२ बजेपछि पुनः मतदान, ९ बजेसम्म मतपरिणाम सार्वजनिक हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको हो । बुधबार जुन स्थानमा मतदान भएको थियो सोही स्थानमा पुनः मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार साँझ ९ बजेसम्म मतपरिणाम समेत सार्वजनिक हुने जनाईएको छ । अञ्जन श्रेष्ठले वस्तु, जिल्ला र एशोसिएट गरी तीनै तर्फ कुल ३७.९९ प्रतिशत मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए । तीनै उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि पुनः मतदान हुन लागेको हो ।

अञ्जन र उमेश दोस्रो चरणमा भिड्दै, संघई रेसबाट आउट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको निर्वाचन पुनः हुने भएको छ । तोकिएको ५१ प्रतिशत मतभार कुनै पनि उम्मेदवारलाई नआएपछि पुनः मतदान हुने भएको हो । बरिष्ठ उपाध्यक्ष पदमा तीन जना भिडेका थिए । जसमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ पुनः मतदानमा जाने भएका छन् । रामचन्द्र संघई  १ प्रतिशतले प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अञ्जन श्रेष्ठले वस्तु, जिल्ला र एशोसिएट गरी तीनै तर्फ कुल ३७.९९ प्रतिशत मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए । जिल्ला नगर तर्फबाट कुल ११७ मत खसेको थियो । सोमध्ये महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले ४७ मत, रामचन्द्र सघंईले ३९ मत र  उमेशलाल श्रेष्ठले २८ मत पाएका छन् । यस्तै, एसोशिएट तर्फ खसेको १ हजार ६ सय मत मध्य सबैभन्दा धेरै रामचन्द्र संघईले ६१३ मत ल्याएका छन् भने अन्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छन्। एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा १८ वटा मत बदर आएको छ । वस्तुगततर्फ खसेको कुल १२३ मत खस्दा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठले ६९ मत, अन्जनले ४१ मत र रामचन्द्र सघंईले १२ मत पाएका छन् भने एक मत बदर भएको थियो । जिल्लानगरको ५० प्रतिशत मतभार, एसोसिएट ३० प्रतिशत मतभार र बस्तुगतको २० प्रतिशत मतभार रहेको छ । त्यसकाे आधारमा बढी मत ल्याउने दुई प्रतिस्पर्धी बीच दोस्रो चरणको मतदान हुने भएको छ । दिउँसो २ बजेपछि मतदान हुने भएको छ ।

महासंघ निर्वाचन : वस्तुगत संघतर्फको वरिष्ठ उपाध्यक्षमा उमेश अगाडी

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वस्तुगत संघतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सम्पन्न भएको छ । वस्तुगत संघमा वरिष्ठ उपाध्यक्ष पदका लागि १२३ मतमध्ये १२२ मत सदर भएको थियो । जसमध्ये सबैभन्दा धेरै उमेशलाल श्रेष्ठले सबैभन्दा धेरै मत ल्याएका छन् । कूल खसेको मतमध्ये अञ्जन श्रेष्ठले ४१ मत प्राप्त गरेका थिए । जसमध्ये उनको मतभार ६.७२ प्रतिशत रहेको छ । यस्तै, उमेशलाल श्रेष्ठले ६९ प्रतिशत मत प्राप्त गरेका थिए । उनको कूल सदर मतमध्ये ११.३१ प्रतिशत मतभार रहेको छ । त्यस्तै, रामचन्द्र संघईले १२ मत प्राप्त गरेका थिए । जसमा उनले ल्याएको मतको भार १.९६ प्रतिशत पाएका हुन् ।