विकासन्युज

लक्ष्मी सनराइज बैंकको नाफा ३.११ अर्ब, विजनेश ११.४८ प्रतिशत बढ्यो

काठमाडौं । लक्ष्मी सनराइज बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २३.२६ प्रतिशत घटेर ३ खर्ब ११ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.७८ प्रतिशत बढेर ११ अर्ब ५८ करोड ८५ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ८५ करोड १९ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ४५ करोड ९६ लाख ८८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ६६ करोड ६४ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ७० करोड ८६ लाख २ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब १८ करोड ८६ लाख ९३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १४ अर्ब १६ करोड १ लाख ९३ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ३ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ८९ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ६.७९ प्रतिशत रहेको छ ।  २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ८० करोड ८० लाख ६८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १५.६१ प्रतिशत बढेर ४ खर्ब २४ अर्ब ३७ लाख ९६ हजार रुपैयाँ र कर्जा लगानी ११.४८ प्रतिशत ३ खर्ब ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ प्रवाह गरेको छ ।  अघिल्लो वर्षसम्म बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.७७ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष १६.६८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ११.६४ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८.४८ गुणा छ ।  बैंकको खराब कर्जा ४.३५ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको १०.११ प्रतिशतबाट घटेर ९.९० प्रतिशत कायम छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १२.०३ प्रतिशत रहेको छ ।

एनआईएमबिको नाफा पौने ३ अर्ब, ब्याज आम्दानी १३ अर्ब

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३६.५८ प्रतिशत घटेर २ अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ८.५४ प्रतिशत घटेर १२ अर्ब ९८ करोड ८६ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १४ अर्ब २० करोड २६ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २३ करोड ४७ लाख २१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १८ अर्ब २५ लाख १९ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ३४ करोड ३१ लाख ६० हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १७ अर्ब ६५ करोड २४ लाख ७९ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ७३ करोड १० लाख ३ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड ७५ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।  ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३८ अर्ब ४३ करोड ३४ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ११.४७ प्रतिशत बढेर ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ र कर्जा लगानी ०.५६ प्रतिशत घटेर ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ प्रवाह गरेको छ ।  अघिल्लो वर्षसम्म बैंकले ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब १७ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६८.१७ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष १२.६९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ८.०५ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९७.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.६० गुणा छ ।  बैंकको खराब कर्जा ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको १०.४३ प्रतिशतबाट घटेर ९.४६ प्रतिशत कायम छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १२.२७ प्रतिशत रहेको छ ।

नेपाल टेलिकमले कमायो ८ अर्ब ८६ करोड खुद नाफा

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.५८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो । कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशत बढी हो । त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा कम्पनीको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको ९ अर्ब ८५ करोड २ लाख रुपैयाँको तुलनामा करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको ईबीआईटीडीए २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा यो १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशत बढी हो । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ । कम्पनीका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण ब्याज आयमा भने कमी आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा ब्याज आय करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ । राजस्व वृद्धिमा भने जीएसएम सेवातर्फको आम्दानीले योगदान गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा जीएसएमतर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । राष्ट्रको सञ्चार सेवाका रूपमा कम्पनीले बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार तथा गुणस्तर सुधारको कामलाई निरन्तरता दिइरहेको जनाएको छ ।

सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति हो : मुख्यसचिव कार्की

काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीले नेपाललाई सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति रहेको स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  वर्तमान सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधारको कार्यसूची सुशासन र आर्थिक समृद्धिको मुख्य मार्गचित्र भएको बताए । सरकार गठन भएकै दिन सार्वजनिक गरिएको उक्त कार्यसूचीले मुलुकको समग्र विकासका लागि आधार तयार गर्ने उनको भनाइ छ । मुख्यसचिव कार्कीकाअनुसार १०० बुँदे भनिएपनि यसमा व्यापक विषयहरू समेटिएका छन् । यस कार्यसूचीको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार, निजी क्षेत्रका समस्या समाधान र सूचना प्रविधिको प्रयोगमार्फत ‘डिजिटल गभर्नेन्स’ प्रवर्द्धन गर्नु रहेको छ ।  उनले भने, ‘सरकारले पुराना र वाधक कानुनहरूलाई खारेज गर्दै नयाँ कानून निर्माणमार्फत विकासको मार्ग प्रशस्त गर्ने लक्ष्य लिएको छ । यसको अन्तिम लक्ष्य आर्थिक विकास, निजी क्षेत्रको प्रवर्द्धन र रोजगारी सिर्जना गरी नेपाली युवाहरूलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्नु हो ।’ यस वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत सोही १०० बुँदे कार्यसूचीको वरिपरि केन्द्रित रहेको उनले जानकारी दिए । विगतका तुलनामा वर्तमान सरकारको नीति विशिष्ट ढंगले आएको उल्लेख गर्दै उनले यसमा निजी क्षेत्रका माग र आवश्यकतालाई विशेष प्राथमिकता दिइएको बताए । सरकारले यस कार्यसूचीमार्फत सबै क्षेत्रलाई समेट्न खोजेको र निजी क्षेत्र लक्षित धेरै कामहरू अगाडि बढिसकेको समेत उनले बताए । साथै मुख्यसचिव कार्कीले सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न नसकेको बताए । कानुनमा गरिएको सुधारका बाबजुद कतिपय विषयहरू अझै सोचेअनुरूप सहज हुन नसकेको उनले स्वीकार गरे । कतिपय मुद्दाहरू सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण सरकारले लक्ष्य राखेअनुसार कार्यसम्पादन गर्न कठिनाइ भएको उनको भनाइ छ । 

शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेश पुगेर सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ । मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो । मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन् । छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाका सुझाव र धारणा संकलन गरिने छ । शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । 

होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति

काठमाडों । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामरिक रूपमा महत्वपूर्ण मानिने ‘होर्मुज जलसन्धि’लाई छिट्टै संयुक्त राज्य अमेरिकाको क्षेत्र घोषणा गर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान पूर्ण रूपमा पराजित हुने क्रममा रहेको दाबी गर्दै त्यसपछि उक्त जलक्षेत्रलाई अमेरिकी भूभागका रूपमा घोषणा गर्ने उल्लेख गरे ।  आफ्नो सम्बोधनका क्रममा ट्रम्पले भने, ‘हामीले इरानलाई पराजित गरिसकेपछि, जुन अहिले नराम्रोसँग पराजित भइरहेको छ । मैले छिट्टै होर्मुज जलसन्धिलाई संयुक्त राज्य अमेरिकाको क्षेत्रका रूपमा घोषणा गर्नेछु ।’ विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख जलमार्ग मानिने होर्मुज जलसन्धिमाथि नियन्त्रण कायम गर्ने सन्दर्भमा राष्ट्रपतिको यो भनाइ आएको हो । यद्यपि, यस्तो घोषणाको कानूनी प्रक्रिया र अन्तर्राष्ट्रिय प्रभावबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।   

बैंकहरूको नाफा ७० अर्ब, ४ को घट्दा एक घाटामा, नबिल नम्बर वान

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.२७ प्रतिशत अर्थात् १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ । बैंकले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.५० प्रतिशतले बढी हो । अघिल्लो वर्ष नबिलले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा वृद्धिदरका आधारमा भने हिमालयन बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको खुद नाफा १ हजार ४१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १२ करोड ९७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै ३०५.९५ प्रतिशतको वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ थियो । सिटिजन्स बैंकको ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकको ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  नेपाल बैंकको नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनएमबी बैंकको ४०.६० प्रतिशत बढेर ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सानिमा बैंकको ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । प्राइम कमर्सियल बैंकको २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ग्लोबल आइएमई बैंकको २२.६७ प्रतिशत बढेर ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल एसबिआई १२.८८ प्रतिशत बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  माछापुच्छ्रे बैंकको १२.२४ प्रतिशत बढेर २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एभरेष्ट बैंकको ४.७५ प्रतिशत बढेर ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  सिद्धार्थ बैंकको ४.५४ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको एनआईसी एशिया बैंक गत वर्ष १८ करोड १७ लाख रुपैयाँ नाफामा फर्किएको छ । यद्यपि, सबै बैंकको अवस्था सकारात्मक देखिएको छै न। गत वर्ष चार वटा बैंकको नाफा घटेको छ भने एउटा बैंक घाटामा गएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ५.३८ प्रतिशत घटेर २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लक्ष्मी सनराइज बैंकको २३.२६ प्रतिशत घटेर ३ अर्ब ११ करोड ७१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कृषि विकास बैंकको २९.५१ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३६.५८ प्रतिशत घटेर २ अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष प्रभु बैंक भने २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो वर्ष बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नेपाल बैंकको नाफा साढे ४ अर्ब, लाभांश क्षमता १५.८४ प्रतिशत

काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १.०४ प्रतिशत घटेर १० अर्ब ३ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १३ करोड ९२ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २ करोड ९० लाख १५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२ अर्ब ८ करोड ९९ लाख ६९ हजार रुपैयाँ र सञ्चालन नाफा ७ अर्ब १९ करोड १४ लाख ६४ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ८० लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ९९ करोड ५३ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ४४ करोड ७९ लाख ९२ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत रहेको छ ।  १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब २५ करोड २१ लाख २३ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन २५.०२ प्रतिशत बढेर ४ खर्ब १५ अर्ब १८ करोड २९ लाख रुपैयाँ र कर्जा लगानी १०.४७ प्रतिशत बढेर २ खर्ब ४३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ प्रवाह गरेको छ ।  अघिल्लो वर्षसम्म बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २० अर्ब ४९ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६२.८५ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष २०.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ३०.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २८७.७०रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ८.५४ गुणा छ ।  बैंकको खराब कर्जा ४.५६ प्रतिशतबाट घटेर ४.१८ प्रतिशतमा झरेको छ। बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.४१ प्रतिशतबाट बढेर ११.२७ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १३.६६ प्रतिशत रहेको छ ।