#auto


नेपालमा ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ को डेलिभरी सुरु

काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्पले संसारकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ भनेर चिनिने दिपल ई०७ को औपचारिक डेलिभरी नेपालमा सुरु गरेको छ । अब अटोमोटिभ उत्साही र ग्राहकहरूले ट्रान्सफर्म हुन सक्ने क्षमतायुक्त क्रान्तिकारी एसयुभीको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन् । कम्पनीका अनुसार एउटा बटन थिच्नेबित्तिकै लक्जरियस एसयुभीबाट बहुउपयोगी पिकअप ट्रक वा क्याम्पिङ भेहिकलमा रूपान्तरण हुनसक्ने विशेष क्षमता भएको ई०७ नेपाली बजारमा सार्वजनिक भएसँगै अटोमोबाइल क्षेत्रमै उत्साह सञ्चार भएको थियाे । दिपल ई०७ ले ‘इन्डस्ट्री फस्ट’ फिचर, अत्याधुनिक प्रविधि र बेजोड प्रदर्शनमार्फत अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरेको कम्पनीको दाबी छ । हाल ‘रियर ह्विल ड्राइभ’ भेरियन्टको डेलिभरी सुरु भएको हो, जसमा १९० किलोवाटको मोटर, २५८ पीएस पावर, ३६५ एनएम टर्क र ८९.९ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ । यो सिंगल चार्जमा ५६६ किलोमिटर दूरी पार गर्न सक्षम छ । 'हामीले ई०७ को सार्वजनिक प्रदर्शनपछि बुकिङ सुरु गरेका थियौं र बजारबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएका छौं,' एमएडब्लु वृद्धिका सीईओ रुपेश शर्मा भट्टले भने, 'पहिलो ब्याचको डेलिभरी दिइसकेका छौं र आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन नेपाली ग्राहकसमक्ष ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।' कम्पनीका अनुसार यस एसयुभीमा प्रयोग गरिएको 'सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म', २८.८६ इन्चको एआर हेडअप डिस्प्ले, १५.४ इन्चको सनफ्लावर टचस्क्रिन, पाँच प्रकारका क्रुज असिस्ट, १४ सुरक्षा प्रणाली, ५ क्यामेरा र १२ अल्ट्रासोनिक राडार लगायतका विशेषताहरू समावेश छन् । ई०७ मा समावेश 'गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री', 'एडाप्टिभ आयल कूलिङ सिस्टम' र 'सुपर पावर सेभिंग मोड' जस्ता प्रविधिहरूले अत्यधिक चिसो मौसममा समेत उच्च कार्यक्षमता र ऊर्जा बचत सुनिश्चित गर्छन् ।