कृषि विकास बैंकले कमायो एक अर्ब ५७ करोड
काठमाडौं । कृषि विकास बैंकले नौ महिनामा १ अर्ब ५७ करोड नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आवको सोही अवधीमा कमाएको भन्दा ३६ करोडले बढि हो । बैंकले गत आवको नौ महिनामा १ अर्ब २१ करोड नाफा कमाएको थियो । बैंकले पाँच अर्ब ९३ करोड ब्याज आम्दानी गरेर २ अर्ब ७७ करोड ब्याज खर्च गरेको छ । बैंकले नौ महिनामा ८९ अर्ब निक्षेप संकलन गरेर ८८ अर्ब कर्जा तथा लगानी प्रवाह गरेको छ । ३ दशमबल ३० खराब कर्जा भएको कृषि विकास बैंकले ३९ करोड राइटब्याक प्राप्त गरेको देखिन्छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैंयाँ ७४ पैसा छ भने प्रति सेयर नेटवर्थ २१९ रुपैंयाँ ९२ पैसा रहेको छ ।
बाहुबली–२ को कमाई ७५० करोड भारु
काठमाडौं । भारतीय चलचित्र बाहुबली–२ ले प्रदर्शनको एक हप्तामै ७५० करोड भारुको कारोबार गरेको छ । जम्मा २५० करोड भारुमा निर्माण गरिएको बाहुबली–२ ले संसारभरबाट एक हप्तामै ७५० करोड आम्लानी गरेको हो । यो चलचित्रले दैनिक १०० करोड भन्दा धेरै आम्दानी गरिरहेको छ । बाहुबलीको पहिलो पार्टले ६५० करोड आम्दानी गरेको थियो । हिन्दी, तामेल, मलायम र तेलगु भाषामा तयार भएको बाहुबली २ ले सबै भन्दा धेरै कमाउने भारतीय फिल्मको रेकर्ड बनाउने पक्का भएको छ । आमिर खानको पिकेले सबै भन्दा बढि ७९२ करोड कमाएको रेकर्ड छ । बाहुबली २ ले पिकेको रेकर्ड तोड्न अब ४२ करोड मात्रै बाँकी छ । अझै पनि यो फिल्म हेर्न दर्शक ओइरिररहेका छन् ।
एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस् २०१७’, एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम
काठमाडौं । देशकै अग्रणी मोवाइल सेवा प्रदायक कम्पनी एनसेल एशिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड संचालकसँग सहकार्य गर्दै, स्थानियवासीलाई सञ्चार तथा उर्जा सेवा पु¥याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको हो । एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्ट अन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’, चाईना युनिकमको इन्टरनेट अफ थिङ्गस्मा आधारित स्मार्ट पार्किङ्ग र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडी पार्दै यो अवार्ड हात पार्न सफल भएको हो । टेलिकम एसियाका स्वतन्त्र निर्णयक मण्डलले नवीनता, वित्तिय प्रर्दशन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासन लगायतका मापदण्डका आधारमा प्रोजेक्टहरुको मुल्याङ्कन गर्दै एनसेलको पहललाई उत्कृष्ट ठहर गरेका थिए । बुधबार मलेसियामा आयोजित २० औं टेलिकम एसिया अवार्डस्को समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । एनसेलकीे कर्पोरेट संवाद निर्देशक सञ्जु कोईरालाले उक्त अवार्ड ग्रहण गरेकी थिइन् । “राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सहज सेवा सुनिश्चित गर्ने र अफ ग्रीड समुदायका सञ्चारको मागलाई सम्बोधन गर्ने उद्देश्य लिई संचालन गरिएको यो प्रोजेक्टले अन्र्तराष्ट्रिय सम्मान प्राप्त गरेकोमा हामी हर्षित छौं । यो अवार्ड नवीन सहकार्य गर्दै देशको सामाजिक तथा आर्थिक विकासका लागि एनसेल सधै कटिवद्घ रहेको छ भन्ने प्रमाण हो,” एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्स्ले भने । यो परियोजनामा एनसेल तथा स्थानिय लघुग्रीड संचालक घाम पावर नेपाल प्रा.लिले सहकार्य गर्दै बिजुलीको राष्ट्रिय प्रशारण लाइन नपुगेका खोटाङ्ग तथा उदयपुर जिल्लाका समुदायहरुमा उर्जा र मोबाइल सेवा प्रदान गर्दै आएका छन् । यसले स्थानिय तहमा नयाँ अवसरहरुको सिर्जना गरेको छ । यो आयोजनाले गर्दा ३१ गाविसका बासिन्दाहरुमाझ एनसेलको मोबाइल सेवा पुगेको छ । लघुग्रीडहरुसँग सौर्य उर्जा आपुर्तिको थप क्षमता पनि भएकाले स्थानिय समुदायको विद्युतीकरणमा पनि योगदान पुगेको छ, जसले गर्दा नयाँ आर्थिक र सामाजिक लाभका अवसरहरुको सिर्जना भएको छ । भरपर्दो मोबाइल सेवा तथा उर्जा आपुर्तिका कारण साना तथा मझौला उद्योगहरु जस्तै ईलेक्ट्रिक ग्राइन्ङिङ्ग मिल, कम्प्युटर सेन्टरहरु, रेस्टुरेन्ट र पेट्रोल पम्पहरु खुलेका छन् र स्थानिय स्तरमा नै रोजगारीका अवसरहरु सिर्जना भएका छन् । विद्यालय जाने बालबालिकाहरुले साँझमा अबेरसम्म पढ्न लेख्न पाएका छन् । धुँवा तथा मटितेलका बत्तिहहरुले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरुबाट मुक्ति मिलेको छ । समाजमा विभिन्न योगदान पुर्याए वापत एनसेल गत वर्ष पनि अन्र्तराष्ट्रिय पुरस्कारहरुबाट सम्मानित भएको थियो । कम्पनीले ‘मोबाइल इन इमरजेन्सी अर ह्युम्यानिटेरियन सिचुएसन्स्’ विधामा जिएसएमएबाट ग्लोबल मोवाइल अवार्डस् २०१६ र फ्रोस्ट एण्ड सलिभन एसिया प्यासिफिक अवार्डस् २०१६ मा नेपालको उत्कृष्ट टेलिकम कम्पनीको अवार्ड पाएको थियो ।
एसविआई बैंकको नाफा १ अर्ब १० करोड, खराव कर्जा सबैभन्दा न्यून विन्दूमा
काठमाडौं । नेपाल एसविआई बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा १ अर्ब १० करोडरुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५ करोड रुपैयाँले बढी हो । बैंकको सञ्चालन नाफा १ अर्ब ७५ करोड रुपैयाँ छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड रुपैयाँ छ । जगेडा तथा संचित कोषमा ३ अर्ब ११ रुपैयाँ छ । बैंकले चैत मसान्तसम्ममा ८५ अर्ब ३७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ भने कर्जा सापटी ६१ अर्ब ६१ करोड र लगानी १९ अर्ब ७७ करोड गरेको छ । कर्जा निक्षेप अनुपात ७२ प्रतिशत छ । बैंकको खराव कर्जा शुन्य दशमलव १२ प्रतिशत छ जुन वाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम हो । बैंकको कष्ट अफ फण्ड २.९६ प्रतिशत छ, जुन अहिलेको बजारमा निकै कम हो । यसले बैंकको नाफा वृद्धिलाई सहयोग गर्छ । बैंकको आरओई २० रुपैयाँ ४१ पैसा छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ छ । पीई रेसियो ४९ प्रतिशत छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १४५० रुपैयाँमा कारोबार भईरहेको छ ।
सनराईज बैंकको नाफा ४७ प्रतिशतले वृद्धि, लगानीकर्ताको प्रतिफलमा ३ प्रतिशतले गिरावट
काठमाडौं । सनराईज बैंकका नाफा ४७ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ८६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५८ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद नाफा बढेपनि रिटर्न अन इक्वीटी अर्थात प्रतिसेयर आम्दानी घटेको छ । गत वर्ष रिटर्न अन इक्वीटी १८.०१ प्रतिशत रहेकोमा यो वर्ष १५.५५ प्रतिशतमा झरेको छ । यसको अर्थ लगानीकर्ताले पाउने लाभांशमा करिव ३ प्रतिशतले घटेको देखिएको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रुपैयाँ छ । जगेडा तथा संचित कोषमा २ अर्ब रुपैयाँ छ । बैंकले चैत मसान्तसम्ममा ५६ अर्ब २९ रुपैयाँ निक्षेप परिचालन गरेको छ भने कर्जा सापटी ५० अर्ब ८६ करोड र लगानी ७ अर्ब ७२ करोड गरेको छ । कर्जा निक्षेप अनुपात ७९ प्रतिशत छ । बैंकको खराव कर्जा १.५ प्रतिशत छ जुन पुस मसान्तको तुलनामा केही बढी हो । बैंकको कष्ट अफ फण्ड बढेर ४.४३ प्रतिशत पुगेको छ ।
नेसनल ट्रेडिङले टेकुको ५१ रोपनी जग्गा बेच्ने, आयल निगमदेखि ठूला कर्पोरेट हाउसहरु किन्ने प्रयासमा
काठमाडौं । आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङ लिमिटेडको जग्गा बिक्रीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । मन्त्रालयले बिहीबार संस्थाका नाममा टेकमा रहेको ५१ रोपनी जग्गा बिक्री गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको हो । अर्थ मन्त्रालयको सहमतिमा आपूर्ति मन्त्रालयले जग्गा बिक्री गर्न प्रस्ताव गरेको हो । कुनै विकल्प नदिई विगतमा गर्दै आएकोे कारोबारमा समेत सरकारले रोक लगाएपछि निरन्तर घाटामा गएको लिमिटेडका विभिन्न निकायको ऋण तिर्न र स्वेच्छिक अवकाश लिने कर्मचारीको दायित्व पूरा गर्न जग्गा बिक्री गर्न लागेको छ । जग्गा बिक्री गर्नुअघि संस्थाले आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा तीनवटा प्रस्ताव गरेको थियो । यसअनुसार पहिलो प्रस्तावका रूपमा टेकुको जग्गा सरकारले नै खरिद गरिदिनुपर्ने विषय अघि सारिएको थियो । दोस्रो प्रस्ताव नेसनलले टेकुको जग्गा सरकारी निकायलाई बिक्री गर्न दिनुपर्ने थियो । यस्तै तेस्रोमा व्यापार प्रवद्र्धन गर्न रकम उपलब्ध गराइ दिनुपर्ने प्रस्ताव आपूर्ति मन्त्रालयले गरेको थियो । नेसनल ट्रेडिङ लिमिटेडका महाप्रबन्धक लवराज जोशीले तीनवटा प्रस्तावमध्ये अर्थ मन्त्रालयले दोस्रो प्रस्तावमा वैशाख पहिलो साता सहमति दिएको थियो । ‘सोही सहमतिका आधारमा आपूर्ति मन्त्रालयले जग्गा बिक्रीका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो’, महाप्रबन्धक जोशीले भने । उनका अनुसार टेकुको जग्गा चलन चल्ति मूल्यमा नेपाल आयल निगमले लिन स्वीकार गरेको छ । आपूर्ति मन्त्रालयले टेकुको जग्गा निगमको नाममा बिक्री गर्ने आन्तरिक तयारी सम्पन्न गरिसकेको छ । साे जग्गा किन्न निजी क्षेत्रका ठूला कर्पोरेट हाउसहरु पनि लविङमा छन् । निगमले करिब दुई अर्ब ५० करोडमा जग्गा खरिद गर्न मन्त्रालयमा इच्छा व्यक्त गरेको छ । ड्युटी फ्रीको रक्सी आयात गरी बिक्री गर्दै आएको नेसनलको कारोबारमाथि २०६५ मा डा . बाबुराम भट्टराई अर्थमन्त्री हुँदा रोक लगाएका थिए । यसपछि संस्था निरन्तर घाटामा गएको हो । आपूर्तिले मन्त्रिपरिषद्बार सहमति मागेको टेकुको ५१ रोपनी जग्गाको बजार मूल्य दुई अर्ब ५० करोड रुपैयाँ पर्छ । जग्गामा २०२२ सालमा निर्माण भएको अहिले चारवटा ठूलो गोदाम, एकवटा प्रशासनिक घर र एक चालू अवस्थाको पेट्रोल पम्प छन् । जोशीका अनुसार सरकारको ऋण दायित्व करिब एक अर्ब १२ करोड रुपैयाँ छ । यस्तै स्वेच्छिक अवकाशमा जाने कुल दुई सय ९१ कर्मचारीको उपदान, चार वर्षको सञ्चय कोष र ६ महिनाको तलब गरी एक अर्ब ६६ करोड रुपैयाँ तिर्नुपर्ने अवस्था छ । ‘टेकुको जग्गा बिक्री भएपछि सोही रकमबाट सरकारको सम्पूर्ण ऋण र स्वेच्छिक अवकाशमा जाने कर्मचारीको भुक्तानी गरिनेछ’, जोशीले जानकारी दिनुभयो । नेसनलका प्रवक्ता गोपाल घिमिरेका अनुसार कर्मचारीले स्वेच्छिक अवकाश लिन दुई महिनाअघि निवेदन बुझाइसकेका छन् । स्वेच्छिक अवकाशमा जाने हरेक कर्मचारीले करिब ५० लाख रुपैयाँको दरमा उपदान प्राप्त गर्नेछन् । करिब एक अर्ब घाटा रहेको संस्थाले वार्षिक पाँच करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । १६ करोडको पुँजीबाट कम्पनीले हाल २२ अर्बको सम्पत्ति आर्जन गरेको छ । संस्थासँग टेकु बाहेक रामशाहपथस्थित २५ रोपनी जग्गासहित भौतिक पूर्वाधार र बिक्री केन्द्र छ । यस्तै भैरहवामा पोनै दुई बिघा, नेपालगन्जमा एक बिघा, सुर्खेतमा ११ कठ्ठा, धनगढीमा डेढ बिघा, महेन्द्रनगरमा डेढ बिघा, वीरगन्जमा साढे पाँच बिघा, विराटनगरमा चार बिघा र पोखरामा २२ रोपनी जग्गा छ । यस्ता स्थानमा भौतिक पूर्वाधार र बिक्री केन्द्रको सुविधा पनि यथावत् छ । प्रायः सबै जिल्लामा ट्रेडिङको आफ्नै भौतिक पूर्वाधारसहितको गोदाम र कार्यालय छ । यस्तै विशालबजार, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल ल्युव आयल, साझा भण्डार, साझा सेवा, गोरखकाली रबर उद्योग र हिमाल सिमेन्ट उद्योगमा पनि संस्थाको ठूलो लगानी छ । स्टेट ट्रेडिङ सेन्टर टेकुको जग्गा बिक्री गरेबापत प्राप्त हुने रकमबाट सबै हिसाब फरफारक गरी बाँकी रहने रकम सीड मनिका रूपमा राखिनेछ । यो रकम अन्तर्राष्ट्रियस्तरको स्टेट ट्रेडिङ सेन्टर वा नेसनल, नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड र टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गरिनेछ । उक्त सेन्टर वा कम्पनीमार्फत थोकमा मात्रै बिक्री गर्ने उद्देश्यले खाद्यान्न, चिनी, रासायनिक मल, खानेतेल, दाल, विटुमिनलगायतको कारोबार गरिने योजना अघि बढाइएको छ । यो संस्थामार्फत तेस्रो मुलुकबाट पेट्रोलियम र ग्यासको आयात गरी थोक कारोबार गर्ने तयारी पनि आपूर्ति मन्त्रालयको छ । अत्याधुनिक कर्पोरेट हाउस नेपाल आयल निगमले नेसनलसँग खरिद गर्न लागेको टेकुको जग्गामा अत्याधुनिक कर्पोरेट हाउस वा पेट्रोलियम हब निर्माण गर्ने आन्तरिक तयारी गरेको छ । निगमले उक्त जग्गामा कर्पोरेट हाउसअन्तर्गत सातवटा विभागसहितको अत्याधुनिक प्रशासनिक भवन निर्माण गर्ने योजना बनाएको छ । (अन्नपूर्ण पाेटबाट)
एनसेलले पायो फोरजी सेवा अनुमति, पहिलो चरणमा काठमाडौं, पोखरा र दमौलीमा सेवा दिने
काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) संचालनको अनुमति पाएको छ। नेपाल दूरसंचार प्राधिकरणले बुधबार एनसेललाई फोरजी संचालन गर्न अनुमति दिएको हो। प्राधिकरण संचालक समितिको बुधबार बसेको वैठकले एनसेललाई फोरजी संचालनको अनुमति दिइएको स्रोतले जानकारी दियो। अघिल्लो साता विकास समितिले उपभोक्ताको अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकार निकायलाई एनसेलको फोरजी सेवा स्विकृत गर्न निर्देशन दिएको थियो। एनसेलले अनुमति पाएको एक महिनाभित्र फोरजी सेवा संचालमा ल्याउन सक्ने कार्ययोजना प्राधिकरणमा पेश गरेको छ। एनसेलले पहिलो चरणमा काठमाडौं सहित पोखरा र दमौलीमा फोरजी सेवा संचालन गर्ने बताएको छ। प्राधिकरणलाई आफ्नो विस्तृत कार्ययोजना पेश गर्दै पहिलो चरणमा तीन ठाउँमा सेवा संचालन गर्ने बताएको हो। एनसेलले प्राधिकरणलाई बुझाएको विस्तृत कार्ययोजनामा दोस्रो चरणमा विराटनगर, भैरहवा र बुटबल जस्ता प्रमुख सहरमा फोरजी सेवा संचालन गर्ने जनाएको छ। प्राधिकरणले नेपाल टेलिकमपछि एनसेलसँग आफ्नो सेवा संचालनको विस्तृत कार्ययोजना पेश गर्न तिहार अघि नै अनुरोध गरेको थियो। प्राधिकरणले कुन कुन प्रविधिमा आधारित के कस्तो सेवा ग्राहकलाई प्रदान गर्ने हो, ती सेवाहरु के कसरी सञ्चालन तथा देशभर विस्तार गर्ने हो र यसका लागि न्यूनतम कति फ्रिक्वेन्सी आवश्यक पर्ने हो लगायत जानकारी समावेश गरी विस्तृत कार्ययोजना माग गरिएको थियो। एनसेलले फोरजी सेवा स्विकृतिको लागि ६ वर्षपछि सरकारले फ्रिक्वेन्सी माग गरेको थियो। पहिलोपटक एनसेलले असोज २०६७ मा फोरजीका लागि प्राधिकरणसमक्ष फ्रिक्वेन्सी माग गरेको थियो। सरकारले गरेको नीतिगत परिमार्जन अनुरुप फोरजी सेवाका लागि एनसेलले १८०० मेगाहर्ज ब्यान्डमा २० मेगाहर्ज थप फ्रिक्वेन्सी माग गरेको थियो। नीतिले १८०० मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता अवलम्बन गरेको छ र एउटा सेवा प्रदायक कम्पनीलाई २० मेगाहर्जसम्म फ्रिक्वेन्सी दिन सकिने व्यवस्था गरेको छ। अहिले यो ब्यान्डमा एनसेलले ११ मेगाहर्ज र नेपाल टेलिकमले १५ मेगाहर्ज पाएका छन् र यी फ्रिक्वेन्सीहरु टुजी प्रविधिमा आधारित मोबाइल सेवा सञ्चालनमा प्रयोग भइरहेको छन्। प्रविधि तटस्थता अन्तर्गत सेवा प्रदायकले प्राधिकरणको अनुमतिमा सोही ब्यान्डमा तोकिएको फ्रिक्वेन्सी प्रयोग गरी थि्रजी वा फोरजी सेवा दिन सक्छन्। एनसेल फोरजी सेवा संचालन गर्ने दोस्रो टेलिकम कम्पनी बन्ने भएको छ। यस अघि नै नेपाल टेलिकमले यो सेवा लिइ सकेको छ। नेपाल टेलिकमले पुस १ गतेबाट काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गरिसकेको छ। फोरजी थि्रजीको विकसित रुप हो। फोरजीमा मोबाइल इन्टरनेटको गतिमा सुधार हुने र ग्राहकले सजिलैसँग अनलाइन भिडियो हेर्न, भिडियो कन्फ्रेन्सिङ, गेम खेल्न, ठूला फाइल सजिलै डाउनलोड गर्न सक्नेछन्। भारतमा हाल ४० एमबी प्रति सेकेन्डसम्मको गतिमा यो सेवा त्यहाँका कम्पनीले उपलब्ध गराइरहेका छन्। नेपाल भने लामो समयको प्रयासपछि सरकारले फोरजी सेवा संचालन गर्न सक्ने अनुमती दिन थालेको हो। टेलिकम कम्पनीहरूले भने पाँच छ वर्ष पहिलादेखी नै फोरजी सेवा संचालन गर्न सक्ने बताउँदै आएका थिए। एनसेलले अहिले काठमाडौंमा आफ्नो थि्रजी प्रविधिमा आधारित नेटवर्कमा आधुनिकीकरण गरेर २१ एमबी प्रतिसेकेन्ड गतिसम्मको इन्टरनेट सेवा दिइरहेको छ र मोबाइल सेवा ७५ जिल्लामा पुर्याइसकेको जनाएको छ। प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार, गत आर्थिक वर्षको अन्त्यसम्ममा एनसेलको डाटा सेवा ५८ लाख ५५ हजार ४ सय ६४ ग्राहकले लिएका छन्। १ करोड ४१ लाख ४५ हजार ७ सय ५८ ग्राहकले यस कम्पनीको मोबाइल सेवा लिएका छन्। (नागरिकबाट)
३ महिनामा फेसबुकको नाफा ३ अर्ब डलर, सेवा सुधार्न ३ हजार कर्मचारी थप्ने घोषणा
क्यालिफोर्निया- फेसबुकभित्रको संसार फराकिलो हुँदै गएको छ। मार्क जुकेरबर्गको फेसबुकले फिचरहरु बढाइरहँदा यसका प्रयोगकर्ता पनि थपिने क्रम बढेको हो। पछिल्लो तथ्याङ्कले फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक पुगेको देखाएको छ। फेसबुकले भनेको छ , ‘प्रत्येक महिना सक्रिय फेसबुक प्रयोग गर्नेहरुको संख्या बढेर १ अर्ब ९४ करोड पुगेको छ।’ यी मध्ये १ अर्ब ३० करोड व्यक्ति प्रत्येक दिन फेसबुकमा आउने गरेको उसको दाबी छ। सन् २०१७ को पहिलो ३ महिनामा फेसबुकको नाफा बढेर ३ अर्ब डलर पुगेको छ। यो गत वर्षकोभन्दा ७६ प्रतिशत वृद्धि हो। फेसबुकले विज्ञापनबाट हुने आम्दानी घट्ने प्रक्षेपण गरेको छ। फेसबुक पछिल्लो समय सामाजिक अपराधका कारण विवादित बनिरहँदा उसले विज्ञापनबाट गर्दै आएको कमाइ घट्ने अनुमान गरेको हो। बुधबार फेसबुक संस्थापक एवं सिइओ मार्क जुकेरबर्गले आपत्तिजनक एवं हिंसाका सामग्री रोक्न कडाइ गर्ने घोषणा गरे। उनले कन्टेन्ट मोडरेट गर्न ३ हजार कर्मचारी भर्ना गर्ने जानकारी दिए।