स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.८५ अर्ब, लाभांश क्षमता १९ प्रतिशत
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ५.३८ प्रतिशत घटेर २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ११.६२ प्रतिशत घटेर ३ अर्ब ९४ करोड ३२ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ४६ करोड २२ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ४८ करोड ३६ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ४० करोड ७५ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब १६ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३६ करोड २३ लाख ३४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ५७ करोड ४७ लाख १० हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ६८ करोड ६७ लाख ५७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.०४ प्रतिशत रहेको छ । १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ७१ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १७.८२ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ र कर्जा लगानी ९.४१ प्रतिशत घटेर ६६ अर्ब ३ करोड २१ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षसम्म बैंकले १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ४७.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ३० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर २८.३८ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२५.८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.५ गुणा छ । बैंकको खराब कर्जा १.४१ प्रतिशतबाट बढेर २.०३ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको १५.७५ प्रतिशतबाट बढेर १६.६८ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १८.१३ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे बैंकको नाफा २.११ अर्ब, व्यवसाय १५.९५ प्रतिशत बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.२४ प्रतिशत बढेर २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ५.५३ प्रतिशत बढेर ६ अर्ब ७ करोड ४९ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड ५७ लाख ९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ४१ करोड ४३ लाख ८९ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब १६ करोड ४७ लाख २९ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ७.५१ प्रतिशत रहेको छ । १५ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख १९ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १९.७२ प्रतिशत बढेर २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १५.९५ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षसम्म बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । अघिल्लो वर्ष १५.५९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १७.४९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९.९० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १४.१८ गुणा छ । बैंकको खराब कर्जा ३.९६ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.२७ प्रतिशतबाट घटेर ८.६० प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १०.०४ प्रतिशत रहेको छ ।
सेयर बजारमा ४ अर्ब २७ करोडको कारोबार
काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेर २६४३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १०१ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३४४ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एग्रिकल्चरल बोन्डको भएको छ । एग्रिकल्चरलको ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै खानीखोला हाइड्रोको १७ करोड, लिर्बटी इनर्जीको १६ करोड र न्यादी गुप्रको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्टसको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।