यी हुन् कांग्रेसले अन्तर्घात भनेका २१ निर्वाचन क्षेत्र
काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै कम्तीमा २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय बेहोर्नुपरेको निष्कर्स निकालेको छ । पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रारम्भिक विश्लेषणले धेरै नजिकका प्रतिस्पर्धात्मक क्षेत्रमा आन्तरिक असहयोग निर्णायक बनेको औंल्याएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सानो मतान्तरले गुमाइएका क्षेत्रमा संगठनभित्रको असन्तुष्टि, समन्वय अभाव र अन्तर्घात प्रमुख कारणका रूपमा देखिएका छन् । उनले ५ सय देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका अधिकांश क्षेत्रमा आन्तरिक असहयोग नै निर्णायक बनेको जानकारी दिए । बैठकमा नेताहरूले ताप्लेजुङ, ओखलढुंगा, धनुषा–१ र सिन्धुपाल्चोक–२ लगायतका क्षेत्रमा अन्तर्घातका कारण उम्मेदवारहरू पराजित भएको बताएका थिए । त्यस्तै, स्याङ्जा–२, दार्चुला र बैतडीमा पनि पार्टीभित्रकै असहयोगका कारण परिणाम प्रभावित भएको विषय केन्द्रीय सदस्यहरूले बैठकमा उठाएका थिए । डडेलधुरा, संखुवासभा, धनकुटा र भोजपुरमा समेत उम्मेदवारहरूको हारमा अन्तर्घात प्रमुख कारण रहेको उक्त क्षेत्रका केन्द्रीय सदस्यहरूले बैठकमा बताएको एक केन्दीय सदस्यले बताएका थिए । यद्यपि बैठकमा औपचारिक रूपमा ११ निर्वाचन क्षेत्रको मात्रै विस्तृत समीक्षा भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रवक्ता चालिसेले भने समग्रमा २१ निर्वाचन क्षेत्रमा अन्तर्घातका कारण पराजय भएको निष्कर्ष पार्टीले निकालेको बताएका थिए । उनका अनुसार ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा हारिएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियानको प्रभावकारितामा कमी देखिएको हो । त्यसैगरी, ५ हजारदेखि १० हजारसम्मको मतान्तरले पराजित भएका क्षेत्रमा भने अन्तर्घातसँगै कमजोर चुनावी रणनीति र विपक्षी दलहरूले निर्माण गरेको प्रतिकूल राजनीतिक न्यारेटिभले काँग्रेसलाई असर पारेको विश्लेषण गरिएको प्रवक्ता चालिसेले जानकारी दिए।
२१ ठाउँमा अन्तर्घात भएर पराजित भइयो : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षामा पार्टीभित्रकै अन्तर्घातका कारण धेरै निर्वाचन क्षेत्रमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ । केन्द्रीय समितिको जारी बैठकमा प्रस्तुत प्रारम्भिक विश्लेषणअनुसार कम्तिमा दुई दर्जन नजिकका क्षेत्रमा आन्तरिक असहयोग निर्णायक कारक बनेको देखिएको हो । पार्टी प्रवक्ता देवराज चालिसेले सानो मतान्तरले गुमाइएका क्षेत्रहरूमा संगठनभित्रको असन्तुष्टि र समन्वय अभाव प्रमुख कारणका रूपमा देखिएको बताए । उनका अनुसार ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रमा आन्तरिक असहयोग नै मुख्य जिम्मेवार रहेको निष्कर्ष पार्टीले निकालेको छ । कांग्रेसले पराजय भोगेका २१ निर्वाचन क्षेत्रमा आन्तरीक असहयोगकै कारण पार्टीका उम्मेदवारहरु पराजित भएको चालिसेले जानकारी दिए । ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा पराजित भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियानको प्रभावकारितामा कमी देखिएको उनले उल्लेख गरे । अझ ठूलो, ५ हजारदेखि १० हजारसम्मको अन्तरले हारिएका स्थानहरूमा भने अन्तर्घात, कमजोर चुनावी रणनीति र विपक्षीले निर्माण गरेको प्रतिकूल न्यारेटिभले कांग्रेसले पराजय भोगेको हो चालिसेले बताए ।
रास्वपा केन्द्रीय समिति बैठक चैत १२ गते बस्ने, बालेनलाई संसदीय दलको नेता बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र शीर्ष नेतृत्वबीच भएको सातबुँदे सहमति कार्यान्वयनतर्फ अघि बढेको छ । पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह बालेनबीच भएको सहमति कार्यान्वयन गर्नेगरी विधान संसोधन गर्न चैत १२ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । पूर्वसहमति अनुसार शाहलाई संसदीय दलको नेता बनाउने गरी विधान संसोधन गर्न उक्त बैठक बोलाइएको हो । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १२ गते केन्द्रीय समिति बैठक आयोजना गरिएको छ । सर्वसम्मति भएपछि दलको विधान संशोधन गर्न जरुरी नहुने महामन्त्री बुर्लाकोटीले बताए । गत पुस १३ गते भएको सात बुँदे सहमतिअनुसार लामिछाने पार्टीको सभापति रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा शाहलाई अघि सार्ने समझदारी बनेको थियो । सोही सहमतिअनुसार अहिले संसदीय नेतृत्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको हो । महामन्त्री बुर्लाकोटीका अनुसार सातबुँदे समझदारीमा पार्टीभित्र कार्यकारी नेतृत्व र संसदीय नेतृत्वलाई छुट्टाछुट्टै रूपमा अघि बढाउने रणनीति तय गरिएको छ । यसअनुसार पार्टीको समग्र संगठनात्मक जिम्मेवारी सभापति लामिछानेकै नेतृत्वमा रहनेछ भने संसदभित्रको नेतृत्व शाहले सम्हाल्नेछन् ।