काठमाडौं । नेपाल विद्युत प्राधिकरण पूर्व कार्यकारी निर्देशन कुलमान घिसिङले आफू कुनै पार्टीमा आवद्ध नभएको बताएका छन् ।
बर्खास्तीपश्चात पहिलोपटक शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।
घिसिङले भने, ’म कुनै पार्टीमा आवद्ध छैन । जिम्मेवार नागरिकको हैसियतले कुनै पनि जिम्मेवारी सम्माल्न तत्पर छु ।’
उनले आफू अब कर्मचारी नरही सर्वसाधारण नागरिक रहेको बताए ।
घिसिङले भने, 'जिम्मेवार राष्ट्रसेवक कर्मचारी भएर काम गरिरहेको थिएँ । मैले अदालतको निर्णयलाई स्वागत गरेको छु ।अब म कर्मचारी रहिनँ, सर्वसाधारण नागरिक हुँ ।
उनले आफूले कर्तव्य पूरा गरेको बताउँदै सरकारसँग आफू जवाफदेही रहेको बताए। उनले सरकारलाई समेत धन्यवाद दिएका छन् ।
घिसिङले बक्यौता रहेको रकम उठाउन जसरी भए पनि आमनागरिक एक जुट भएर लाग्न सबैलाई आग्रह गरे । यसको बारे भण्डाफोर गर्नुपर्ने र यो समय विस्तार विस्तारै नजिकिँदै गएको पनि उनले जानकारी दिए ।
सान्दर्भिक सामग्री :
लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमानदार प्रयास हो : कुलमान घिसिङ
कुलमानको प्रश्नः बक्यौता रकम उठाउनु राज्यविरुद्ध लाग्नु हो ?