काठमाडौं । टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ्ग विधिबाट साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीको सभा २०८२ बैशाख ११ गते उद्योग परिसर गैडाकोटमा दिउसो साढे १२ बजे बोलाएको छ । सभामा आईपीओ निष्काशनबाट प्राप्त रकम प्रयोग सम्बन्धि छलफल गरिनेछ ।
कम्पनीको जारी पुँजी ४२ करोड ९१ लाख ११ हजार रुपैयाँबाट ४६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको जारी पुँजीमध्ये ७९.३४ प्रतिशत संस्थापक समूह र २०.६५ प्रतिशत सर्वसाधारण सेयरधनी समूहको कायम गर्नेछ ।
यस्तै, १ जना महिला संचालक सहित संस्थापक समूहबाट ५, सर्वसाधारण समूहबाट १ र स्वतन्त्र सञ्चालक १ जना गरी कुल ७ जनाको सञ्चालक समिति बनाउने र सोही बमोजिम नियमावली संसोधन गर्नेछ ।