तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

काठमाडौ । तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले जनही रु १० लाख राहत दिने भएको सिंहदरबारस्थित मन्त्रालयमा बुधबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो     

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सविन महर्जनको परिवारलाई जनही रु १० लाख दिने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको     
तीनकुनेमा यही चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनी भएको घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको थियो । 
यसअघि यस्ता निर्णय मन्त्रिपरिषद् बैठकले गर्ने गरेको थियो । यसपटक गृहमन्त्रीस्तरमा नै निर्णय भएको हो

Share News