काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज, चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतका अवसरहरूमा प्राथमिकता दिनेछ ।
त्यसैगरी, बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सेन्ट लरेन्स कलेजका विद्यार्थी तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहनेछ ।
यस सहकार्यअन्तर्गत कलेजले आयोजना गर्ने ‘जब फेयर’ तथा अन्य व्यावसायिक कार्यक्रमहरूमा सांग्रिला डेभलपमेन्ट बैंकको पनि सहभागिता रहनेछ ।
दुई वर्षका लागि लागू गरिएको यस सहकार्यले बैंकिङ क्षेत्र र शैक्षिक संस्थाबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।