कजारियाको नयाँ सोरुम सहिद चोक, धनगढीमा विराज भट्टले गरे उद्घाटन

धनगढी । कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै धनगढीको सहिद चोकमा नयाँ अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । गोदावरी टाइल एण्ड मार्बलद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टाइलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा विराज भट्ट, विशिष्ट अतिथिको रूपमा चक्र बम र धनगढी उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कजारियाका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको पनि विशेष उपस्थिति थियो । समारोहमा प्रमुख अतिथिले रिबन काटेर नयाँ सोरुमको उद्घाटन गरेका थिए ।

कजारियाका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटन अवसरमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘धनगढी कजारियाका लागि महत्त्वपूर्ण बजार हो र यो सोरुमले हाम्रो प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ । हामी आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई उच्च गुणस्तरका टिकाउ उत्पादनहरू प्रदान गर्दै कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउन प्रतिबद्ध छौं ।’

यो नयाँ सोरुममा प्रिमियम टाइलहरूको विस्तृत संग्रह उपलब्ध छ । जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा प्रदान गर्दछ । यस उद्घाटनसँगै, कजारिया नेपालका निर्माण सामग्रीका क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने लक्ष्यमा निरन्तर अघि बढ्दैछ ।

Share News