काठमाडौं । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई जनही १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । घटनामा परेर कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् ।