभ्स १५५ र अफगानिस्तान १४८ औँ स्थानमा छन् । त्यस्तै, नेपालभन्दा मुनि भुटान १८७, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छन् । विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम, छैटौँमा स्पेन, सातैाँमा पोल्याण्ड, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा फ्रान्स र दशौँ स्थानमा चिली छन् । फिफाले प्रत्येक महिना बरियता सार्वजनिक गर्दछ । रासस
बीपीसीको एफपीओ पुसभित्रै, प्रतिकित्ता ५०१, एफपीओ किन्नेले लाभांश पनि पाउने
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले थप निष्कासन (एफपीओ) पुसभित्रै ल्याउने भएको छ । कम्पनी रजिष्टारको कार्यलयमा अद्यावधिक गर्ने काम सकिलगतै बीपीसीले एफपीओको आब्हानपत्र सार्वजनिक गर्ने भएको छ । कम्पनी रजिष्टारको काम सकिनसाथ एफपीओ निष्कासन हुने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । कम्पनी रजिष्टारको कार्यलयले यस वर्षदेखि नयाँ नियम लागु गरेकाले प्रक्रिया पुरा गर्नतर्फ समय लागेको उनले भनाई छ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने उनले बताए । एफपीओ गर्नुअघि वार्षिक साधारणसभा गर्न धितोपत्र बोर्डबाट विशेष स्वीकृति लिनुपर्ने उनको भनाई छ । प्रति कित्ता ५०१ रुपैयाँ प्रिमियम मूल्यमा ४० लाख ८१ हजार कित्ता एफपीओ ल्याउन लागेको हो । एफपीओबाट बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ संकलन गर्ने छ । एफपीओबाट संकलन हुने रकम निर्माणधिन ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजनामा लगानी गर्नेछ । गत आर्थिक वर्ष ०७३/७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो । सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ ।बीपीसीले कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ ।
जलविद्युत लगानी तथा विकास कम्पनीले ५० करोड लाभांश बाँड्ने
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको छैटौ वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । कम्पनीको स्वतन्त्र व्यवसायीक सञ्चालक मनोनयन गर्ने विषय सुचि रहेको छ ।
ज्योति विकास बैंकको साधारणसभा पुस ३० मा २३ करोड बोनस सेयर बाँड्ने
काठमाडौं । ज्योति विकास बैंकको १० औं वार्षिक साधारणसभा पुस ३० गते बस्ने भएको छ । सभामा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने २२ करोड ८ लाख रुपैयाँ राप्तिभेरी विकास बैंकको ६ प्रतिशतले हुन आउने ९४ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गरिने भएको छ ।
हिमालयन बैंकको साधारणसभा पुस २८ गते, सञ्चालक समितिको निर्वाचन नहुने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभमा बैंकले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव छ । पुस १० गतेसम्म सेयर लिने २५ प्रतिशत बोनस सेयर पाउने पाएका छ । विहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ८४४ रुपैयाँ रहेको छ । बोनस सेयर र साधारणसभा प्रयोजनको लागि बैंकले पुस ११ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यस अवधिमा सेयर किन्नेले २५ प्रतिशत बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छैनन् । यो साधारणसभाले प्रबन्धपत्र तथा नियामावली संशोधन गरी ७ जनाको सञ्चालक समिति बनाउने छ । तर साधारणसभामा सञ्चालक समितिको निर्वाचन सम्बन्धी अजेण्डा नभएको बैंकले जनाएको छ । पूर्णा विवरणा पढ्न यहाँ क्लिक गर्नुहाेस् । हिमालयन बैंक लिमिटेडको वार्षिक साधारणसभा
लक्ष्मी ग्रुपले पार गर्यो ४४ वर्ष, सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना
काठमाडौं । लक्ष्मी ग्रुपले स्थापना भएको ४४वर्ष पुरा गरेको छ । उक्त अवसरमा ग्रुपले विभिन्न समाजिक कार्यक्रमहरुको आयोजना गरेको थियो । लक्ष्मी ग्रुपले आफनो प्रधानकार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा “रक्तदान जीवन दान”भन्ने मुलनारालाई सार्थक गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जसमापोखरा स्थित कार्यालयमा १०७तथा काठमाडौंमा स्थित कार्यालयमा ६९ गरि कुल १७६जनाले रत्तदान गरेका थिए । त्यस्तै, लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि द्धारा बुढानिलकण्ठ तथा भद्रकाली मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । साथै, नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एसजीसीपी नेपालका बालबालिकालाई स्कुल व्याग प्रदान गर्नुका साथै जादुगिरी कार्यक्रम तथा विभिन्नखेलहरुको आयोजना गरेको थियो । एसजीसीपी नेपाल पक्षघातबाट पिडित तथा उनका आफन्तजनको जीवन स्तर उकासनकालागि योगदान कार्यमा संलग्न संस्था हो । साथै लक्ष्मीगु्रपद्धारा सो संस्थाको नाममा १५ लाखरुपैयाँको आर्थिक सहयोग पनि गरिएको ग्रुपले जनाएको छ । यसका साथै ग्रुपका अन्यभातृ संस्थाहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जयाप्याकेजिङ्ग प्रा. लि., सुजल प्लाष्टिक प्रा.लि., लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि., र जयमाँ इन्टरकिन्टनेन्टल प्रा.लि., आदि कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । सुजल फुड्सद्धारा नक्साल स्थित बालमन्दिरका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरिएको थियो । त्यसैगरी, सुजल डेरी प्रा.लि द्धारा कपनस्थित बाल बिकास स्कुलका बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरिएको थियो । साथै, सुजल डेरी प्रा.लि.द्धाराहर्ट बीट चाइल्ड केयर संस्थाका बिधार्थीहरुलाई दुग्धजन्य परिकारहरु वितरण गरिएको थियो । यसै सन्र्दभमा यस पटक आफनो बिशेषकार्यक्रममा लक्ष्मी गु्रप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र विन्धयावाशिनी धार्मीक क्षेत्र बिकास समितिबिच लिफट निर्माण गर्नेको लागी सम्भौतापत्रमा हस्ताक्षर गरियो । हस्ताक्षर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिकोतर्फबाट कार्यकारी निर्देशक सुनिल श्रेष्ठर विन्ध्यवासीनी धार्मीक क्षेत्र विकास समितिको तर्फवाट उपाध्यक्ष पवित्र राज रेग्मीबाट गरिएको थियो । त्यसरी नै पोखरेली सास्कृतिक परिवारलाई यस ग्रुपकाकार्यकारी निर्देशक सुनिल श्रेष्ठले पोखरेली सास्कृतिक परिवारको अध्यक्ष दिपक समितलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । साथसाथै, यस लक्ष्मी ग्रुपमा आवद्व लामो समयसम्म कार्यरत कर्मचारीहरु क्रमश प्रल्हादभक्तका यस्थ, टिकाराम वस्ताकोटी, सुकदेव गिरी र भुवनप्रसाद आचार्यलाई क्रमश २५ बर्ष र १५ वर्ष काम गरेकोमा सम्मानित गरिएको कम्पनीले जनाएको छ । विगत ४४वर्ष जस्तै आगामी वर्षहरुमा पनि लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो, दैनिक उत्पादन जम्मा ८० मेगावाट
पर्वत । मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ । चिसो मौसमसँगै नदीको वहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ । पानीको वहाव घटेपछि उत्पादन पनि कम हुँदै गएको आयोजना प्रमुख राजेश पाण्डेले जानकारी दिए । “हिउँदमा प्रायःगरी उत्पादन घट्ने भए पनि यस पटक ५५ प्रतिशतभन्दा पनि बढी घटेको छ” उनले भने, “वर्षायाम जस्तो फुल फेजको प्रोडक्सन भएको छैन ।” पाण्डेले कालीगण्डकी मात्र नभई अन्य सहायक नदी र मूल सबैमा पानी घटेकाले असर परेको बताए । उक्त आयोजनामा वर्षायाममा तीन वटै टर्बाइनबाट विद्युत् उत्पादन हुने र तर अहिले एउटा मात्र टर्बाइनबाट विद्युत् उत्पादन हुने गरेको छ । पानीको सतह कम हुँदा हिउँदमा दुई टवाईन बन्द हुने गरेका छन् । “नदीमा पानीको स्तर दिनदिनै घटेको छ,’ उनले भने, “गएका वर्षभन्दा योपल्ट नदीको वहाव अझै बढी मात्रामा घटेको हो ।” बिहान–बेलुकी पानी सञ्चित गरी पूर्णस्तरमा नै विद्युत् उत्पादनको प्रयास भए पनि दिउँसोको उत्पादन ८० मेगावाटमा झरेको छ । यस पटक गत असोज अन्तिमदेखि नै कालीगण्डकी नदीको वहाव क्रमिक रूपमा घटदै गएको छ । गत असोजदेखि वर्षा पनि नभएकाले गत वर्षभन्दा पानीको बहाब घटेको आयोजनाले जनाएको छ । यस्तै पर्वत जिल्लाका अन्य जलविद्युत् केन्द्रमा पनि विद्युत् उत्पादन घटेको छ । चौध दशमलब आठ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लो मोदीखोला–१ र एक मेगावाटको पातीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन झण्डै ५० प्रतिशतले कमी आएको आयोजनाहरुले जनाएका छन् । रासस
सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जबीचकाे सहकार्यमा दुबईबाट रेमिटेन्स सेवा शुरू
काठमाडाैं । दुबईको एक प्रतिष्ठित रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सम्झौता भएको छ । यो सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान एक्स्चेन्जका सी.ई.ओ ओसामा अल् रह्माले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अन्तर्गत दुबईमा रहेका नेपालीहरुले कुनै पनि अल् फर्दान एक्स्चेन्जको ६४ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्स्प्रेस मनी ट्रान्स्फरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्स्प्रेसको ५००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सक्नेछन् । यो सम्झौता पत्रमा दस्तखत गर्दै ओसामा अल् रह्माले सिटी एक्स्प्रेससँग सम्झौता भएकोमा ज्यादै खुशी लागेको ब्यक्त गर्दै आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन् सहज हुने र आउने दिनमा यो सम्बन्ध अझ मज्बुद हुँदै जाने बताएका छन्। साथै, सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जले नेपाल बाहेक अन्य देशहरुमा पनि नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने बताएका छन् । सिटी एक्स्प्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत ११ वर्ष देखि रेमिटान्स सेवा दिँदै आइरहेको छ ।