काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । थोक बजारमा फलफूल र तरकारीको मूल्य घटबढ भइरहने हुँदा दैनिक मूल्य सूची सार्वजनिक गर्ने गरिएको छ ।
आजको बजार मूल्य अनुसार, गोलभेंडा (ठूलो नेपाली) प्रतिकिलो रु ४०, भारतीय गोलभेंडा प्रतिकिलो रु ५०, सानो लोकल गोलभेंडा रु २०, तराई गोलभेंडा रु २५ मा उपलब्ध छ । आलु रातो (नेपाली) प्रतिकिलो रु ३५, भारतीय आलु रातो रु ४० तोकिएको छ ।
प्याज (भारतीय) प्रतिकिलो रु ४८, गाजर (लोकल) रु ५०, गाजर (तराई) रु ३५, बन्दा (लोकल) रु १५, बन्दा (तराई) रु १२, काउली (स्थानीय) रु ३५, मूला (रातो) रु ५०, सेतो लोकल मूला रु २०, भन्टा (डल्लो) प्रतिकिलो रु ५० तोकिएको छ ।
त्यस्तै, बोडीको मूल्य प्रतिकिलो रु ७०, मटरकोसा रु ६०, घिउ सिमी (लोकल) रु ८०, टाटे सिमी रु ७०, तिते करेला रु ११०, लौका रु ५०, परबर रु ९०, घिरौँला रु ७०, झिगुनी रु ८० मा निर्धारण गरिएको छ ।
सागसब्जीको सूचीमा, पालुङ्गो साग प्रतिकिलो रु ८०, रायो साग रु ६०, चमसुर साग रु १००, तोरीको साग रु ६०, प्याज हरियो रु ४०, च्याउ (कन्य) रु २००, च्याउ (डल्ले) रु २८०, कुरिलो प्रतिकिलो रु ६०० कायम गरिएको छ ।
फलफूलतर्फ, स्याउ (झोले) प्रतिकिलो रु २५०, फुजी स्याउ रु ३५०, केरा (दर्जन० रु १६०, कागती रु ३००, अनार रु ३५०, हरियो अंगुर रु २००, भारतीय सुन्तला रु १५०, तरबुजा रु ७०, जुनार रु २००, रुख कटहर रु १२० तोकिएको छ ।
अदुवा प्रतिकिलो रु १२०, हरियो धनिया रु २००, लसुन (चाइनिज) रु ३२०, लसुन (नेपाली) रु ३००, खुर्सानी (हरियो) रु ९०, अकबरे खुर्सानी रु २५०, सिताके च्याउ रु ८०० मा निर्धारण गरिएको छ ।
आजको थोक मूल्य सूचि बजारको आपूर्ति र माग अनुसार घटबढ हुनसक्छ । उपभोक्ताले मूल्य जानकारी राखेर उचित निर्णय गर्न सक्ने उद्देश्यले बजार समितिले दैनिक मूल्य सूची प्रकाशन गर्ने गर्दछ ।