राजावादीको आगजनी र तोडफोडबाट जडीबुटी कम्पनीमा २८ करोडको क्षति

काठमाडौं । राजावादीको आगजनी र तोडफोडबाट जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा  २८ करोडको क्षति भएको छ । 

आगलागीका कारण कम्पनीलाई करिब २८ करोड रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । 

कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार  सञ्चालन भइरहेका दुईवटा भवन पूर्णरूपमा ध्वस्त भएका छन् । 

यस्तै, औषधी उत्पादनका लागि प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजात, प्याकेजिङ सामग्री जलेर नष्ट भएको उनले जानकारी दिइन् । 

उनले आगजनीपछि कम्पनीको उत्पादन पूर्ण रूपमा ठप्प भएको बताउँदै अस्थायी संरचना तयार गरेर भए पनि पुनः सञ्चालन गर्ने योजना रहेको जानकारी बताइन् । 

उनले सरकारलाई १० करोड रुपैयाँ सहयोगका लागि अनुरोध गरेको समेत बताइन् । 

उनले भनिन्, ‘कम्पनीको हालत भद्रगोल भएको छ । कम्पनीमा रहेका सबै समाग्री जलेर खरानी भएको छ । यसलाई पुनः निर्माण गर्नुपर्छ । यसमा सरकारले ध्यान दिनु आवश्यक छ ।’ 

कम्पनीले विभिन्न चुनौतीका बाबजुद प्रगति गरिरहेको र शाखा विस्तार गर्ने योजनामा रहेको बेला ठूलो आर्थिक क्षति बेहोर्नुपरेको महाप्रबन्धक यादवको भनाइ छ। 

सरकार र सम्बन्धित निकायबाट आवश्यक सहयोग प्राप्त भएमा अस्थायी टहरा निर्माण गरी छिट्टै उत्पादन पुनः सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

Share News