लक्ष्मी हुन्डाईलाई अन्तर्राष्ट्रिय ‘सर्भिस पर्फर्मेन्स अवार्ड’
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ । गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत–सम्भार (आफ्टर–सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । यसले गाडी बिक्रीभन्दा बढी ग्राहक अनुभवलाई प्राथमिकता दिने हुन्डाईको दृष्टिकोणलाई प्रस्ट पारेको छ । धेरैजसो अटोमोबाइल ब्रान्डहरू बिक्री र शोरुममा केन्द्रित भइरहेका बेला लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिका रूपमा विकास गर्दै आएको छ । ग्राहकलाई गाडी प्रयोगभर भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले सेवा केन्द्रहरूको सञ्जाल विस्तार, कर्मचारीको दक्षता अभिवृद्धि र पूर्वाधार आधुनिकीकरणमा निरन्तर लगानी गरिरहेको जनाएको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै लक्ष्मी हुन्डाईले ग्राहक सेवामा विश्वस्तरीय मापदण्ड कायम गर्दै यस्तो पुरस्कार जित्नु देशकै लागि गौरवको विषय बनेको छ । कम्पनीले आफ्टर–सेल्स सेवालाई छोटो अवधिको व्यापारभन्दा दीर्घकालीन प्रतिबद्धताका रूपमा लिँदै आएको छ । कम्पनीका अनुसार यो सफलता सम्पूर्ण टोलीको निरन्तर मेहनत, लगनशीलता र ग्राहकलाई पहिलो प्राथमिकतामा राख्ने संस्कृतिको परिणाम हो । यस अवसरमा कम्पनीले आफ्ना ग्राहकप्रति अटुट विश्वास र साथका लागि कृतज्ञता व्यक्त गर्दै कर्मचारीहरूको समर्पणको उच्च प्रशंसा गरेको छ । साथै, प्राप्त सम्मानले आगामी दिनमा नेपाली अटो बजारमा उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिका नयाँ मापदण्ड स्थापित गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ ।
बजेटपछि सुजुकी ई–भिटारा सस्तो : सबै भेरिएन्टमा १ लाख घट्यो, ४८.९९ लाखबाट सुरु
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजारलाई लक्षित गर्दै सीजी मोटोकर्पले सुजुकीको ई–भिटाराको मूल्य घटाएको छ । सरकारको नयाँ बजेटमार्फत भन्सार र कर संरचनामा गरिएको संशोधनपछि कम्पनीले गाडीको मूल्यमा प्रत्यक्ष कटौती गरेको जनाएको छ । अब सुजुकी ई–भिटाराका सबै भेरिएन्टमा १ लाख रुपैयाँसम्म मूल्य घटाइएको छ । यसअघि ४९ लाख ९९ हजार रुपैयाँ पर्ने ई–भिटारा डेल्टा भेरिएन्ट अब ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी, ई–भिटारा जेटाको मूल्य ५२ लाख ९९ हजार, अल्फाको ५८ लाख ९९ हजार र अल्फा डीटीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीका अनुसार यी मूल्यहरू परिचयात्मक (इंट्रोडक्टरी) हुन् भने सम्बन्धित भेरिएन्टहरूको एमआरपी भने अझै उच्च रहेको छ । सीजी मोटोकर्पले ई–भिटारालाई गत चैतमा पोखरामा सम्पन्न नाडा अटो शोमार्फत औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको थियो । सार्वजनिक भएसँगै चार फरक भेरिएन्टमा गाडी बिक्री वितरण हुँदै आएको छ । प्राविधिक पक्षमा, ई–भिटारा दुई ब्याट्री विकल्प - ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ । यीबाट क्रमशः १०६ किलोवाट र १२८ किलोवाटसम्म पावर उत्पादन हुने कम्पनीले जनाएको छ । शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिका कारण यो आफ्नो सेग्मेन्टमै प्रतिस्पर्धी ईभीका रूपमा उभिएको दाबी गरिएको छ । कम्पनीले सुरुवाती १०० ग्राहकलाई यही घटाइएको मूल्यमा गाडी उपलब्ध गराउने जनाएको छ । सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरीका अनुसार सरकारको नीतिगत सहजीकरणलाई उपभोक्तासम्म प्रत्यक्ष पुर्याउने उद्देश्यले मूल्य समायोजन गरिएको हो । हाल कम्पनीले देशभर २५ वटा बिक्री केन्द्र र ४० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, दक्ष ईभी प्राविधिकसहितको सञ्जालका कारण सेवा विस्तारमा आफू अग्रस्थानमा रहेको कम्पनीको दाबी छ ।
‘आईसीएआर भी२३’ मा अफर : सीमित स्टकका लागि पुरानै मूल्य ५०.९९ लाख कायम
काठमाडौं । नेपालका लागि आईसीएआर ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘आईसीएआर भी२३’ मा सीमित स्टक अफर घोषणा गरेको छ । कम्पनीले ग्राहकहरूको बढ्दो मागलाई ध्यानमा राख्दै उक्त इलेक्ट्रिक एसयूभीलाई पुरानै मूल्य ५० लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने जनाएको छ । हालै सार्वजनिक भएको राष्ट्रिय बजेटपछि कर तथा राजस्व संरचनामा भएको परिवर्तनका कारण ‘आईसीएआर भी२३’ को आधिकारिक मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । तर, ग्राहकप्रतिको कृतज्ञता स्वरूप कम्पनीले सीमित संख्यामा उपलब्ध स्टकका लागि पुरानै मूल्यमै बिक्री गर्ने निर्णय गरेको हो । यस अफरमार्फत ग्राहकहरूले करिब ३ लाख रुपैयाँसम्म प्रत्यक्ष बचत गर्न सक्नेछन् । कम्पनीका अनुसार स्टक सकिएपछि नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित मूल्यअनुसार हुनेछन् । ‘आईसीएआर भी२३’ नेपालमा लाइफस्टाइल इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा लोकप्रिय बन्दै गएको छ । रेट्रो–प्रेरित डिजाइन, अत्याधुनिक प्रविधि, ५९.९३ केडब्लूएच ब्याट्री क्षमता, ४०१ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र २१० मिमी ग्राउण्ड क्लियरेन्सजस्ता विशेषताले यसलाई विशेष बनाएको कम्पनीको दाबी छ । कम्पनीले इच्छुक ग्राहकहरूलाई देशभर रहेका नजिकका शोरुम वा आधिकारिक डिलरमार्फत यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ। उक्त अफर सीमित स्टकमा मात्र लागू हुने भएकाले स्टक समाप्त भएसँगै स्वतः समाप्त हुनेछ ।