काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार समान्य अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.३५ अंकले बढेर २७०३ बिन्दुमा पुगेको छ ।
आज ९३ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ ।
बिहीबार ३२४ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको ७२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ग्रिन भेन्चरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।