महालक्ष्मी विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान, पायो 'ग्राहक केन्द्रित बैंक' अवार्ड

काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित 'बिजनेस कनेक्ट' म्यागजिनबाट 'ग्राहक केन्द्रित बैंक' अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै सम्मानित भएको छ ।

बैंकले ग्राहक सेवा सुधार, सुरक्षित तथा डिजिटल बैंकिङ सुविधा प्रवर्द्धन, र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिने नीतिलाई निरन्तरता दिएको भन्दै बिजनेस कनेक्ट म्यागजिनले सम्मान प्रदान गरेको हो ।

बैंकले निरन्तर नवप्रवर्तनशील डिजिटल बैंकिङ सेवा विस्तार गर्दै 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ । यसले ग्राहकहरूलाई अत्याधुनिक, सहज र सुरक्षित डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

बैंकका अनुसार यो सम्मानले वित्तीय पहुँचबाट बाहिर रहेका नेपाली नागरिकलाई बैंकिङ प्रणालीमा ल्याउन थप प्रेरणा मिल्ने छ भने अन्तर्राष्ट्रिय स्तरमा बैंकको पहिचान पनि स्थापित गर्नेछ ।

बिजनेस कनेक्ट म्यागजिनले नवप्रवर्तनशील व्यवसायिक विचार र प्रभावशाली संस्था तथा व्यक्तिहरूलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ । यो अवार्ड महालक्ष्मी विकास बैंकको उत्कृष्ट ग्राहक सेवा पहिचानको प्रमाण बनेको छ ।  

Share News