दुर्गा प्रसाईंले चढेको गाडी भेटियो, कहाँ छन् उनी ?

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंको गाडी फेला पारेको छ । उनले तीनकुनेमा प्रयोग गरेको बा ४२०८ नम्बरको स्कारपियो गाडी फेला पारेर काठमाडौं ल्याएको हो । 

नेपाल प्रहरीका अनुसार उक्त गाडी इटहरीमा फेला परेको हो । उनी सो गाडीमा सवार भएर इटहरी पुगेका हुन् वा हुन् वा अरु कसैले लगेको हो भन्ने विषय भने खुलेको छैन । 

चैत १५ मा तीनकुनेमा भएको राजावादीले गरेको प्रदर्शनमा दुई जनाको मृत्य भएको थियो । प्रहरी स्रोतका अनुसार उनी भारत गएर लुकेको हुन सक्ने अनुमान छ । 
 

Share News