काठमाडौं । नेपाली बजारमा लगातार नयाँ रेकर्ड बनाउँदै बढिरहेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार सुन प्रतितोला ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँ मा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य २ हजार ३५ रुपैयाँ थियो ।