कुमारी बैंकले मनायो २४ औं वार्षिकोत्सव

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभार प्रकट गर्दै, उनीहरूको साथ र विश्वासले बैंकलाई यहाँसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताएको छ ।

बैंकले आफूलाई देशकै अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ र उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरू प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।

वार्षिकोत्सव विशेष बनाउने क्रममा बैंकले आफ्ना कर्मचारीहरूलाई परम्परागत भेषभूषा धारण गर्न प्रेरित गरेकाे छ । बैंकका अनुसार, यो कार्यक्रम आफ्नै सांस्कृतिक पहिचानलाई जगेर्ना गर्दै संस्थागत विविधतालाई अझ सशक्त बनाउन मद्दत पुर्याउने उद्देश्यले गरिएको हो ।

बैंकले 'विविधतामा एकता' भन्ने मूल्यमान्यता अनुरूप संस्थागत संस्कृति र सामुदायिक सेवालाई प्रवर्द्धन गर्दै आइरहेको छ ।

बैंकले आफ्नो वार्षिकोत्सवलाई समाजसेवा तथा मानव सेवासँग जोड्न विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । यस अभियानले स्थानीय रक्त बैंकहरूमा रगतको आवश्यक आपूर्तिलाई सहज बनाउनुका साथै जीवन बचाउने महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

कुमारी बैंकले आगामी दिनहरूमा अझ नवप्रवर्तनशील बैंकिङ समाधानहरू ल्याउँदै ग्राहकहरूको जीवनलाई सहज बनाउन निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाएको छ । 'सबैका लागि, सधैंका लागि' भन्ने आफ्नो नारालाई आत्मसात गर्दै, बैंकले समृद्ध भविष्यतर्फ सशक्त रूपमा अघि बढ्ने योजना बनाएको छ ।  

Share News