संजय महासेठले एकल बनाए एम बैंक, नयाँ सुविधा सहित सेवा दिने अठोट

काडमाडौं । सहकारी र बैंकलाई मोबाइल बैंकिंङसँग जोड्ने एम बैंकलाई संजय महासेठले एकल स्वामित्वमा ल्याएका छन् । आठ वर्षअघि साझेदारीमा सञ्चालन भईरहेको एम बैंकलाई संस्थापक सदस्य महासेठको एकल स्वामित्वमा लिएका हुन् ।

बजारको आवश्यकता अनुसार एम बैंकलाई नयाँ ढंगले अगाडी बढाउन खोजिएको संस्थाका प्रबन्ध निर्देशक महासेठले बताए ।

“समयको मागलाई हेरेर नै हामीले यो चुनौतीपुणर् निणर्य गरेका हौँ, एम बैंकलाई थप प्रतिस्पर्धी बनाउनकै लागि पूणर् स्वामित्व लिएर नयाँ सेवासहित आउँन लागेको हो, नयाँ वर्षमा हाम्रा सदस्य सहकारीहरुले मोबाइल बैङ्किङ्गको साथै नयाँ सेवा र फिचर पनि पाउनुहुनेछ’’ महासेठले भने, “बैङ्किङ्ग क्षेत्र तुलनात्मक रुपमा पूणर् रुपमा डिजिटाईजेसनमा गएको समयमा अर्थतन्त्रकै एउटा खम्बा मानिएको सहकारी पनि डिजिटलमैत्री हुनुको विकल्प छैन, हामि त्यो ’ग्याप’ पुरा गर्नेगरि काम गर्छौ।’

अहिलेसम्म आफ्ना सदस्य सहकारीलाई मोबाइल बैंकिंङसँग जोड्ने मात्र काम भएकाले यसलाई थप विस्तार गर्दै नयाँ नयाँ सेवा सुविधा पनि थपेर अगाडी बढिने उनले बताए । ईआरपी, भिडियो केवाईसी , लोन म्यानेजमेन्ट सिस्टम जस्ता नयाँ नयाँ सुविधा थपेर एम बैंकलाई नयाँ ढंगले अगाडी लगिने महासेठले बताए । एम बैंक एपमा अब मल्टिपल रेमिटान्स सेवा, कस्टमर हेल्प , इ-कमर्स साथै अरु थुप्रै सेवा नयाँ भर्जनमा समेटीएको उनले बताए।

आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्ने, त्यस्तै ईसेवा, खल्ती, सजिलो पे, प्रभु पे, आइएमई पे, माई पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने , बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, भिभिन्न सरकरी सेवाको पेमेन्ट गर्ने लगायतका सेवाहरु बिगत लामो समय बाट एम बैंकले दिदै आएको छ । बैंक अहिले ६०० बढी सहकारी र सहकारीका लाखौं सदस्यहरुलाई मोबाइल बैंकिंङको सेवा दिएर देशैभर पुग्ने कम्पनी बनेको छ ।

Share News