सुन मूल्य तोलामा ३९ सय रुपैयाँले सस्तियो, चाँदी पनि घट्यो

काठमाडौं । बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार एकैदिन ३ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ ।

बिहीबार सुनको भाउ १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । 

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । बिहीबार प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँ रहेको चाँदी आज १२५ रुपैयाँले घट्दै १ हजार ८ सय ७० रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको भाउ, ब्याजदर, महँगाइ दरलगायतका कारणले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव हुने गरेको व्यवसायीहरू बताउँछन् ।

Share News