सिद्धार्थ बैंकको कामु सीईओमा शम्भुनाथ गौतम नियुक्त
शम्भुनाथ गौतम काठमाडौं । सिद्धार्थ बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । जेठ २२ गते बसेको बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दिएको राजीनामा स्वीकृत गर्दै गौतमलाई कामु सीईओ नियुक्त गरेको हो । गौतम यसअघि सोही बैंकमा डेपुटी सीईओको जिम्मेवारीमा थिए । उनी सिद्धार्थ बैंक स्थापना भएदेखि नै सेकेण्ड म्यानकाे भूमिकामा थिए । सिद्धार्थ बैंकबाट राजीनामा दिएका भण्डारी कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती पाईसकेको छन् ।
सिम्रिकले उडाउन नसकेपछि अग्नि एयरका ३ वटा जहाज लिलामीमा, सञ्चालनको प्रयास गर्ने नमस्ते एयरको सम्पत्ति पनि तानियो
काठमाडौं । पाँच वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको अग्नि एयरको तीन वटा जहाज लिलामीमा विक्री हुने भएको छ । अग्नि एयरले तत्कालिन ग्राण्ड (मर्जर पछि हालको प्रभु)बैंकको ऋण चुक्ता गर्न नसकेपछि भएको आर्थिक संकटकको कारणले बन्द भएको यो वायुसेवा लिलामीमा जाने भएको छ । अग्नि एयरकाे फाइल तस्बिर उक्त ग्राण्डले अग्निसँग भएको पाँचवटै जहाज लिलामी गरेर आफ्नो तत्कालिन समयमा ६५ करोड ऋण अशुल गर्ने प्रयास गरेको थियो । उक्त प्रयास अन्तिम समयमा विफल भएको थियो । त्यसपछि २०७० सालको असोजमा अग्निका जहाज सिम्रिक एयरलाइन्सले संचालन गर्ने सम्झौता तत्कालिन ग्राण्ड बैंकसँग गर्यो । अहिले यो बैंक प्रभुसँग मर्ज भएर विलय भैसकेको छ भने अग्निको ऋण पनि प्रभू बैंकसँगै रहेको छ । प्रभू बैैंले आफ्नो ऋण अशुल गर्न अग्निका २९ सिट क्षमताका ३ वटा जेट स्टीम नामक जहाज र यसका पाटपूर्जासमेत लिलामिमा राखेको छ । बाँकी १९ सिट क्षमतको डोर्नियर नामक दुई वटा भने सिम्रिक एयरले आवश्यक मर्मत गरेर उडाइरहेको छ । अग्नि एयरले लिएको ऋण पटकपटकको सार्वजनिक सूचना जारी गरेर चुक्ता गर्न आग्रह गर्दा अटेर गरेकै कारणले प्रभु बैंकले यसका जहाज लिलाम बढाबढबाट विक्री गरेर आफ्नो ऋण अशुल गर्ने भएको छ । अग्नि एयरका तत्कालिन संचालक सुधिर बस्नेत घरजग्गा व्यवासायमा डुवेका कारण उनको नाफामै उडान भइरहेको जहाजलाई पनि संचालन गर्न सकेनन् । वस्नेतले एयरलाइन्सबाट आएको रकम पनि अन्यत्रै लगानी गरेका कारण जहाज उठ्नै नसक्ने गरी थला परेको हो । नमस्ते एयरकाे फाइल तस्बिर अग्नि संचालन गर्न चाहने नमस्ते एयरको सम्पतीसमेत लिलामीमा प्रभु बैंकले २०६९ सालमा अग्नि एयरका जहाज संचालन गर्छु भनेर तयारी थालेको नमस्ते नेपालील एयरको पनि सम्पती लिलामीमा राखेको छ । नमस्ते एयरका संचालक राजु खत्री (केसी)ले अग्नि एयर संचालन गर्ने जहाजको लिवर्टीसमेत परिवर्तन गरेर नमस्ते एयर बनाइसकेको थिए । उनले जहाज संचालन गर्न ३० करोड लगानी पनि गरिसकेको अवस्थामा अग्निका सबै जहाज सिम्रिकले संचालन गर्ने भएपनि केसी जहाज संचालनबाट पछाडि हटेका थिए । जहाज संचालन गर्न बैंकबाट लिएको ऋण तिर्न नसकेपछि केसी र उनको श्रीमती रेखा बस्नेत (खत्री)को नाममा रहेको नमस्ते एयरको सम्पूर्ण सम्पतीसमेत लिलामिमा गएको छ । नमस्ते एयरको नाममा रहेको झापा र मोरङको सबै जग्गा पनि बैंकले लिलामीमा राखेको छ । सिम्रिकले २ वटा मात्रै जहाज बनाएर उडायो सिम्रिक एयरलाइन्सले २०७० असोजमा अग्निका सबै जहाज संचालन गर्ने भनेर जहाजको व्यस्थापन सम्हालेको नमस्ते एयरबाट फिर्ता लिएको थियो । सिम्रिकले ऋणदाता बैंकबाटै जहाज लिएको थियो । सिम्रिकले अग्निका पाँचवटै जहाज संचालन गर्ने गरी लिएको भएपनि यसले २ वटा मात्रै आवश्यक मर्मत गरेर संचालन गर्यो । बाँकी तीन वटा भने अहिलेसम्म पनि विमानस्थलमै थन्किरहेको छ । सोही जहाजलाई बैंकले लिलामी गरेर आफ्नो ऋण अशुल गर्ने प्रक्रिया अगाडि बढाएको हो । २०६९ सालमै नमस्ते एयरले अग्निले विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ऋण सकार्न तयार भएर जहाज संचलन गर्न सुरु गरिसकेको थियो । नमस्तेले अग्निका जहाजमा ३० करोड लगानी गरिसकेपछि यसलाई पुनः रामेश्व थापा नेतृत्वको सिम्रिक एयरले लिएको थियो । त्यतिबेला अग्निले ६५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तिय संस्थालाई तिर्नुपर्ने थियो । स्रोतका अनुसार हाल अग्निको प्रभु बैंकमा ३० करोड र नमस्ते एयरको २३ करोड ऋण रहेको छ । यही ऋण अशुल गर्न पनि बैंकले जहाज लिलामिमा राखेको हो ।
नविल बैंकले एकै पटक १० वटा शाखा विस्तार गर्ने
काठमाडौं । नविल बैंकले एकै पटक १० वटा शाखा विस्तार गर्ने तयारी थालेको छ । बैंकले उपत्यका बाहिरका बिभिन्न १० वटा शहरमा नयाँ शाखा सञ्जाल विस्तार गर्न लागेको हो । नविलले सुर्खेतको बिरेन्द्रनगर, सिरहाको लाहान, कैलालीको टिकापुर, कास्कीको तालचोक, बगर, र अमरसिंह चोकमा नयाँ शाखा विस्तार गर्न लागेको हो । त्यस्तै, दाङको लमही, महोत्तरीको बर्दिबास, चितवनको रत्न नगर र सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तारका लागि भाडामा घर खोजी गर्न थालेको छ । बैंकले भुई तल्ला वा पहिलो तल्लामा २००० देखि २५०० वर्गफुट क्षेत्रको घर खोजिरहेको छ । त्यस्तो घरमापानी र ३ फेजको विजुली लाइन तथा ६ मिटर चौँडाईको बाटो अनिवार्य हुनुपर्ने बैंकले जनाएको छ । बैंकले सो क्षेत्रमा त्यस्ता भवन मालिकहरुले असार ६ गतेभित्र भाडा दरसहित शिलबन्दी गरेर आवेदन दिन पनि भनेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीको ४८ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको ४८ हजार कित्ता सेयर लिलामीमा राखिएको छ । कम्पनीले गत चैतमा निष्काशन गरेको हकप्रद सेयर मध्ये आवेदन नपरेको संस्थापक समूहको ५ हजार ३३४ कित्ता र सर्वसाधारण समूहको ४२ हजार ७८८ कित्ता सेयर लिलामीमा राखिएको हो । प्रतिकित्ता १०० अंकित सेयर बढाबढ मूल्यमा बिक्री गरिन लागेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले जनाएको छ । उक्त सेयर खरिद गर्न चाहानेले असार ७ गतेसम्ममा लिलबन्दी आवेदन बुझाउनुपर्नेछ । असार ८ गते सेयर बाँडफाँड हुनेछ ।
भदौंको उत्पादन मिति राखेर जेठमै बजारमा समान, नेपाल डेरीलाई कारवाही
काठमाडौं । नेपाल डेरीले भदौको उत्पादन मिति राखेर जेठमै समान बजारमा पठाएको फेला परेको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागको बजार अनुगमन टोलीले सोमबार २०७४/५/१० र २०७४/०५/७ लेखिएका ४० मिलिटिरका २० थान प्रति कार्टुनका दरले जम्मा ५१ कार्टुन मिल्क फेला परेको हो । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले भदौंको म्याद राखेर बजारमा पठाउन लागिएका मिल्क जफत गरि नष्ट गरेको जानकारी दिए । त्यस्तै भदौंको उत्पादन मिति राखेर बजारमा पठाइएका सबै मिल्क फिर्ता ल्याएर नष्ट गर्न पनि विभागले निर्देशन दिएको उनले बताए । नेपाल डेरी विरुद्ध खाद्य ऐन अन्तर्गत लेबलिङमा खेलाँची गरेको आरोपमा मुद्धा चलाइने पनि उनले स्पष्ट पारे । विभागले आवश्यक कागजात सहित उद्योगका संचालकलाई तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएर छाडेको छ । निजी डेरी उद्योगमध्ये नेपाल डेरीका उत्पादनहरु उपभोक्ताको सर्वाधिक रोजाईमा पर्दै आएका थिए ।
बैकिङ पहुँचमा वयष्क मात्रै ९८ प्रतिशत, हजार जना वयष्कमध्ये ९८३ को बैंक खाता
काठमाडौं । मुलुकका करिब ९८ प्रतिशत वयष्कको बैंक खाता रहेको सरकारी तथ्यांकले देखाएको छ । अझै पनि अधिकांश ग्रामीण भेगमा वित्तीय पहुँच (बैंकिङ सेवा) पुर्याउन नसकेको आरोप लागिरहेको समयमा सरकारको यस्तो तथ्यांक बाहिर आएको हो । गत आइतबार सार्वजनिक आर्थिक वर्ष ०७३/७४ को आर्थिक सर्वेक्षणमा प्रति एक हजार वयष्क जनसंख्यामा ९ सय ८३ जनाको बैंक खाता रहेको उल्लेख छ । यो करिब ९८.३ प्रतिशत हुन आउँछ । यसको अर्थ वयष्क जनसंख्याको ९८ प्रतिशतकै बैंक खाता छ भन्ने नभएको सरकारी अधिकारीहरू बताउँछन् । हाल एकै व्यक्तिले एकभन्दा बढी खाता खोल्न सक्छन् र खोलेका पनि छन् । यसकारण बैंक खाताको संख्या बढी भएको अर्थ मन्त्रालयको भनाइ छ । यसरी खुलेका बैंक खातालाई वयष्कको संख्यासँग अनुपात निकाल्दा करिब ९८ प्रतिशतको बैंक खाता रहेको देखिन्छ । तथ्यांकमा अधिकांश वयष्कको बैंक खाता रहेको देखिए पनि वास्तविक रूपमा त्यसो नभएको आर्थिक सर्वेक्षण लेखनमा संलग्न अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्यालले बताए । ‘हामीले तथ्यांकले देखाएको कुरा बाहिर ल्याएका हौं,’ उनले भने, ‘एकै व्यक्तिले एकभन्दा बढी खाता खोल्न सक्ने भएकाले त्यस्तो देखिएको हुन सक्छ ।’ यथार्थमा वित्तीय पहुँच र वित्तीय साक्षरतामा मुलुक निकै पछि रहेको उनले बताए । उनले भने, ‘वित्तीय पहुँच र साक्षरतामा मुलुकको अवस्था दर्दनाक छ, ती सूचकमा सुधार गर्न ठूलै पहल आवश्यक छ ।’ सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था सहर केन्द्रित भएकै कारण ग्रामीण भेगमा अपेक्षित रूपमा वित्तीय पहुँच विस्तार हुन सकेको छैन । सहर बजारमा वित्तीय संस्थाहरूले एटीएमलगायत विभिन्न किसिमका आधुनिक बैंकिङ सेवाहरू प्रदान गरिरहेका छन् । यसकारण बैंक तथा वित्तीय संस्थामा युवाहरूको खाता संख्या धेरै देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए । ‘एटीएमलगायत अन्य आधुनिक बैंकिङले युवाहरूलाई आकर्षित गरेको देखिन्छ,’ उनले भने, ‘रेमिट्यान्स प्राप्ति र बैंकिङ बानीको विकासले पनि बैंक खाताको संख्या बढेको हुन सक्छ ।’ पछिल्ला वर्षहरूमा मोफसलका सहरी केन्द्रहरूमा शाखा खोल्ने क्रम बढेकाले वयष्कहरू बैंकिङ कारोबारमा आकर्षित भएको उनले जनाए । बहुबैकिङ लगायत कारण निक्षेप खाता संख्या धेरै देखिएपनि वित्तीय पहुँच र समावेशी वित्तीय विकासका हिसाबले मुलुक निकै पछि रहेको थापाको भनाइ छ । सर्वेक्षणमा वयष्क जनसंख्या भन्नाले १६ वर्ष देखि ६४ वर्ष सम्मका नागरिकलाई समेटिएको छ । आर्थिक वर्ष ०७३र७४ मा मुलुकको कुल जनसंख्या २ करोड ८८ लाख २५ हजार ७ सय ९ रहने केन्द्रीय तथ्यांक विभागको अनुमान छ । उक्त जनसंख्यामध्ये वयष्कको हिस्सा ६४।२५ प्रतिशत रहेको विभागको तथ्यांक छ । यसका आधारमा आर्थिक वर्ष ०७३/७४ मा वयष्क जनसंख्या १ करोड ८५ लाख २० हजार ५ सय १८ जना रहने देखिन्छ । उक्त जनसंख्यालाई आधार मानेर प्रति एक हजार वयष्कमा ९ सय ८३ जनाको बैंक खाता रहेको सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष ०७२र७३ मा प्रति एकहजार जनसंख्या बराबर ९ सय २९ वटा बैंक खाता थियो । मुलुकमा करिब ४० प्रतिशत जनसंख्याले मात्र औपचारिक बैकिङ सुविधा पाउँदै आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । सहकारीलगायत अन्य संघसंस्थाबाट २१ प्रतिशतले सेवा लिएका छन् । बाँकी ३९ प्रतिशतमा औपचारिक रूपमा कुनै पनि वित्तीय पहुँच नपुगेको अध्ययनले देखाएको छ । तर, वयष्कहरूमा वित्तीय पहुँचको अवस्था हेर्दा तुलनात्मक रूपमा राम्रो देखिएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण लेखनमा संलग्न राष्ट्र बैंकका उप निर्देशन बिरेन्द्र बुढाले बताए । विश्वका विकसित राष्ट्रहरूको तुलनामा नेपाली वयष्कहरूमा वित्तीय पहुँचको अवस्था कम भएपनि मध्यम आय भएका, अतिकम आय भएका र दक्षिण एसियाका अन्य राष्ट्रहरूको तुलनामा बढी रहेको उनले बताए । विश्व बैकको अनुसार सन् २०१६ मा युरोपियन राष्ट्रहरूमा प्रति एक हजार वयष्कमा १ हजार ३ सय ५७, उच्च आय भएका राष्ट्रहरूमा प्रति एक हजारमा १ हजार ८१, मध्यम आय भएका राष्ट्रमा ६ सय ४८ र अतिकम आय भएका राष्ट्रहरूमा ८८ वटा बैंक खाता रहेका छन । सोही अवधिमा दक्षिण एसियाका अन्य राष्ट्रहरूमा प्रति एक हजारमा वयष्कमा ४ सय ४३ बैंक खाता रहेको विश्बैकको तथ्यांक छ । वयष्क जनसंख्यामा निक्षेप खाता, एटिएम र बैंक शाखालाई वित्तीय पहुँच विस्तारमा प्रमुख परिसूचकका रूपमा लिइन्छ । कान्तिपुर दैनिकबाट ।
वायुसेवा निगमको साझेदारमा लुफ्थान्सा भित्रदैँ, ५ वटा प्रस्ताव माग्दा एउटै मात्र आवेदन
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारमा जर्मनीको लुफ्थान्सा कन्सल्टिङ छनोट हुने भएको छ । लुफ्थान्सालाई निगमको रणनीतिक साझेदार बनाउँन उपयुक्त हुने निष्कर्षसहित मूल्यांकन समितिले प्रक्रिया अगाडि बढाउन सिफारिश गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको प्रस्तावमा लुफ्थान्सा कन्सल्टिङ को मात्रै बोलपत्र परेको थियो । प्रस्तावको अध्ययन गर्न गठित समितिले आइतबार मन्त्रालयका सचिव तथा वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारलाई प्रक्रिया अगाडि बढाउन सिफारिश गरेको छ । सचिवस्तरीय निर्णयले एक महिनाअघि मन्त्रालयको हवाई महाशाखा सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा मूल्यांकन तथा सिफारिश समिति गठन गरेको थियो । हामीले लुफ्थान्साको प्रस्तावलमाथि हरेक कोणबाट अध्ययन गर्दा उपयुक्त देखेर थप प्रक्रिया अगाडि बढाउन सिफारिश गरेका छौ, समिति संयोजक लामिछानेले भने । मन्त्रालयले पाँचदेशबाट प्रसताव मागेको भएपनि जर्मनीबाट यो कम्पनीको मात्रै आउको उल्लेख छ । कारोबार दैनिकबाट ।
मध्यपहाडी लोकमार्गमा १ अर्ब ९५ करोड बजेट, ७७ करोड रुपैयाँ मात्रै खर्च
काठमाडौं । सरकारले राष्ट्रिय महत्व बोकेका राजमार्गमा आधुनिक सहर निर्माण गर्ने लक्ष्यसहित विभिन्न क्षेत्रमा नयाँ सहरहरु निर्माणको योजना सार्वजनिक गरेको छ । तर, यसको कार्यान्वयन भने सुस्ता देखिएको छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको मध्यपहाडि लोकमार्गमा अवस्थित नयाँ १० सहर निर्माणका लागि वार्षिक रुपमा विनियोजन गरिएको बजेट खर्चको अवस्था ४ वर्षको अवस्थामा ३९ प्रतिशत मात्रै छ । सरकारले २०६७/०६८ देखि आधुनिक सहर निर्माणको नीति सार्वजनिक गरेको हो । मध्यपहाडि लोकमार्गमाा चार वर्षमा ७७ करोड खर्च भएको छ । यो समयसम्मा भएको बजेट विनियोजन भने १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अभियान दैनिकबाट ।