काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना पदाधिकारीलाई निलम्बन गरेको छ ।
आइएफआरसीले अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र पठाएर निलम्बनको जानकारी गराएको हो । अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ र नारायण तिमिल्सिना पनि निलम्बनमा परेका छन् ।
रेडक्रस संस्थाको आधारभूत मान्यताहरू उल्लंघन गरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको लगायतका कारण देखाउँदै उनीहरूलाई निलम्बन गरिएको बताइएको छ ।