काठमाडौं । कजारियाले कलंकीको बाफलमामा नयाँ सोरुम उद्घाटन गरेको छ । राम इम्पोर्ट हाउसद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा नेपाली कांग्रेस, धनुषाका सभापति योगेन्द्र पजियार तथा उद्योग वाणिज्य संघ काठमाडौंका भूतपूर्व अध्यक्ष कुशकुमार जोशी उपस्थित थिए ।
कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनायो । प्रमुख अतिथिहरूले रिबन काटेर औपचारिक रूपमा सोरुम उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने,
'हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउनेछ ।'
कम्पनीका अनुसार यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्नेछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र उत्कृष्ट सेवा सुनिश्चित गर्नेछ । नेपालमा टायल्स उत्पादनमा आत्मनिर्भरता ल्याउने उद्देश्यसहित कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरिसकेको छ ।
रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको छ ।