विकासन्युज

बचत गर्न नयाँ बैंकमा फाइदा, ऋण लिन पुराना बैंकमा फाइदा

काठमाडौं, २९ पुस । बैंकबाट ऋण लिदै हुनुहुन्छ ?  वा आफुसँग भएको पैसा डिपोजिट गर्ने सोँचमा हुनुहुन्छ ? ख्याल गर्नुहाेस्-तपाईका लागि निक्षेप राख्न र ऋण लिन छुट्टा छुट्टै बैंक उपयुक्त हुन सक्छन् । यतिबेला निक्षेप राख्न नयाँ बाणिज्य बैंक उपयुक्त देखिएका छन् । नयाँ बाणिज्य बैंकहरुले उच्च ब्याज दरमा निक्षेप आव्हान गरिरहेका छन् । तपाईले नयाँ बैंकमा मुद्दति निक्षेप राख्नुभयो भने दुई अंकसम्मको ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ । तर तपाईलाई ऋण लिन भने पुराना बाणिज्य बैंक उपयुक्त देखिन्छन् । पुराना बैंकले न्युन ब्याजदरमा ऋण अफर गरिरहेका छन् । यी हुन धेरै ब्याज दिने बैंक अधिकांश नयाँ बैंकले मुद्दति निक्षेपमा उच्च ब्याजदर दिईरहेका छन् । जसमा सिभिल बैंक, जनता बैंक, मेगा बैंक लगायत पर्छन् । यी सबै नयाँ बैंक हुन् । जनता बैंक नेपालले पुस १७ गतेदेखि १०० दिन अवधिको मुद्दती खातामा १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ । मेघा बैंकले १० प्रतिशत ब्याज नै दिने भनेको छ । त्यस्तै सिभिल बैंकले १११ दिने मुद्दति खातामा ११ दशमलव १ प्रतिशत व्याज दिने योजना अघि सारेको छ । पुराना र स्थापित बैंकहरुले भने निक्षेपकर्तालाई ८ प्रतिशतभन्दा कम व्याज दिदै आएका छन् । ऋण लिन पुराना बैंक पैसा बचत गर्न नयाँ बैंक फाइदा जनक छ । तर ऋण लिन पुराना बैंक बैंकबाट फाइदान हुन्छ । नयाँ बैंकले नयाँ कर्जाको लागि १४/१५ प्रतिशत व्याज लिन थालेका छन् । तर पुराना बैंकले ९ प्रतिशतभन्दा कम व्याजदरमा पनि कर्जा दिईरहेको छन् । पुराना बैंकहरुले एक अंकको ब्याजदरमा ऋण दिइरहेका छन् । यसरी एक अंकको ब्याजदरमा ऋण दिने बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत रहेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ७ दशमलव २५ प्रतिशतमा घर कर्जा दिदै आएको छ । साथै घर बनाउन कर्जा लिन ग्राहकलाई २० हजार अनुदान समेत दिने स्कीम ल्याएको छ । राष्ट्रिय बाणिज्य बैंकले व्यवसायिक कर्जा साढे ७ देखि ८ प्रतिशतमा  दिईरहेको छ भने हाउजिङ तथा रियल स्टेट कर्जा ९ देखि १० प्रतिशतमा दिईरहेको छ । बैंकले साढे ७ प्रतिशत ब्याजदरमा अटो लोन दिईरहेको छ । नेपाल बैंकले पनि न्युन ब्याजदरमा ऋण प्रवाह गरिरहेको छ । बैंकले ९ प्रतिशतमा घर कर्जा दिईरहेको छ भने व्यवसायिक ऋण साढे ८ प्रतिशतमै दिईरहेको छ । नयाँ बैंकले नयाँ कर्जाको व्याज १४/१५ प्रतिशत पुर्याएका छन् । ग्लोबल आईएमई बैंकले शुक्रबार जारी गरेको व्याजदरको सम्बन्धी सूचनामा कर्जाको अधिकतम व्याज १५ दशमलव ५ प्रतिशत पुगेको जनाएको छ । व्याजदर महँगो भएको समयमा बैंकतथा वित्तीय संस्थाहरुले कर्जा प्रोसेशिङ शुल्क १ देखि २ प्रतिशतसम्म लिन थालेका छन् । नयाँ बैंकहरु निक्षेप आकर्षित गर्ने होडबाजीमा लागिरहेका बेला स्थापित तथा पुराना बाणिज्य बैंकहरुले कम ब्याजदरमा धमाधम ऋण प्रवाह गरिरहेका छन् ।

सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त

काठमाडौं, २९ पुस । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आत्रेयलाई आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक नियुक्त गरेको हो । आत्रेयले नियुक्त पाएकै दिन देखि कम्पनीको कार्यभार सम्हाल्नेछन् । उनीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा रहदा उनले नेपाल बैंकमा करिव ३ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका थिए । हाल उनी व्यवसायिक घराना विशाल ग्रुप निकट भएर विभिन्न कम्पनीको जिम्मेवारी समाल्दै आएका छन् । डा आत्रेय हाल इमर्जी नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत छन् ।

एलजीले ल्यायो ‘इञ्जोय टिभी रेञ्ज’ बजारमा

काठमाडौं, २९ पुस । एलजी ब्राण्डले ब्रिङगिङ् रिएल जोए इन योर लाइफ भन्ने ‘इञ्जोय टिभी रेञ्ज’ बजारमा ल्याएको छ । अन्य कम्पनी तथा ब्राण्डको तुलनामा उक्त टिभी फरक र अतुलनिय रहेको कम्पनीले जनाएको छ । उक्त टिभीमा ट्रियू करल एकुरेसी, ठूलो साइज, प्रष्टता, मेटालिक डिजाइन जस्ता विभन्न विशेषता रहेको कम्पनीले जनाएको छ । साथै, टिभीको एन्टी सक स्क्रीनमा वास्तविकता तथा एकरुपता पाइने छ भने यसका ३२ र त्यस माथिका सबै मोडलका टिभीहरुमा आइपिइस प्यानलहरु रहेका छन् । इञ्जोय टिभी सेरिजले दर्शकलाई भरपुर मनोरञ्जन दिनुका साथै सबै दृष्टिकोणबाट कोलाहल प्रकाश आदीबाट सुरक्षित र स्वतन्त्रता महशुस गराउँदछ । जसले श्रोत र उर्जाको उचित बचत गर्नुका साथै विभिन्न अनौठा र नयाँ नयाँ गेमहरु पनि डाउनलोड या सेटिङ्ग गरेर हेर्न सकिने कम्पनीले जनाएको छ ।

माघे सक्रान्तिको अवसरमा चन्द्रागिरिमा कन्सर्ट, कन्सर्ट अपरान्ह १२ बजेदेखि शुरु

काठमाडौं, २९ पुस ।  नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा माघे सक्रान्तिको अवसरमा कन्सर्ट हुने भएको छ । कन्सर्टमा मायाको डोरीले, ओमिरी जस्ता गितका चर्चित गायक दिपक बज्रचार्य, चर्चित कमेडियन एवम् जादुगर महादेव त्रिपाठी, नृत्यमा चर्चा कमाएको कार्टुन क्रुज आदिको बेजोड प्रस्तुति रहने छ । माघ १ गते शनिबार अपरान्ह १२ बजे बाट शुरु हुने उक्त कार्यक्रमको व्यवस्थापक तथा संयोजन दिनेश डिसी प्रोडक्सनले गर्ने आयोजकले जनाएका छन् । श्री स्वस्थानी ब्रतकथामा सतिदेवीको निधार पतन भएर उत्पन्न भएको भालेश्वर महादेवको मन्दिर अवस्थित चन्द्रागिरिमा अहिले चन्द्रागिरि हिल्सले केबलकार सहित एकीकृत पर्यटकीय केन्द्र निर्माण गरेको छ । यात्रा, हिमाली शृंखलाका मनमोहक दृश्य, शान्त पहाडको वातावरण , वालबालीकाको लागि विभिन्न निःशुल्क खेलको व्यवस्था चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा उपलब्ध छन् । चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने चन्द्रागिरि हिल्सले जनाएको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकद्धारा १२९० रुपैयाँ प्रिमियम मूल्यमा सेयर निष्कासन प्रस्ताव

काठमाडौं, २९ पुस । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले १२९० रुपैंयाँ प्रिमियम सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले एक सय रुपैंयाँ मूल्य अंकित सेयरमा ११९० रुपैंयाँ प्रिमियम मूल्य थपेर सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । बैंकले २५५८१४० कित्ता प्रिमिय सेयर निष्काशन गर्ने जनाएको छ । बैंकले प्रिमियममा सेयर निष्कासन गरेपछि ३ अर्ब ३० करोड ६ सय रुपैंयाँ पुजी वृद्धि हुनेछ । बैकको बिहिबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । सो प्रस्ताव शुक्रबार नै धितोपत्र बोर्डमा पेश गरिसकेको छ । बोर्डले अनुमति दिएपछि बैंकले प्रिमिय मूल्यमा सेयर निष्काशनको प्रक्रिया अघि बढाउनेछ । ८ अर्ब पुँजी पुर्याउनुपर्ने नेपाल राष्ट्र बैंकको निती अनुसार बैंकले प्रिमियममा सेयर निष्काशन गर्न लागेको हो ।

सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंक एक्वाएर गर्ने, पूँजी ५ अर्ब रुपैयाँ नाघ्ने

काठमाडौं, २९ पुस । सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई एक्वाएर (प्राप्ति) गर्ने भएको छ । शुक्रबार सम्पन्न उक्त एक्वाएर पश्चात कम्पनीले सानिमा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् । उक्त कार्यक्रमको शुभारम्भ सानिमा बैंकको ब्राण्ड प्रवन्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका संचालक समितिका सदस्य भरतकुमार पोखरोल र महेश घिमिरेले गरेका छन् । अब सानिमा बैंकको शाखा संजालमा हरिवन तथा लालबन्दी शाखाहरु पनि थपिएको कम्पनीले जनाएको छ । सानिमा बैंकका संचालक समितिका सदस्यहरुद्वारा प्राप्ति पश्चात सानिमा बैंकले हरिवन र लालबन्दि शाखाबाट पनि सम्पूर्ण बित्तीय सेवा प्रदान गरिने जनाएका छन् । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । साथै, हाल बैंकको शाखा संजाल ४३ वटा तथा एटिएम संख्या ४९ वटा पुगेको बैंकले जनाएको छ ।

आन्तरिक राजस्व विभाग ४ बजेसम्म, सेवाग्राणीको लगि शुक्रबार पनि दिनभर खुला

काठमाडौं २९, पुस । आन्तरिक राजस्व विभाग लाजिम्पाटको कार्यालय आज शुक्रबार पनि ४ बजेसम्म खुला रहने भएको छ । सेवाग्राहीको सुविधालका लागि बैंक तथा नगद काउन्टर दिनभर खुला राखिने भएको छ । करदाताको सुविधाका लागि आन्तरिक राजस्व विभाग अन्तर्गगतका शाखा तथा काउन्टरबाट दिने ४ बजेसम्म राजस्व बुझ्न सकिने सूचना विभागले सार्वजनिक गरेको छ । सेवाग्राहिका लागि शुक्रबार दिनभर दिइने यो सेवाले थप सहजता हुने उल्लेख छ ।

सान्जोसेले धोका दिएपछि विमानस्थल विकास शुल्क रनवेमा, ३ अर्ब खर्चेर ३ हजार मिटरको रनवे मर्मत

काठमाडौ २९, पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा स्पेनिस कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले धोका दिएपछि विमानस्थको धावनमार्ग नेपाल नागरिक उड्डयन प्राधिकरण आफैंले बनाउने भएको छ । तीन वर्षभित्र विमानस्थल विस्तारको काम गर्न ६ अर्ब खर्च गर्ने जिम्मा पाएको भएपनि चित्तबुझ्दो काम नगरेका कारण यो कम्पनीसँगको ठेक्का सम्झौता गत महिना तोडिएको छ । एसियाली विकास बैङ्क (एडीवी)को आठ करोड अमेरीकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको विस्तारको काम सान्जोसेले तीन वर्षदेखि गर्दै आएको थियो । एसियाली विकास बैंक (एडीबी)को ७ करोड डलर ऋण र एक करोड डलर अनुदान लिएर तीन वर्षभित्र विमानस्थल विस्तार गर्न जिम्मा पाएको भएपनि निर्धारित समयमा जम्मा १६ प्रतिशत मात्रै काम गरेका कारण प्राधिरणले यसको ठेक्का तोडेको हो । यो ठेक्का तोडेपछि प्राधिकरण आफैंले विमानस्थल विस्तारको काम गरिरहेको बताएको छ । प्राधिकरण आफैंले विमानस्थको धावनमार्ग (रनवे) मर्मतको काम गर्ने भएको छ । प्राधिकरणले हरेक विदेश जाने यात्रुबाट लिएको विमानस्थल विकास शुल्कको प्रयोग गरेर धावनमार्ग मर्मत गर्ने भएको छ । प्राधिकरणले ३ हजार मिटरको धावनमार्ग मर्मत गर्न ३ अर्ब रुपैयाँ खर्च गर्ने भएको उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले बताए । उनका अनुासार तीन वर्षअघिदेखि उठाउन सुरु भएको प्रतियात्रु एक हजार रुपैयाँको यस्तो विमानस्थल शुल्क धावनमार्ग मर्मतमा नै खर्चन लागिएको छ । प्राधिकरणले विमानस्थलको धावनमार्ग मर्मत गर्ने र चार वटा अन्तर्राष्ट्रिय उडानका जहाजको पार्किङ पनि बनाउने भएको छ । हाल पार्किङ अभावका कारण प्राधिकरणलाई निकै असजता हुँदै गएको छ । अन्तर्राष्ट्रिय उडानका जहाज थप भइरहने र जहाज पार्किङ भने कम भएकोले निकै समस्या हुन थालिसकेको विमानस्थल कार्यालयको भनाइ छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७१/७२ बाट उठाउन सुरु गरिएको विमनस्थल विकास शुलक पहिलो वर्ष १ अर्ब ६५ करोड उठेको छ । दोस्रो वर्ष १ अर्ब ४८ करोड २९ लाख रहेको छ । चालू आवष्मा पनि १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान प्राधिकरणको छ । यही रकम खर्च गरेर धावनमार्ग र पार्किङ वे निर्माण गर्न लागिएको पनि प्राधिधकरणको भनाइ छ । प्राधिकरणले नेपालबाट बाहिर जाने हरेक यात्रुका लागि प्र्रतिव्यक्ति भ्याट बाहेक १ हजार रुपैयाँ लिँदै आएको छ । यस्तो शुल्क विमानस्थ संचालन निर्देशिका अनुसार विमानस्थलको क्षमता विस्तार, यात्रु सेवा वा विमानस्थलको विकासमा मात्रै लगाउन पाइने सर्त तोकिएको पनि प्राधिकरणको भनाइ छ । तीन वर्षमा सान्जोसेले विमानस्थलको भौतिक पूर्वाधार बनाउने, नयाँ टर्मिनल भवन बनाउने, हवाई उडानका विभिन्न प्रविधि जडान गर्ने काम गर्नुर्पे थियो । यस्तो काममा त्रिभुवन विमानस्थलको एयर साइट विकासमा तीन सय मिटर धावनमार्ग बढाउने, नयाँ ट्याक्सी वे बनाउने, धावनमार्गमा सेन्ट्रलाइन लाइट जडान, नौ वटा अन्तर्राष्ट्रिय उडानका जहाजको पार्किङ क्षेत्र थप गर्ने, नयाँ प्रस्थान गेट बनाउने, आगमनमा नयाँ व्यागेज क्षेत्र बनाउने, एयर ट्राफिक कन्ट्रोलरको अटोमेसनसहतिका प्राविधि काम गर्ने उल्लेख छ । यी सबै काममा प्रगति नभएकोले ठेक्का सम्झौता तोडेर अब प्राधिकरण आफैंले वार्षिक वजेटबाट बनाउने तयारी थालिरहेको पनि उल्लेख छ ।