मीनबहादुरले सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने

काठमाडौं । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गतेको घटनामा मृत्यु भएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

मंगलबार कोटेश्वरस्थित भाटभटेनीमा आयोजित कार्यक्रममा गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरे । उनले पत्रकार सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेका छन् ।

यसैगरी, राजा वादी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट रोक्न बहादुरी देखाउने सुरक्षागार्ड दुलप्रसाद पराजुली लगायत ५ जनालाई नगद सम्मान प्रदान गरिएको थियो ।

यो सहयोग र सम्मानले समाजमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।

Share News