सुनसरी १ मा ८० हजार मत गणना हुँदा हर्कले ३४ हजार कटाए

काठमाडौं । सुनसरी १ मा श्रम संस्कृतिका पार्टीका उम्मेदवार हर्क साम्पाङ राईले अग्रता कायमै राखेका छन् । उनले ३४ हजार ३४१ मत ल्याएका छन् ।  रास्वपाका शरिन तामाङले २३ हजार ८६३, तारा चिन्हका मनोज भट्टराईले ५ हजार ८७४, एमालेका टिकाराम लिम्बुले ५ हजार ६८७ र नेपाली कांग्रेसका सुजेन्द्र गोलेले ३ हजार ६०९ मत पाएका छन् ।  

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार उनी १७ हजार १७३ मत पाउँदै विजयी भएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश शाहले तीन ४२८ मत पाए ।

सर्लाही–३ मा रास्वपाका नरेन्द्र साह विजयी, नारायणकाजी श्रेष्ठ पराजित

काठमाडौं । सर्लाही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  नरेन्द्र साह निर्वाचित भएका छन् । साहले ४६ हजार ८ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले १३ हजार ३ सय ३८ मत ल्याएर दोस्रो भए । तेस्रोमा नेपाली कांग्रेसका बिनोद खनालले ६ हजार ६ सय २४ मत ल्याएका छन् ।