नेपाल टेलिकमका ७ जना उपप्रबन्धक बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सात जना उपप्रबन्धक बढुवाका लागि सिफारिस भएका छन् । 

१० औं तहअन्तर्गत प्राविधिक टेलिकम सेवा समुहको निर्देशक प्रबन्ध पदका लागि ५ जना सिफारिस भएको नेपाल टेलिकमले जनाएको छ। 

टेलिकमका अनुसार ७ जना मध्ये ५ जनाले बराबर ९६.६७८ अंक पाएर सिफारिस भएका छन् । 

उपप्रबन्धक पदमा कार्यरत रामनारायण महतो, निरोल प्रसाद कोजु, गोविन्द सिंह धामी, निरज बज्राचार्य र सञ्जिव कुमार देवलाई पदपूर्ति समितिले बढुवाका लागि सिफारिस गरेको हो । 

यसैगरी प्रबन्ध लेखा पदका लागि लागि उपप्रबन्धक लेखा पदमा कार्यरत हरिशरण महर्जन र कृष्ण कुमार लामेछाने पनि बराबर ८७.५२ अंक पाएर बढुवा पदका लागि सिफारिस भएका हुन् ।
 

Share News